36. येसुको जिउ भाङगाइन्हाका

36. येसुको जिउ भाङगाइन्हाका — चित्र 1

एकदिन, येशूले उहाँका तीनजना चेलाहरू पत्रुस, याकूब र यूहन्‍नालाई आफूसँग लैजानुभयो। (यी यूहन्‍ना येशूलाई बप्तिस्मा दिने व्यक्ति होइनन्।) उनीहरू एक अग्लो पहाडमाथि प्रार्थना गर्न गए।

36. येसुको जिउ भाङगाइन्हाका — चित्र 2

जब येशू प्रार्थना गर्दैहुनुहुन्थ्यो, उहाँको अनुहार सूर्यझैँ चम्किलो भयो र उहाँका कपडा ज्योतिझैँ सेतो भयो।

36. येसुको जिउ भाङगाइन्हाका — चित्र 3

त्यसपछि त्यहाँ मोशा र एलिया अगमवक्ता देखा परे। यी मानिसहरू त्यस घटना हुनुभन्दा सयौँ वर्षअगाडि बाँचेका थिए। उनीहरूले येशूसँग उहाँको मृत्युको बारेमा कुरा गरे, जुन चाँडै नै यरूशलेममा हुनेवाला थियो।

36. येसुको जिउ भाङगाइन्हाका — चित्र 4

जब मोशा र एलिया येशूसँग कुराकानी गरिरहेका थिए, पत्रुसले येशूलाई भने, “हामीलाई यहीँ रहन असल छ। हामी तीनवटा बासस्थानहरू/तम्बूहरु बनाऔँ, एउटा तपाईंको लागि, एउटा मोशाको लागि, र एउटा एलियाको लागि।” त्यतिबेला आफू के भन्दैछु सो पत्रुसलाई थाहा थिएन।

36. येसुको जिउ भाङगाइन्हाका — चित्र 5

जब पत्रुस बोल्दै थिए, एउटा उज्यालो बादल तल आएर उनीहरूलाई घेर्‍यो र बादलबाट परमेश्‍वरको आवाजले यसो भन्यो, “यिनी मेरा पुत्र हुन् जसलाई म प्रेम गर्छु। म ऊसँग प्रसन्‍न छु। उसको कुरा सुन्‍नू।” ती तीन चेलाहरू डराए र भुईँमा लडे।

36. येसुको जिउ भाङगाइन्हाका — चित्र 6

अनि येशूले तिनीहरूलाई छुनुभयो र भन्‍नुभयो, “नडराओ, उठ।” जब तिनीहरूले वरिपरि हेरे, त्यहाँ केवल येशूमात्र हुनुहुन्थ्यो।

36. येसुको जिउ भाङगाइन्हाका — चित्र 7

येशू र ती तीन चेलाहरू फेरि पहाडबाट तल झर्नुभयो। अनि येशूले तिनीहरूलाई भन्‍नुभयो, “यहाँ भएको घटनाको बारेमा अहिले कसैलाई केही नभन्‍नू। म चाडैँ नै मर्नेछु र त्यसपछि फेरि जीवित हुनेछु। त्यसपछि, तिमीहरूले मानिसहरूलाई मेरो बारेमा भन्‍न सक्नेछौ।”

बाइबलको काथा:मति 17:1-9; मर्कुस 9:2-8; लुका 9:28-36 सो

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।