३४. येशूले अरू कथाहरू सिकाउनुभयो

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 1

परमेश्‍वरको राज्यको विषयमा येशूले अरू थुप्रै कथाहरू भन्‍नुभयो । उदाहरणका लागि, उहाँले भन्‍नुभयो, “परमेश्‍वरको राज्य एउटा रायोको बिउजस्तै हो, जुन कसैले आफ्नो खेतमा लगायो । तिमीहरूलाई थाहै छ, कि रायोको बिउ बिउहरूमा सबैभन्दा सानो हुन्छ ।”

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 2

“तर जब रायोको बिउ उम्रिन्छ, तब त्यो बगैँचाका विरुवाहरूमा सबैभन्दा ठूलो हुन्छ, यति ठूलो कि चराहरू पनि आएर त्यसका हाँगाहरूमा आराम गर्छन् ।”

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 3

येशूले अर्को कथा भन्‍नुभयो, “परमेश्‍वरको राज्य खमिरजस्तो हो जुन एउटी स्त्रीले रोटी बनाउने पीठोको डल्लासँग मिसाइन्, र त्यो खमीरले पीठोको सबै डल्लालाई खमिरी बनाइदियो ।”

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 4

“परमेश्‍वरको राज्य एक गाढधनजस्तो पनि हो, जुन कुनै मानिसले जमिनभित्र लुकाएर राखेको थियो । कुनै अर्को एकजना व्यक्तिले त्यस गाढधन भेट्टायो र फेरि त्यसलाई गाड्यो । अनि ऊ खुसीले यति प्रफुल्ल भयो, कि उसले गएर आफूसँग भएका सबैथोक बेच्यो र त्यसबाट आएको पैसाले त्यो खेत किन्यो ।”

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 5

“परमेश्‍वरको राज्य शुद्ध मूल्यवान मोतीजस्तो पनि हो । जब कुनै एक मोती व्यापारीले त्यसलाई भेट्टायो, उसले आफूसँग भएका सबैथोक बेच्यो र त्यसबाट आएको पैसा त्यस मोती किन्‍नमा खर्च गर्‍यो ।”

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 6

अनि येशूले केही मानिसहरूलाई एउटा कथा भन्‍नुभयो, जसले आफ्ना असल कामहरूमा भरोसा गर्दथे र अरू मानिसहरूलाई घृणा गर्दथे । उहाँले भन्‍नुभयो, “दुईजना मानिसहरू मन्दिरमा प्रार्थना गर्न गए । तीमध्ये एउटा कर उठाउने मानिस थियो, र अर्कोचाहिँ एकजना धार्मिक अगुवा थियो ।”

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 7

“त्यस धार्मिक अगुवाले यसो भन्दै प्रार्थना गर्‍यो, ‘धन्यवाद, परमेश्‍वर, म अरू मानिसहरू जस्तो पापी छैन (जस्तैः लुटेराहरू, अन्यायी मानिसहरू, व्यभिचारीहरू, अथवा अझ त्यो कर उठाउने मानिस जस्तो) ।’”

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 8

“म हरेक हप्ता दुईपटक उपवास बस्छु र मैले पाएको सबै पैसा र सबै थोकको दशौँ हिस्सा तपाईंलाई दिन्छु ।”

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 9

“तर त्यस कर उठाउने मानिसचाहिँ धार्मिक अगुवाभन्दा टाढै बस्यो, र स्वर्गतिर आफ्नो आँखा पनि उठाएन । बरू, उसले मुड्कीले आफ्नो छाती पिट्यो अनि प्रार्थना गर्‍यो, ‘परमेश्‍वर, कृपया ममाथि दया देखाउनुहोस् किनकि म एक पापी हुँ ।’”

३४. येशूले अरू कथाहरू सिकाउनुभयो — चित्र 10

त्यसपछि येशूले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, परमेश्‍वरले त्यस कर उठाउने व्यक्तिको प्रार्थना सुन्‍नुभयो र उसलाई धर्मी ठहराउनुभयो । तर उहाँलाई त्यस धार्मिक अगुवाको प्रार्थना मनपरेन । हरेक जसले आफूलाई उच्च ठान्दछ, परमेश्‍वरले त्यसलाई होच्याउनुहुनेछ, तर जसले आफूलाई होच्याउछ त्यसलाई उच्च पारिनेछ ।”

_बाइबलको कथा: मत्ती १३:३१-३३, ४४-४६; मर्कूस ४:३०-३२; लूका १३:१८-२१; १८:९-१४ बाट_

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।