44. पतरुस कालाउ युहान्ना ह्रेकाहेङ एल्पाहि।
एकदिन, पत्रुस र यूहन्ना मन्दिर जाँदैथिए। जसै उनीहरू मन्दिरको ढोकामा आईपुगे, उनीहरूले एकजना लङ्गडो मानिसलाई देखे जो पैसाको निम्ति भिख मागिरहेको थियो।
पत्रुसले त्यस लङ्गडो मानिसतिर हेरेर भने, “तिमीलाई दिन मसित पैसा त छैन। तर मसित जे छ, म तिमीलाई दिनेछु। येशूको नाउँमा, उठ र हिँड
तुरुन्तै, परमेश्वरले त्यस लङ्गडो मानिसलाई निको पार्नुभयो, अनि ऊ हिँड्दै र उफ्रिदैँ परमेश्वरको प्रशंसा गर्न लाग्यो। मन्दिरको चोकमा भएका मानिसहरू यो देखेर अचम्मित भए।
एकैछिनमा मानिसहरूको भीड त्यस निको भएको त्यस मानिसलाई हेर्न आयो। पत्रुसले तिनीहरूलाई भने, “यस मानिस निको पारियो भनेर तपाईंहरू किन अचम्भित हुनुहुन्छ ? हामीले उनलाई हाम्रो आफ्नै शक्ति वा भलाइद्वारा निको पारेका होइनौँ बरू, यो त येशूको शक्ति उहाँले दिनुहुने विश्वास हो, जसले यस मानिसलाई निको पार्यो।”
“तपाईंहरू नै हुनुहुन्छ जसले रोमी राज्यपाललाई येशूलाई मार्न भन्नुभयो। जीवनको रचनाकारलाई तपाईंहरूले मार्नुभयो तर परमेश्वरले उहाँलाई मृत्युबाट उठाउनुभयो। तपाईंहरूलाई आफू के गर्दैहुनुहुन्छ भनी थाहा नभए तापनि, परमेश्वरले अगमवाणीहरूलाई पूरा गर्न तपाईंका कार्यहरूलाई चलाउनुभयो, कि मसिहले कष्ट भोग्नुहुनेछ र मर्नुहुनेछ। त्यसैले अब, पश्चाताप गर्नुहोस् र परमेश्वरतर्फ फर्कनुहोस् ताकि तपाईंहरूका पापहरू धोइऊन्।”
पत्रुस र यूहन्नाले भनेका कुराहरूले गर्दा मन्दिरका अगुवाहरू धेरै रिसाएका थिए। त्यसैले तिनीहरूले उनीहरूलाई पक्रे र झ्यालखानामा हालिदिए। तर धेरै मानिसहरूले पत्रुसको सन्देशलाई विश्वास गरे, र येशूमा विश्वास गर्ने मानिसहरूको संख्या करिब ५,००० भयो।
अर्को दिन, यहूदी अगुवाहरूले पत्रुस र यूहन्नालाई प्रधान पूजाहारी र अरू धार्मिक अगुवाहरूको सामु ल्याए। उनीहरूले पत्रुस र यूहन्नालाई सोधे, “कुन शक्तिद्वारा तिमीहरूले यस लङ्गडो मानिसलाई निको पार्यो ?”
पत्रुसले जवाफ दिए, “तपाईंहरूको सामु उभिरहेको यस मानिस येशू मसिहको शक्तिद्वारा निको पारियो। तपाईंहरूले येशूलाई क्रूसमा टाँग्नुभयो, तर परमेश्वरले उहाँलाई फेरि जीवित पार्नुभयो
पत्रुस र यूहन्नाले त्यसरी साहसका साथ बोलेको देखेर ती अगुवाहरू छक्क परे किनभने तिनीहरूले देख्न सक्थे कि उनीहरू साधारण र अशिक्षित मानिसहरू थिए। तर पछि यी मानिसहरू येशूसँगै रहन्थे भनी तिनीहरूलाई याद भयो। पत्रुस र यूहन्नालाई चेतावनी दिएपछि तिनीहरूले उनीहरूलाई छोडिदिए।
बाइबलको काथा: प्रेरित 3:1-4:22 सो
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।