50. येशू आजि आउन्या हुन
करिब२,०००वर्ष बठेइ, संसार भरिका भौत मान्सनले येशू ख्रिस्टका बारेमि सु-समाचार सुणनाइ आया छन।मण्डलीको संख्या बड्डा छ।येशूले प्रतिज्ञा अर्याथ्यो कि संसारको अन्त्यमि उन फर्की आउन्या हुन।उन आजि सम्म फर्किया त आथिन, तर उनले आफ्नो प्रतिज्ञा पूरा अद्दा हुन।
जब हाम येशूको आगमनको प्रतीक्षा अद्दाउ, हाम पवित्र रे उनलाइ आदर दिन्या जीवन बिताउ भणीबर परमेश्वर चाहानाहान। हामले औरलाई उनरो राज्यका बारेमि लगइ भण भणीबर उन चाहानाहान।जब येशू संसारमि थ्या, उनले भण्यो, “मेरा शिष्याले परमेश्वरको राज्यको बारेमि सब संसारका मान्सनलाई सु-समाचार प्रचार अद्द्या हुन, पइ तइ पछा मान्तर अन्त्यको दिन आउन्या हो।”
भौत मान्स जातिले आजि लगइ येशूको बारेमि सुणया आथिन।स्वर्गमि फर्किबर जानाहइ अगाडी उनले विश्वासीनलाई तिन मान्सनलाई सु-समाचारको घोषणा अद्दाइ भण्यो, जइले कभइ यइको बारेमि सुणया आथिन।उनले भण्यो, “जारे सबइ जातिका मान्सनलाई शिष्या बना!” फसल पाकि सक्या छ, र कटनीकि निउती तैयार छ!”
येशूले यो लगइ भण्यो, “कोइ दास आफ्नो मालिक भणना ठूलो हुन सक्दैन।यइ संसारका महत्वपूर्ण मान्सनले मलाई घृणा अर्यो, उनले मेरा खातिर तमनलाई लगइ कष्ट दिन्या हुन रे माद्दया हुन।यइ संसारमि तमनले कष्ट भोग्दु पड्या लगइ, बलियो होउ, क्याकी मइले यइ संसारको शासन अद्दया शैतानलाई हाराया छु। यदि तमन अन्त्य सम्मइ म प्रति विश्वासयोग्य भया भणया, परमेश्वरले तमलाइ बचाउन्या हुन!”
येशूले उनरा शिष्यालाई संसारको अन्त्य भया पछा कसो हुन्या हो भणी बुजाउनाइ निउती एक कथा भण्यो।उनले भण्यो, “एक जना मान्सले आफ्नो खेतमि असल बि लायो।जब उ सीरइथ्यो, उइको शत्रु आइबर गहुँका बीचमि सामाको बि छरि दियो, रे ता बठेइ गयो।”
“जब बि उमर्यो, तइ मान्सका दासले भण्यो, 'मालिक, तमले त तइ खेतमि असल बि लगाया थ्या।तर काँ बठेइ तइमि सामा आया?’ तइ मालिकले जवाफ दियो, “कोइ शत्रुले त्यो रोप्या हुनु पणन्छ।”
“तिन दासले उनरा मालिकलाई भण्यो, 'कि हाम तइ सामालाई उखेलौ?’ मालिकले भण्यो, 'होइन। तमनले तसो अर्या भणया, तमनले तइ सीतइ केइ गउ लगइ उखेल्लया हौ।कटनीको समय सम्मकि निउती पख। पइ तइ पछा सामानलाई बटोलिबर बाल्लाइ निउति बिटा-बिटाबना। तर गहु चाइ मेरा ढुकुटीमि ल्यास।'”
शिष्याले तइ कथाको अर्थ बुजेइन, तबइकिलाइ उनले येशूलाई त्यो बुजाइ दिनाइ आग्रह अर्यो।येशूले भण्यो, “असल बि बुन्या मान्सले ख्रिस्टलाई जणाउँछ।खेतले संसारलाई जनाउँछ।असल बिले परमेश्वरको राज्यका मान्सनलाई जनाउँछ।”
सामाले तिन मान्सनलाई जनाउँछ, जो तइ दुष्ट सैतानका हुन। सामा बोइ दिन्या तइ शत्रुले दुष्टलाई जनाउँछ। कटनीको समयले अन्त्यको दिनलाई जनाउँछ, रे कटनी अद्दया परमेश्वरका स्वर्गदूतलाई जनाउँछ।”
