३१. येशू पानीमाथि हिँड्नुभयो

३१. येशू पानीमाथि हिँड्नुभयो — चित्र 1

अनि भीडलाई बिदा गरेर येशूले चेलाहरूलाई डुङ्गामा चढी समुन्द्रको पल्लो छेऊतिर जाऊ भन्‍नुभयो । भीडलाई बिदा गरिसकेपछि उहाँ प्रार्थना गर्नको निम्ति डाँडातिर उक्लनुभयो । येशू त्यहाँ एक्लै हुनुहुन्थ्यो, अनि राती अबेरसम्म प्रार्थना गरिरहनुभयो ।

३१. येशू पानीमाथि हिँड्नुभयो — चित्र 2

चेलाहरू आफ्ना डुङ्गा खियाउँदै थिए, तर राती अबेरसम्ममा पनि उनीहरू समुन्द्रको बीच भागसम्म मात्र पुगेका थिए । धेरै कठिनको साथ उनीहरू डुङ्गा खियाउँदै थिए किनभने शक्तिशाली आँधी उनीहरूको विपरीत चलिरहेको थियो ।

३१. येशू पानीमाथि हिँड्नुभयो — चित्र 3

येशूले प्रार्थना गरी सिध्याउनुभएपछि उहाँ चेलाहरूकहाँ जानुभयो । उहाँ समुन्द्रको पानीमाथि हिँड्दै उनीहरू भएको डुङ्गातिर जानुभयो ।

३१. येशू पानीमाथि हिँड्नुभयो — चित्र 4

जब चेलाहरूले येशूलाई देखे, उनीहरू अति भयभित भए किनभने आफूले कुनै भूत देखिरहेको उनीहरूले ठाने । उनीहरू डराएका छन् भनी येशूलाई थाहा थियो, त्यसैले उहाँले तिनीहरूलाई बोलाउनुभयो र भन्‍नुभयो, “नडराओ । म हुँ

३१. येशू पानीमाथि हिँड्नुभयो — चित्र 5

तब पत्रुसले येशूलाई भने, “गुरूज्यू, यदि तपाईंनै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानीमाथि भएर आउने आज्ञा गर्नुहोस् ।” येशूले पत्रुसलाई भन्‍नुभयो, “आऊ

३१. येशू पानीमाथि हिँड्नुभयो — चित्र 6

त्यसैले, पत्रुस डुङ्गाबाट बाहिर निस्के र पानीमाथि येशू उभिनुभएको ठाँउतर्फ हिँड्न लागे । तर केही छिन हिँडेपछि, उनले आफ्ना आँखाहरू येशूदेखि अन्तै लगे अनि छालहरूतिर हेर्न र आँधीलाई महसुस गर्न थाले ।

३१. येशू पानीमाथि हिँड्नुभयो — चित्र 7

तब पत्रुस डराए र डुब्‍न लागे । उनी यसो भन्दै कराए, “गुरूज्यू, मलाई बचाउनुहोस् । तुरुन्त येशुले हात पसारेर तिनिलाई समात्‍नुभयो। तब उहाँले पत्रुसलाई भन्‍नुभयो, "तिमिसगँ थोरै विश्‍वास रहेछ। तिमिलाई सुरक्षित राख्‍छु भनेर किन भरोसा गरेनौ?"

३१. येशू पानीमाथि हिँड्नुभयो — चित्र 8

पत्रुस र येशू डुङ्गामा चढे, पछि आँधी तुरुन्तै रोकियो अनि पानी शान्त भयो । चेलाहरू चकित भए । उनीहरूले यसो भन्दै येशूको आराधना गरे, “साँच्चै, तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्छ ।”

_बाइबलको कथा: मत्ती १४:२२-३३; मर्कूस ६:४५-५२; यूहन्‍ना ६:१६-२१ बाट_

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।