24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको

24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको — चित्र 1

जकरिया र एलिजाबेथका छोरा यूहन्ना हुर्किएर एक अगमवक्ता भए। ऊनि उजाडस्थानमा बस्थे, जंगली मह र सलह खान्थे, र ऊँटको रौंबाट बनेको लुगा लगाउँथे।

24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको — चित्र 2

धेरै मानिसहरू यूहन्नाको कुरा सुन्न उजाडस्थानमा आए। उहाँले तिनीहरूलाई यसो भन्दै प्रचार गरे, "पश्चात्ताप गर, किनकि परमेश्वरको राज्य नजिक छ!"

24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको — चित्र 3

जब मानिसहरूले यूहन्नाको सन्देश सुने, तिनीहरूमध्ये धेरैले आफ्ना पापहरूबाट पश्चात्ताप गरे, र यूहन्नाले तिनीहरूलाई बप्तिस्मा दिए। धेरै धार्मिक अगुवाहरू पनि यूहन्नालाई भेट्न आए, तर तिनीहरूले पश्चात्ताप गरेनन् वा आफ्ना पापहरू स्वीकार गरेनन्।

24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको — चित्र 4

यूहन्नाले धार्मिक अगुवाहरूलाई भने, “ए विषालु सर्पहरू! पश्चात्ताप गर र आफ्नो व्यवहार परिवर्तन गर। असल फल नफलाउने हरेक रूखलाई परमेश्‍वरले काट्नुहुनेछ, र तिनीहरूलाई आगोमा फालिदिनुहुनेछ।” यूहन्नाले अगमवक्ताहरूले भनेका कुराहरू पूरा गरे, "हेर, म चाँडै मेरो दूतलाई तिम्रो अगाडि पठाउनेछु, जसले तिम्रो बाटो तयार गर्नेछ।"

24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको — चित्र 5

केही धार्मिक अगुवाहरूले यूहन्नालाई उहाँ ख्रिस्ट हुनुहुन्छ कि भनेर सोधे। यूहन्नाले जवाफ दिए, "म ख्रिस्ट होइन, तर उहाँ मेरो पछि आउँदै हुनुहुन्छ। उहाँ यति महान् हुनुहुन्छ कि म उहाँको जुत्ता फुकाल्ने योग्यको पनि छैन।”

24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको — चित्र 6

भोलिपल्ट, येशू यूहन्नाबाट बप्तिस्मा लिनको लागि आउनुभयो। जब यूहन्नाले उहालाई देखे, उनले भने, "हेर! त्यहाँ परमेश्वरको थुमा हुनुहुन्छ जसले संसारको पाप हटाउनुहुनेछ।"

24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको — चित्र 7

यूहन्नाले येशूलाई भने, “म तपाईंलाई बप्तिस्मा दिन योग्य छैन। बरु तपाईले मलाई बप्तिस्मा दिनुपर्छ।” तर येशूले भन्नुभयो, "तिमीले मलाई बप्तिस्मा दिनुपर्छ, किनभने यो गर्नु सही हो।" त्यसैले येशूले कहिल्यै पाप नगरे पनि यूहन्नाले उहाँलाई बप्तिस्मा दिए।

24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको — चित्र 8

जब येशू बप्तिस्मा लिएर पानीबाट बाहिर आउनुभयो, परमेश्वरको आत्मा ढुकुरको रूपमा देखा पर्नुभयो र उहाँमाथि आएर बस्यो। त्यही समयमा, परमेश्वरले स्वर्गबाट बोल्नुभयो। उहाँले भन्नुभयो, “यिनी मेरा प्रिय पुत्र हुन। म उहाँलाई माया गर्छु, र म यिनीसंग धेरै खुसी छु।"

24. यूहन्नाले येशूलाई बप्तिस्मा दिनुभएको — चित्र 9

परमेश्वरले यूहन्नालाई भन्नुभएको थियो, "पवित्र आत्मा तल आउनुहुनेछ र तिमिले बप्तिस्मा दिने व्यक्तिमा बस्नेछ। त्यो व्यक्ति परमेश्वरको पुत्र हो।" एक मात्र परमेश्वर हुनुहुन्छ। तर जब यूहन्नाले येशूलाई बप्तिस्मा दिए, उनले परमेश्वर पिताको कुरा सुने, परमेश्वरको पुत्र देखे, जो येशू हुनुहुन्छ, र उनले पवित्र आत्मा देखे।

बाइबलको कथा: मत्ती ३; मार्क १; लुका ३; यूहन्ना १:१५-३७ बाट

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।