३५. दयालु बुबाको कथा

३५. दयालु बुबाको कथा — चित्र 1

एकदिन, येशूले थुप्रै कर उठाउनेहरू र अरू पापी मानिसहरूलाई शिक्षा दिइराख्‍नुभएको थियो । तिनीहरू उहाँको कुरा सुन्‍न भेला भएका थिए ।

३५. दयालु बुबाको कथा — चित्र 2

त्यहाँ उपस्थित केही धार्मिक अगुवाहरूले येशूले पापीहरूलाई पनि मित्रसरह व्यवहार गरिरहनुभएको देखे, अनि तिनीहरूले एक-अर्कासँग उहाँको आलोचना गर्न थाले । त्यसैले येशूले तिनीहरूलाई यो कथा भन्‍नुभयो ।

३५. दयालु बुबाको कथा — चित्र 3

“एकजना मानिस थिए, जसका दुई छोराहरू थिए । कान्छो छोराले आफ्नो बुबालाई भन्यो, ‘बुबा, मलाई अहिल्यै मेरो पैतृक सम्पतिको हिस्सा चाहियो!' त्यसैले बुबाले आफ्‍नो सम्पति दुई छोरा बिच भाग लगाइदियो।"

३५. दयालु बुबाको कथा — चित्र 4

“चाँडैँ नै कान्छो छोराले आफूसँग भएको सबै थोक जम्मा पार्‍यो र त्यहाँबाट टाढा गयो अनि आफ्नो सबै रुपैयाँ-पैसा जीवनको मोजमस्तीमा खेर फाल्यो ।”

३५. दयालु बुबाको कथा — चित्र 5

“केही समयपछि, कान्छो छोरा भएको त्यस देशमा अनिकाल आइपर्‍यो, र खानेकुरा किन्‍नको लागि ऊसँग पैसा थिएन । त्यसैले उसले आफूले भेट्टाउन सक्ने एउटैमात्र काम गर्न लाग्यो, सुंगुरलाई चारा खुवाउने । उसको अवस्था यस्तो दयनीय र भोको थियो कि उसले सुंगुरको खानेकुराहरू खान्थ्यो ।”

३५. दयालु बुबाको कथा — चित्र 6

“अन्त्यमा, त्यस कान्छो छोराले आफैँलाई भन्यो, ‘म यो के गरिरहेछु ? मेरा बुबाका सबै नोकरहरूसँग खानको निम्ति प्रशस्त छन्, यद्यपि मचाहिँ यहाँ भोकले मर्नै आँटेको छु । म मेरा बुबाकहाँ फर्किजानेछु र उहाँको एक नोकर बन्‍न पाऊँ भनी अनुरोध गर्नेछु ।’”

३५. दयालु बुबाको कथा — चित्र 7

“तसर्थ, त्यस कान्छो छोरा आफ्नो बुबाको घरतर्फ जान लाग्यो । जसै त्यस कान्छो छोरा आफ्नो बुबाको घरतर्फ आउँदै थियो, उसका बुबाले उसलाई टाढैबाट देखे र उसको निम्ति दया देखाए । उनी आफ्नो छोरा भएतिर दौड्दैँ गए अनि उनलाई अंकमाल र चुम्बन गरे ।”

३५. दयालु बुबाको कथा — चित्र 8

“त्यस छोराले भन्यो, ‘बुबा, मैले परमेश्‍वरको र तपाईंको विरुद्धमा पाप गरेको छु । म तपाईंको छोरा हुन योग्‍यको छैन ।’”

३५. दयालु बुबाको कथा — चित्र 9

“तर उनका बुबाले आफ्ना नोकरहरूमध्ये एकजनालाई भने, ‘झट्टै जाऊ र सबैभन्दा असल कपडा लिएर आऊ अनि मेरो छोरालाई पहिराइदेऊ! उसको औलामा औठि र खुट्टामा जुत्ता लगाइदेओ। अनि मोटो पशु मार र उत्‍सव मनाऊ किनकि यो मेरो छोरो मरेको थियो तर अहिले जिवित भएको छ, हराएको थियो र पाईएको छ!"

३५. दयालु बुबाको कथा — चित्र 10

“त्यसैले मानिसहरूले उत्सव मनाउन शुरू गरे । केही समयपछि, जेठो छोरा खेतमा काम गरेर घर फर्किआयो । उसले नाच-गान भइरहेको सुन्यो अनि के भइरहेछ भनी अचम्म मान्यो ।”

३५. दयालु बुबाको कथा — चित्र 11

“जब त्यस जेठो छोराले उसको भाइ फर्केर आएको कारणले उनीहरू उत्सव मनाइरहेछन् भन्‍ने थाह पायो, ऊ अति रिसायो र घरभित्र जान चाहेन । उसका बुबा बाहिर आए र उसलाई भित्र आएर सबैसँग उत्सव मनाउनको निम्ति आग्रह गर्‍यो, तर उसले त्यसो गर्न इन्कार गर्‍यो ।”

३५. दयालु बुबाको कथा — चित्र 12

“जेठो छोराले आफ्नो बुबालाई भन्यो, ‘सबै वर्षहरु मैले विश्‍वासयोग्य भएर तपाईंको निम्ति काम गरेको छु! मैले कहिले पनि हजुरको आज्ञा उल्‍लङ्‍घन गरिनँ, र पनि मैले मेरा साथिहरुसँग आनन्‍द मनाउन, तपाईले मेरो निम्‍ति एउटा सानो पाठो पनि दिनुभएन।"

३५. दयालु बुबाको कथा — चित्र 13

“बुबाले जवाफ दिए, ‘मेरो छोरा, तिमी त सधैँभरि मसँगै छौ, अनि मसँग भएका सबैथोक तिम्रै हो । तर हामीलाई उत्सव मनाउनु सही छ, किनकि तिम्रो भाइ मरेको थियो, तर अब जीवित भएको छ । ऊ हराएको थियो, तर अब भेट्टाइएको छ

_बाइबलको कथा: लूका १५:११-३२ बाट_

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।