33. किसानको काथा

33. किसानको काथा — चित्र 1

एकदिन, येशू समुन्द्र किनारको छेऊमा ठूलो भीडमा मानिसहरूलाई शिक्षा दिइराख्‍नुभएको थियो। उहाँको कुरा सुन्‍न यति धेरै मानिसहरू आए कि बोल्नको निम्ति पर्याप्त ठाउँ/सबैको ध्यान केन्दित होस् भनेर येशू समुन्द्रको छेऊमा भएको डुङ्गामाथि चढ्नुभयो। उहाँ डुङ्गामा बस्‍नुभयो र मानिसहरूलाई सिकाउन लाग्‍नुभयो।

33. किसानको काथा — चित्र 2

येशूले यो कथा भन्‍नुभयो, “एकजना किसान बिउ छर्नको निम्ति बाहिर निस्क्यो। जसै ऊ बिउ छर्दै थियो, केही बिउ बाटोमै झरे, अनि चराहरू आए र ती सबै बिउहरू खाइदिए।”

33. किसानको काथा — चित्र 3

“अरु केही बिउहरू ढुङ्गेनी जमीनमा परे, जहाँ माटो ज्यादै थोरै मात्रामा थियो। ती ढुङ्गेनी जमीनमा परेका बिउहरू चाँडै नै उम्रे, तर तिनका जराहरू माटोभित्र जान सक्ने थिएन/सकेनन। जब घाम लाग्यो अनि गर्मी हुन लाग्यो, ती विरुवाहरू ओइलाएर मरे।”

33. किसानको काथा — चित्र 4

“अरू केही बिउहरू काँढेदार झाडीहरू भएको ठाउँमा पर्‍यो। ती बिउहरू बढ्न त बढे, तर काँढाहरूले ती विरुवाहरूलाई निसासिदियो। त्यसैले काँढाहरू भएको जमीनमा उम्रेका विरुवाहरूले कुनै फल फलाएन।”

33. किसानको काथा — चित्र 5

“अरू बिउहरू असल माटो भएको जमीनमा पर्‍यो। यी बिउहरू उम्रे र तिनले ३०, ६० वा अझ १०० गुणा बढी फल दिए। जसको कान छ, त्यसले सुनोस्।

33. किसानको काथा — चित्र 6

यस कथाले चेलाहरूलाई अलमल्लमा पार्‍यो। त्यसैले येशूले बुझाउनुभयो, “बिउचाहिँ परमेश्‍वरको वचन हो। बाटोचाहिँ त्यो व्यक्ति हो जसले परमेश्‍वरको वचन त सुन्छ, तर त्यसलाई बुझ्दैन, अनि दुष्टले ऊबाट त्यस वचन खोसेर लैजान्छ।”

33. किसानको काथा — चित्र 7

“ढुङ्गेनी जमीनचाहिँ त्यो व्यक्ति हो जसले परमेश्‍वरको वचन सुन्छ र यसलाई हर्षकासाथ ग्रहण गर्छ। तर जब उसले कठिन परिस्थिति अथवा खेदोको सामना गर्छ, ऊ त्यसबाट पछि हट्दछ।”

33. किसानको काथा — चित्र 8

“काँढेदार जमीन चाहिँ त्यो व्यक्ति हो जसले परमेश्‍वरको वचन सुन्छ, तर जसै समय बित्दै जान्छ, जीवनको फिक्री, धनसम्पति, र आनन्दले परमेश्‍वरप्रतिको उसको प्रेमलाई निसास्सि दिन्छ। फलस्वरूप, उसले सुनेको शिक्षाले कुनै फल फलाउँदैन।”

33. किसानको काथा — चित्र 9

“तर असल माटोचाहिँ त्यो व्यक्ति हो, जसले परमेश्‍वरको वचन सुन्छ, त्यसलाई विश्‍वास गर्छ, र फल फलाउँछ।”

बाइबलको काथा :मति 13१-8,18-23;मरकुस 4:8,13- 20 लुका 8:4- 15 सो

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।