24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि

24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि — चित्र 1

जकरिया र एलिशिबाका छोरा यूहन्‍ना हुर्किए अनि एक अगमवक्ता भए। उनी उजाड स्थानमा बस्‍थे, वनमह र सलह खान्थे, र ऊँटको रौँबाट बनेको लुगा लगाउँदथे।

24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि — चित्र 2

धेरै मानिसहरू उजाड स्थानमा यूहन्‍नाको वचन सुन्‍न आए। उनले तिनीहरूलाई यसो भनी प्रचार गरे, “पश्‍चाताप गर, किनभने परमेश्‍वरको राज्य नजिकै आएको छ

24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि — चित्र 3

जब मानिसहरूले यूहन्‍नाको सन्देश सुने, तिनीहरूमध्ये धेरैले आफ्ना पापदेखि पश्‍चाताप गरे, अनि यूहन्‍नाले उनीहरूलाई बप्तिस्मा दिए। धेरै धार्मिक अगुवाहरू पनि यूहन्‍नाबाट बप्तिस्मा लिन आए, तर तिनीहरूले आफ्ना पाप स्वीकार र पश्‍चाताप गरेनन्।

24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि — चित्र 4

यूहन्‍नाले ती धार्मिक अगुवाहरूलाई भने, “हे दुष्टका सन्तानहरू हो

24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि — चित्र 5

केही यहूदीहरूले यूहन्‍नालाई के उनी नै त्यो मसिह हुन् भनी सोधे। यूहन्‍नाले जवाफ दिए, “म मसिह होइन, तर म पछि कोही आउँदैहुनुहुन्छ। उहाँ यति महान् हुनुहुन्छ कि उहाँको जुत्ताको फित्ता समेत खोल्न म योग्यको छैन।”"

24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि — चित्र 6

अर्को दिन, येशू यूहन्‍नाद्वारा बप्तिस्मा लिनको निम्ति आउनुभयो। जब यूहन्‍नाले उहाँलाई देखे, उनले भने, “हेर

24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि — चित्र 7

यूहन्‍नाले येशूलाई भने, “तपाईं लाई बप्तिस्मा दिन योग्यको म छैन। बरू तपाईं ले मलाई बप्तिस्मा दिनुपर्छ।” तर येशूले जवाफ दिनुभयो, “तिमीले मलाई बप्तिस्मा दिनुपर्छ, किनकि यो गर्नु सहि छ।” त्यसैले यूहन्‍नाले उहाँलाई बप्तिस्मा दिए, तथापि येशूले कहिल्यै पाप गर्नुभएको थिएन।

24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि — चित्र 8

बप्तिस्मा भएपछि जब येशू पानीबाट बाहिर आउनुभयो, परमेश्‍वरको आत्मा ढुकुरको रूपमा देखा पर्नुभयो अनि तल आउनुभयो र उहाँमाथि बस्‍नुभयो। त्यतिनै खेर, स्वर्गबाट परमेश्‍वरको आवाज यसो भन्दै बोल्नुभयो, “यिनी मेरा प्रिय पुत्र हुन्, र यिनीसँग म अत्यन्तै प्रशन्‍न छु।”

24. युहान्ना येसुहेङ बप्तिस्ता पिहि — चित्र 9

परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको थियो, “पवित्र आत्मा तल ओह्रलीआउनुहुनेछ र तिमीले बप्तिस्मा दिएको कोहीमाथि बस्‍नुहुनेछ। त्यो व्यक्तिचाहिँ परमेश्‍वरको पुत्र हुनुहुन्छ।” त्यहाँ केवल एकमात्र परमेश्‍वर हुनुहुन्छ। तर जब यूहन्‍नाले येशूलाई बप्तिस्मा दिए, उनले पिता परमेश्‍वर बोल्नुभएको सुने, परमेश्‍वरका पुत्र देखे, जो येशू हुनुहुन्छ, र उनले पवित्र आत्मालाई देखे।

बाइबलको काथा: मति 3; मर्कुस 1:9-11; लुका 3:1-23 सो

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।