११. निस्तार चाड

११. निस्तार चाड — चित्र 1

परमेश्‍वरले फारोलाई यदि अझै पनि उनले इस्राएलीहरूलाई मिश्रदेशबाट जान नदिएको खण्डमा मानिस र पशुका जेठा पुरुष सन्तानलाई मारिदिने चेतावनी दिनुभयो । जब फारोले यो सुने, अझै पनि परमेश्‍वरलाई विश्‍वास गर्न र उहाँको आज्ञा मान्‍न उनले इन्कार गरे ।

११. निस्तार चाड — चित्र 2

परमेश्‍वरले उहाँमा विश्‍वास गर्नेहरूको लागि आफ्नो जेठो सन्तानलाई बचाउन सक्ने एउटा बाटो प्रदान गरिदिनुभयो । हरेक परिवारले एउटा खोट रहित थुमालाई छानेर त्यसलाई मार्नुपर्ने थियो ।

११. निस्तार चाड — चित्र 3

परमेश्‍वरले इस्राएलीहरूलाई त्यस थुमाको रगत तिनीहरूका घरको मुल ढोकामा लगाउन, अनि त्यसको मासु पोलेर खमिर नहालेको रोटीसँग खान भन्‍नुभयो । अनि फेरि त्यो खाइसकेपछि उनीहरूलाई मिश्रदेश छाेड्न तयार हुन पनि उहाँले भन्‍नुभयो ।

११. निस्तार चाड — चित्र 4

इस्राएलीहरूले परमेश्‍वरले भन्‍नुभए जस्तै गरे । मध्यरातमा परमेश्‍वर मिश्र भएर जानुभयो र पहिले जन्मेका छोरा सबैलाई मार्नुभयो ।

११. निस्तार चाड — चित्र 5

सबै इस्राएलीहरूका घरको ढोकामा रगत पोतिएको थियो, त्यसैले परमेश्‍वरले ती घरहरूलाई छाेडेर जानुभयो । ती भित्र भएका सबैजना सुरक्षित थिए । थुमाको रगतको कारण उनीहरू बचाइएका थिए ।

११. निस्तार चाड — चित्र 6

तर मिश्रीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेनन् न त उहाँको आज्ञा नै माने । त्यसैले परमेश्‍वरले तिनीहरूका घरलाई छाेड्नु भएन । परमेश्‍वरले मिश्रीहरूका पहिले जन्मेका छोराहरू सबैलाई मार्नुभयो ।

११. निस्तार चाड — चित्र 7

सारा मिश्रीहरूका जेठा छोराहरू मरे, कैदीको जेठो छोरादेखि फारोको जेठो छोरासम्म, सबैजना मरे । मिश्रदेशमा धेरै मानिसहरू वेदनाको कारण रुदैँ र कराउँदै थिए ।

११. निस्तार चाड — चित्र 8

त्यसै रात फारोले मोशा र हारूनलाई बोलाए र भने, “इस्राएलीहरूलाई लेओ, अनि तुरुन्तै मिश्रदेश छाेडेर गइहाल

_बाइबलको कथाः प्रस्थान ११:१-१२:३२ बाट_

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।