“जब संसारको अन्त्य हुन्या हो, स्वर्गदूतले शैतानका सब मान्सनलाई जम्मा पाड्डया हुन। स्वर्गदूतले उनलाई दन्किर्या आगामि फालि दिन्या हुन। ता तिन मान्सन रुन्या हुन रे भयानक पीडामि दाँत किरोड्डया हुन तर धर्मी मान्सन, जइले येशूलाई पछेया छन, तिनरा पिता परमेश्वरको राज्यमि सूर्य जसेरी चम्कन्या हुन।”
येशूले यो लगइ भण्यो कि संसारको अन्त्य हुनाहइ ठीक अगाडी उन पृथ्वीमि फर्कि आउन्या हुन।उन जाँनज्या जसा अवस्थामि थ्या तसाइ अवस्थामि उन फर्कि आउन्या हुन। उनसित साच्चीको शरीर हुन्या हो, रे उन अग्गासमि बादलमि आउन्या हुन। जब येशू फर्कीन्या हुन, मरिसक्या सबइ विश्वासीन मर्या बठेइ जिउना हुन्या हुन रे उनलाई अग्गासमि भेट्टया हुन।
पइ तइबेला बाच्या विश्वासीन मल्तिर अग्गस्मी उचाइन्या हुन रे और मर्या बठेइ जिउना भया विश्वासीन सितइ मिलल्या हुन।उन सबै जना येशूसित हुन्या हुन।तइपछा, येशू आफ्ना मान्सनसित सदाकि निउती शान्ति रे एकतामि बस्सया हुन।
येशूले उनमि विश्वास अद्द्या सबइ जनालाई मुकुट दिन्या प्रतिज्ञा अर्या छ। तिननले सदाइ सब कुरणीमि परमेश्वरसित शासन अद्दया हुन्। तिननले पूरा शान्ति पाउन्या हुन।
तर परमेश्वरले येशूमि विश्वास नअद्द्या सबइको न्याय अद्दया हुन।उनले तिननलाई नरकमि फालिदिन्या हुन। त्या उन सदाकि निउती रून्या हुन रे कष्टमि दारा किट्टया हुन।कभइ ननिम्द्या आगाले सदाइ तिननलाई जलाउन्या छ, रे किराले तिननलाई खान कभइ छाड्डया आथिन।
जब येशू फर्कीनाहान, उनले शैतान रे तइको राज्यलाई पुरा रूपले नष्ट अद्द्या हुन।उनले शैतानलाई नरकमि फालि दिन्या हुन। ताँ शैतान सदाको निउति जल्लया हुन, रे उनसित तिनन लगइ, जइले परमेश्वरको आज्ञापालन अददुको सट्टा तइ दुष्टलाई पछ्यानाइ रोज्यो।
आदम र हव्वाले परमेश्वरको आज्ञापालन नअर्या रे यइ संसारमि पापलाई प्रवेश अराया हुनाले, परमेश्वरले यइ संसारलाई श्राप दियो रे यइलाई नाश अद्द्या निर्णय अर्यो।तर कसइ दिन, परमेश्वरले एक नयाँ स्वर्ग रे नयाँ पृथ्वीको सृष्टि अद्द्या हुन, जो चाइ सिद्ध हुन्या छ।
येशू रे उनरा मान्सन नयाँ पृथ्वीमि रन्या हुन, रे उनले सदाकि निउती सब कुरणीमि शासन अद्द्या हुन। उनले मान्सनका आँखा बठेइ सबइ आँउस पुछि दिन्या हुन। ता आजि केइ कष्ट, दुःख, रूवाई, दुष्टता, वेदना,अथवा मृत्यु हुन्या आथिन।येशूले शान्ति रे न्यायसित आफ्नो राज्यमि शासन अद्द्या हुन। उन सदाकि निउती आफ्ना मान्सन सित रन्या हुन।
बाइबल कथा: मत्ती १३:२४-४२; २२:१३; २४:१४; २८:१८; यूहन्ना ४:३५; १५:२०; १६:३३; १ थेसलोनिकी ४:१३-५:११; याकूब १:१२; प्रकाश २:१०; २०:१०; २१-२२
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।