35. दायाका आबाको काथा

35. दायाका आबाको काथा — चित्र 1

एकदिन, येशूले थुप्रै कर उठाउनेहरू र अरू पापी मानिसहरूलाई शिक्षा दिइराख्‍नुभएको थियो। तिनीहरू उहाँको कुरा सुन्‍न भेला भएका थिए।

35. दायाका आबाको काथा — चित्र 2

त्यहाँ उपस्थित केही धार्मिक अगुवाहरूले येशूले पापीहरूलाई पनि मित्रसरह व्यवहार गरिरहनुभएको देखे, अनि तिनीहरूले एक-अर्कासँग उहाँको आलोचना गर्न थाले। त्यसैले येशूले तिनीहरूलाई यो कथा भन्‍नुभयो।

35. दायाका आबाको काथा — चित्र 3

“एकजना मानिस थिए, जसका दुई छोराहरू थिए। कान्छो छोराले आफ्नो बुबालाई भन्यो, ‘बुबा, मलाई अहिल्यै मेरो पैतृक सम्पतिको हिस्सा चाहियो।“

35. दायाका आबाको काथा — चित्र 4

“चाँडैँ नै कान्छो छोराले आफूसँग भएको सबै थोक जम्मा पार्‍यो र त्यहाँबाट टाढा गयो। अनि आफ्नो सबै रुपैयाँ-पैसा जीवनको मोजमस्तीमा खेर फाल्यो।”

35. दायाका आबाको काथा — चित्र 5

“केही समयपछि, कान्छो छोरा जून देशमा थियो/भएको त्यस देशमा अनिकाल आइपर्‍यो, र खानेकुरा किन्‍नको लागि ऊसँग पैसा थिएन। त्यसैले उसले आफूले भेट्टाउन सक्ने एउटैमात्र काम गर्न लाग्यो, सुंगुरलाई चारा खुवाउने। उसको अवस्था यस्तो दयनीय र भोको थियो कि उसले सुंगुरको खानेकुराहरू खान्थ्यो।”

35. दायाका आबाको काथा — चित्र 6

“अन्त्यमा, त्यस कान्छो छोराले आफैँलाई भन्यो, ‘म यो के गरिरहेछु ? मेरा बुबाका सबै नोकरहरूसँग खानको निम्ति प्रशस्त छन्, यद्यपि मचाहिँ यहाँ भोकले मर्नै आँटेको छु। म मेरा बुबाकहाँ फर्किजानेछु र उहाँको एक नोकर बन्‍न पाऊँ भनी अनुरोध गर्नेछु।’”

35. दायाका आबाको काथा — चित्र 7

“तसर्थ, त्यस कान्छो छोरा आफ्नो बुबाको घरतर्फ जान लाग्यो। जसै त्यस कान्छो छोरा आफ्नो बुबाको घरतर्फ आउँदै थियो, उसका बुबाले उसलाई टाढैबाट देखे र उसको निम्ति/उसलाई दया देखाए। उनी आफ्नो छोरा भएतिर दौड्दैँ गए। अनि उनलाई मायाले अंकमाल र चुम्बन गरे।”

35. दायाका आबाको काथा — चित्र 8

“त्यस छोराले भन्यो, ‘बुबा, मैले परमेश्‍वरको र तपाईंको विरुद्धमा पाप गरेको छु। म तपाईंको छोरा हुन योग्‍यको छैन।’”

35. दायाका आबाको काथा — चित्र 9

“तर उनका बुबाले आफ्ना नोकरहरूमध्ये एकजनालाई भने, ‘झट्टै जाऊ र सबैभन्दा असल कपडा लिएर आऊ। अनि मेरो छोरालाई पहिराइदेऊ।”

35. दायाका आबाको काथा — चित्र 10

“त्यसैले सबै मानिसहरूले उत्सव मनाउन शुरू गरे। केही समयपछि, जेठो छोरा खेतमा काम गरेर घर फर्किआयो। उसले नाच-गान भइरहेको सुन्यो अनि के भइरहेछ भनी अचम्म मान्यो।”

35. दायाका आबाको काथा — चित्र 11

“जब त्यस जेठो छोराले उसको भाइ फर्केर आएको कारणले उनीहरू उत्सव मनाइरहेछन् भन्‍ने थाह पायो। ऊ अति रिसायो र घरभित्र जान चाहेन। उसका बुबा बाहिर आए र उसलाई भित्र आएर सबैसँग उत्सव मनाउनको निम्ति आग्रह गर्‍यो, तर उसले त्यसो गर्न इन्कार गर्‍यो।”

35. दायाका आबाको काथा — चित्र 12

“जेठो छोराले आफ्नो बुबालाई भन्यो, ‘सबै वर्षहरु/सधै मैले/म विश्‍वासयोग्य भएर तपाईंको निम्ति काम गरेको छु।”

35. दायाका आबाको काथा — चित्र 13

“बुबाले जवाफ दिए, ‘मेरो छोरा, तिमी त सधैँभरि मसँगै छौ, अनि मसँग भएका सबैथोक तिम्रै हो। तर हामीलाई उत्सव मनाउनु सही छ। किनकि तिम्रो भाइ मरेको थियो, तर अब जीवित भएको छ। ऊ हराएको थियो, तर अब भेट्टाइएको छ।”

बाइबलको काथा : लुका15:11-32 सो

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।