45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 1

शुरूका मण्डलीका अगुवाहरूमध्ये स्तिफनस नाउँ गरेका एकजना व्यक्ति थिए। उनी असल प्रतिष्ठा अनि पवित्र आत्मा र वुद्धिले भरपुर भएका मानिस थिए। स्तिफनसले थुप्रै आश्‍चर्यकर्महरु गरे र मानिसहरूले येशूमा विश्‍वास गर्नुपर्छ भनी सशक्त ढंगले तर्क गर्दथे।

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 2

एकदिन, जब स्तिफनसले येशूको विषयमा शिक्षा दिइरहेका थिए, येशूमा विश्‍वास नगर्ने केही यहूदीहरू स्तिफनससँग विवाद गर्न लागे। तिनीहरू धेरै क्रोधित भए र स्तिफनसको सम्बन्धमा धार्मिक अगुवाहरूलाई झूटो गवाही दिए। तिनीहरूले भने, “उसले मोशा र परमेश्‍वरको बारेमा दुष्ट कुराहरू भनेको हामीले सुन्यौँ

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 3

प्रधान पूजाहारीले स्तिफनसलाई सोधे, “के यी कुराहरू सत्य हुन् ?” स्तिफनसले तिनीहरूलाई परमेश्‍वरले अब्राहामदेखि लिएर येशूको समयसम्म गर्नुभएका कयौँ महान् कामहरू, र कसरी परमेश्‍वरका मानिसहरूले निरन्तर रूपमा उहाँको आज्ञापालन नगरेका भनी स्मरण गराउँदै जवाफ दिए। अनि तिनले भने, “तपाईं हठी र विद्रोही मानिसहरूले सधैँ पवित्र आत्मालाई इन्कार गर्नुहुन्छ, जसै तपाईंहरूका पुर्खाहरूले सधैँ परमेश्‍वरलाई इन्कार गरे र उहाँका अगमवक्ताहरूलाई मारे। तर तपाईंहरूले त केही कुरा अझ बढी गर्नुभयो, जुन उनीहरूले गरेभन्दा खराब थियो

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 4

जब ती धार्मिक अगुवाहरूले यो कुरा सुने, तिनीहरू यति क्रोधित भए कि तिनीहरूले आफ्ना कान थुने र चर्को स्वरले कराए। तिनीहरूले स्तिफनसलाई शहर बाहिर घिसारेर लगे र उनलाई मार्न ढुङ्गाले हाने।

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 5

जब स्तिफनस मर्नै लागेका थिए, उनले कराएर भने, “येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।” अनि उनले आफ्ना घुँडा टेके र फेरि चर्को स्वरले यसो भनी कराए, “प्रभु, यो पापको दोष यिनीहरूमाथि नलागोस्।” त्यसपछि उनी मरे।।

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 6

शाऊल नाउँ गरेका एकजना जवान मानिस स्तिफनसलाई मार्ने मानिसहरूसँग सहमत भए र तिनीहरूले ढुङ्गा हान्दैगर्दा तिनीहरूका वस्त्रहरूको रखवाल गरिदिए। त्यस दिनदेखि, यरूशलेममा धेरै मानिसहरूले येशूका चेलाहरूलाई सताउन थाले, त्यसैले विश्‍वासीहरू अन्य ठाउँहरूमा भागेर गए। तर त्यति भएता पनि तिनीहरूले आफू गएका सबै ठाउँहरूमा येशूको प्रचार गरे।

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 7

फिलिप नाउँ भएका येशूका एकजना चेला थिए जो सतावटको समयमा यरूशलेमबाट भागेर जाने विश्‍वासीहरूमध्येका एक थिए। उनी सामरियामा गए जहाँ उनले येशूको बारेमा प्रचार गरे र त्यहाँका धेरै मानिसहरू बचाइएका थिए। अनि एकदिन, परमेश्‍वरका एक दूतले फिलिपलाई मरूभूमिको सडकमा जान भने। जसै उनी त्यस बाटोमा हिँड्दै थिए, फिलिपले इथियोपियाका एकजना महत्वपूर्ण सरकारी कर्मचारीलाई आफ्नो रथमा चढेर जाँदै गरेको देखे। अनि पवित्र आत्माले फिलिपलाई गएर त्यस मानिससँग कुरा गर्न भन्‍नुभयो।

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 8

जब फिलिप त्यस रथको नजिकै आईपुगे, उनले त्यस इथियोपियाली मानिसले यशैया अगमवक्ताले लेखेको पत्रबाट पढिरहेको सुने। त्यस मानिसले पढ्यो, “जसरी भेडा काटिनलाई लगिन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन। उसको अपमानित अवस्थामा उसलाई न्याय मिलेन। किनभने उसको जीवन पृथ्वीबाट हरण भयो

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 9

फिलिपले त्यस इथियोपियालीलाई सोधे, “तपाईंले पढिरहनुभएको कुरा के तपाईं बुझ्नुहुन्छ ?” त्यस इथियोपियालीले जवाफ दियो, “अहँ। कसैले नबताई म कसरी बुझ्‍न सक्छु र ? कृपया आउनुहोस् र मेरो छेऊमा बस्‍नुहोस्। के यशैयाले आफ्नै बारेमा लेखेका थिए वा अरू कसैको बारेमा ?”

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 10

फिलिपले त्यस इथियोपियाली मानिसलाई यशैयाले येशूको बारेमा लेखेका थिए भनी व्याख्या गरिदिए। फिलिपले उनलाई येशूको बारेमा सु-समाचार सुनाउन अरू पत्रहरूको पनि प्रयोग गरे।

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 11

जब फिलिप र त्यस इथियोपियाली यात्रा गर्दै थिए, उनीहरू केही पानी भएको ठाउँमा आईपुगे। त्यस इथियोपियालीले भन्यो, “हेर्नुहोस्

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 12

त्यसैले उनीहरू तल पानी भएको ठाउँमा गए, अनि फिलिपले त्यस इथियोपियालीलाई बप्तिस्मा दिए। उनीहरू पानीबाट बाहिर आएपछि, अचानक पवित्र आत्माले फिलिपलाई अन्त्यै लैजानुभयो जहाँ उनले मानिसहरूलाई येशूको बारेमा बताइनै रहे।

45. फिलिप कालाउ इथियोपियाको बारका आधिकारि — चित्र 13

त्यस इथियोपियाली मानिसचाहिँ आफ्नो घरतर्फ जान आफ्नो यात्रालाई निरन्तरता दियो, उसले येशूलाई चिनेकोमा ऊ निकै खुशी थियो।

बाइबलको काथा: प्रेरित 8:5; 8:26-40 सो

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।