27. आसल सामरिको काथा

27. आसल सामरिको काथा — चित्र 1

एकदिन, यहूदी व्यवस्थाका निपुण एकजना गुरू येशूकहाँ उहाँको परीक्षा गर्न यसो भनी आए, “गरुज्यू, अनन्त जीवनको हकदार हुन म के गरूँ ?” येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको व्यवस्थामा के लेखिएको छ ?”

27. आसल सामरिको काथा — चित्र 2

त्यस व्यवस्थाका निपुण मानिसले परमेश्‍वरको व्यवस्थाले यसो भन्छ भनी जवाफ दिए, “तिमीले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा शक्तिले र आफ्नो समझले प्रेम गर अनि आफ्नो छिमेकीलाई आफैँलाई जस्तो प्रेम गर।” येशूले जवाफ दिनुभयो, “तिमीले ठिक भन्यौ

27. आसल सामरिको काथा — चित्र 3

तर त्यस व्यवस्थाको निपुण मानिसले आफैँलाई धर्मी ठहराउन चाह्यो, त्यसैले उसले सोध्यो, “मेरो छिमेकी को हो ?”

27. आसल सामरिको काथा — चित्र 4

येशूले त्यस मानिसलाई एउटा कथा भनेर जवाफ दिनुभयो, “एकजना यहूदी मानिस यरूशलेमको बाटो भएर यरिहोतर्फ जाँदै थिए।”

27. आसल सामरिको काथा — चित्र 5

“यात्रा गर्दैगर्दा, त्यस मानिसलाई लुटेराहरूको एक समूहले लुट्यो। तिनीहरूले ऊसँग भएका सबै थोकहरू लगे र उसलाई अधमरो हुनेगरी कुटे। त्यसपछि तिनीहरूले त्यस मानिसलाई छाेडेर त्यहाँबाट गए।”

27. आसल सामरिको काथा — चित्र 6

“त्यसको केही समयपछि, एकजना यहूदी पूजाहारी पनि संयोगवश त्यही बाटो भएर जाँदै थिए। जब यस धार्मिक अगुवाले त्यस लुटिएको र घायल पारिएको मानिसलाई देखे, उनी बाटोको पल्लो छेऊतिर गए र त्यस मानिसबाट तर्के, र आफ्नो बाटो लागे।”

27. आसल सामरिको काथा — चित्र 7

“त्यसो भएको धेरै समय नबित्दै, एकजना लेवी पनि त्यस बाटो भएर झरे। (लेवीहरू यहूदीहरूका एक कुल थिए जसले, मन्दिरमा पूजाहारीहरूलाई सहायता गर्दथे)। त्यस लेवी पनि बाटोको पल्लो छेऊतिर गए र त्यस लुटिएको र घायल परिएको मानिसको वास्ता गरेनन्।”

27. आसल सामरिको काथा — चित्र 8

“त्यस बाटोबाट भएर जाने अर्को व्यक्ति एकजना सामरी थिए। (सामरीहरू यहूदीहरूका ती सन्तानहरू थिए, जसले अरू राष्ट्रका मानिसहरूलाई विवाह गरेका थिए। सामरीहरू र यहूदीहरूले एक (अर्कालाई घृणा गर्दथे)। तर जब त्यस सामरीले त्यस यहूदी मानिसलाई देखे, उनको मन दयाको भावले भरियो। त्यसैले उनले त्यस यहूदीप्रति सहानुभूति देखाए र उनका घाउहरूमा पट्टी लगाइदिए।”

27. आसल सामरिको काथा — चित्र 9

“अनि त्यस सामरीले त्यस यहूदीलाई आफ्नो गधामाथि चढायो र उसलाई बाटो छेऊको एक पौवामा लगेर त्यस सामरीले उसको स्याहार गर्‍यो।”

27. आसल सामरिको काथा — चित्र 10

“अर्को दिन, त्यस सामरीले आफ्नो यात्रालाई निरन्तरता दिनुपर्ने थियो। उसले त्यहाँको पौवाको मालिकलाई केही पैसा दिए र भने, ‘उसको ख्याल गर्नू, अनि यदि तिमीलाई योभन्दा बढी खर्च लागेमा, म फर्केर आउँदा, सो खर्च तिरिदिनेछु।’”

27. आसल सामरिको काथा — चित्र 11

त्यसपछि येशूले व्यवस्थाका त्यस निपुण व्यक्तिलाई सोध्‍नुभयो, “तिमीलाई के लाग्छ ? तीमध्ये कुनचाहिँ त्यस लुटिएको र घायल पारिएको मानिसको छिमेकी हो ?” उसले जवाफ दियो, “त्यही, जो उनीप्रति दयालु थियो।” येशूले तिनलाई भन्‍नुभयो, तिमी पनि जाऊ र त्यसै गर।”

बालबलको काथा:लुका १०:२५-३७सो

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।