28. धनि वाजान सासक

28. धनि वाजान सासक — चित्र 1

एकदिन, एकजना धनी जवान शासक येशूकहाँ आए र सोधे, “असल गुरू, अनन्त जीवन पाउनको निम्ति मैले के गर्नुपर्छ?” येशूले उसलाई भन्‍नुभयो, “किन तिमी मलाई ‘असल’ भन्दछौ ? एकजना मात्रै असल हुनुहुन्छ जो हुनुहुन्छ, अनि उहाँचाहिँ परमेश्‍वर हुनुहुन्छ। तर यदि तिमी अनन्त जीवन चाहन्छौ भने, परमेश्‍वरका आज्ञाहरू पालन गर।”

28. धनि वाजान सासक — चित्र 2

“तीमध्ये कुन-कुन चाहिँ मैले पालन गर्नुपर्छ?” उसले सोध्यो। येशूले भन्‍नुभयो, “हत्या नगर्नू। व्यभिचार नगर्नू। नचोर्नू। झूटो नबोल्नू। आफ्नो आमा-बुबाको आदर गर्नू, र आफ्नो छिमेकीलाई तिमीले आफैँलाई झैँ प्रेम गर्नू।”

28. धनि वाजान सासक — चित्र 3

तर त्यस जवान मानिसले आफैलाई ठिक प्रमाणित गर्नको निम्ति भन्यो, “मैले यी सबै आज्ञाहरू म सानो केटो छँदादेखि नै गर्दैआएको छु। मैले अझै के गर्नुपर्छ ताकि म सदाको निम्ति जिऊन सकूँ ?” येशूले त्यस मानिसलाई हेर्नुभयो र टिठाउनुभयो।

28. धनि वाजान सासक — चित्र 4

येशूले जवाफ दिनुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने, जाऊ र तिमीसँग भएका सबै थोक बेच अनि त्यसबाट आएको पैसा गरीबहरूलाई देऊ, र स्वर्गमा तिमीले धन पाउनेछौ। त्यसपछि आऊ र मेरो पछि लाग।”

28. धनि वाजान सासक — चित्र 5

जब त्यस जवान मानिसले येशूले भन्‍नुभएको कुरा सुने, उनी धेरै दुःखित भए, किनकि उनी ज्यादै धनी थिए अनि आफूले अधिकार जमाएको सारा थोक दिन चाहँदैन थिए। उनी त्यहाँबाट फर्के र गए।

28. धनि वाजान सासक — चित्र 6

अनि येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो, “धनी मानिसहरूलाई परमेश्‍वरको राज्यमा छिर्न धेरै कठिन

28. धनि वाजान सासक — चित्र 7

जब चेलाहरूले येशूले भन्‍नुभएको कुरा सुने, उनीहरू छक्क परे अनि भने, “उसोभए कसले चाहिँ मुक्ति पाउन सक्छ त ?”

28. धनि वाजान सासक — चित्र 8

येशूले ती चेलाहरूतिर हेर्नुभयो र भन्‍नुभयो, “मानिसहरूका निम्ति यो असम्भव छ, तर परमेश्‍वरका निम्ति, सबै कुरा सम्भव छन्।”

28. धनि वाजान सासक — चित्र 9

पत्रुसले येशूलाई भने, “हामीले सबै कुराहरू छाेडी तपाईंलाई पछ्याएका छौँ। हाम्रो निम्ति इनाम के हुनेछ ?”

28. धनि वाजान सासक — चित्र 10

येशूले जवाफ दिनुभयो, “जसले मेरो नाउँको खातिर आफ्ना घर, दाजुभाइ, दिदीबहिनी, बुबा, आमा, छोराछोरी, अथवा धन-सम्पत्ति छोडेका छन्, उनीहरू सबैले सय गुणा बढी पाउनेछन् अनि उनीहरूले अनन्त जीवन पनि पाउनेछन्। तर धेरैजना जो पहिला छन्, उनीहरू पछिल्ला हुनेछन् र पछिल्ला हुनेहरूचाहिँ पहिला हुनेछन्।”

बाइबलको काथा। मति१९:१६-३०;मरकुस १०:१७-३१; लुका१८:१८-३० सो

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।