25. शैतानले येशूलाई परीक्षामा पारेको

25. शैतानले येशूलाई परीक्षामा पारेको — चित्र 1

येशूको बप्तिस्मा भए पछि तुरुन्तै पवित्र आत्माले उहाँलाई उजाडस्थानमा लैजानुभयो। येशू त्यहाँ 40 दिन र 40 रात सम्म उपवास बस्नुभयो। त्यस पछि शैतान येशूकहाँ आयो र उहाँलाई पाप गर्नको लागि परीक्षा दियो।

25. शैतानले येशूलाई परीक्षामा पारेको — चित्र 2

पहिलो, शैतानले येशूलाई भन्यो, "यदि तिमि परमेश्वरको पुत्र हौ भने, यी चट्टानहरूलाई रोटीमा परिणत गर ताकि तिमिले त्यो खान सक्!"

25. शैतानले येशूलाई परीक्षामा पारेको — चित्र 3

तर येशूले शैतानलाई भन्नुभयो, “परमेश्‍वरको वचनमा लेखिएको छ, 'मानिसहरूलाई बाँच्नको लागि रोटी मात्र चाहिँदैन, तर तिनीहरूलाई परमेश्‍वरले भन्नुभएको सबै कुरा चाहिन्छ!'”

25. शैतानले येशूलाई परीक्षामा पारेको — चित्र 4

त्यसपछि शैतानले येशूलाई मन्दिरको सर्वोच्च स्थानमा लगे। त्यसले येशुलाई भन्यो, "यदि तिमि परमेश्वरको पुत्र हौ भने, भुइँमा हाम फाल्, किनकि यस्तो लेखिएको छ, 'परमेश्वरले उहाँका स्वर्गदूतहरूलाई तिमिलाई आफ्नो हातमा उठाउन आज्ञा दिनुहुनेछ ताकि तिम्रो खुट्टा ढुङ्गामा न ठोकियोस।'

25. शैतानले येशूलाई परीक्षामा पारेको — चित्र 5

तर शैतानले उहाँलाई जे गर्न भन्यो त्यो येशूले गर्नुभएन। बरु, उहाँले भन्नुभयो, "परमेश्वरले सबैलाई भन्नुहुन्छ, ' परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्।' “

25. शैतानले येशूलाई परीक्षामा पारेको — चित्र 6

त्यसपछि शैतानले येशूलाई संसारका सबै राज्यहरू देखायो। तिनीहरू कति शक्तिशाली थिए र तिनीहरू कति धनी थिए भनेर त्यसले येशुलाई देखायो। उसले येशूलाई भन्यो, "यदि तिमीले मलाई दण्डवत् गर्यौ भने म तिमीलाई यी सबै दिनेछु।"

25. शैतानले येशूलाई परीक्षामा पारेको — चित्र 7

येशूले जवाफ दिनुभयो, “मबाट टाढा जा, शैतान! परमेश्वरको वचनमा उहाँले आफ्ना मानिसहरूलाई आज्ञा गर्नुहुन्छ, 'परमप्रभु आफ्ना परमेश्वरलाई मात्र आराधना गर। उहाँलाई मात्र परमेश्वरको रूपमा आदर गर्।'

25. शैतानले येशूलाई परीक्षामा पारेको — चित्र 8

येशूले शैतानको परीक्षामा आफुलाई सुम्पिनु भएन, त्यसैले शैतानले उहाँलाई छोडेर गयो। त्यसपछि स्वर्गदूतहरू आए र येशूको सेवा गरे।

बाइबलको कथा: मत्ती ४:१-११; मर्कूस १:१२-१३; लूका ४:१-१३ बाट

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।