12. प्रस्थान
इस्राएली मिश्रदेश छाडीबर जान पाउँन्ज्या भौत खुशी थ्या। तिनन आब दास रएइन, रे तिनन प्रतिज्ञा अरियाको देशमि जान्ना थ्या! इस्राएलीले माग्या सब कुरणी मिश्रीले दियो, या सम्म कि सुन, चाँदी रे और मुल्यवान चिज लगइ दियो। और राष्ट्रका केइ मान्सनले परमेश्वरमि विश्वास अर्यो रे इस्राएली संग मिश्र देश छाडीबर गया।
दिनमि बादलको उच्चो खाँबो, रे रातमि आगोको खाँबोले तिननलाइ डोर्यायो। परमेश्वर बादल रे आगोको खाँबोमि भइबर सदाइ तिननसित थ्या रे यात्राका बेला तिननलाइ अगुवाइ अर्यो। इस्राएलीले परमेश्वरलाइ मान्तर पछ्याउनु पड्डया थ्यो।
केइ बेर पछा, फारो रे उनरा मान्सनले आफ्ना विचार परिवर्तन अर्यो। तिननले इस्राएलीलाई आजि आफ्ना दास बनाउन चायो। तबइकिलाइ तिनन इस्राएलीका पछाडी लाग्या। परमेश्वरइले तिनरा विचारलाइ परिवर्तन अर्यो। उनले इसो अर्यो क्याकी उनले चायो सब मान्सनले यो जाणून कि उन, याहोवे फारो रे उनरा देवता भणना भौत शक्तिशाली छन।
जब इस्राएलीले मिश्री फौज आउनार्या धेक्यो, तब तिननले आफैलाई फारोका सेना रे लाल समुद्रका बीचमि फस्या चाल पायो। तिनन भौत डराया रे इसो भणनाइ कला हाल्यो, “हामले क्याइ मिश्रदेश छाड्या? आब हाम मद्दाउ!”
मोशाले इस्राएलीलाई भण्यो, “जनडरा! परमेश्वर आज तमरा निउती लड्डया रे बचाउन्या हुन।“ तब परमेश्वरले मोशालाइ भण्यो, “मान्सनलाइ लाल समुद्र तिर जानाइ निउती भण।“
पइ दिनमि बादलको खाँबो रे रात आगोको खाँबो इस्राएली रे मिश्रीका बिचमि भइबर गयो। मिश्री रातभरि इस्राएलीका नजिक आउन सकेइन।
परमेश्वरले मोशालाई उइको हात समुद्र तिर उठा भण्यो। तब परमेश्वरले दाइन रे वाउतिर शक्तिशाली हावा चलाइबर समुद्रको बिच बठेइ एक बाटो बनायो।
इस्राएली सुख्खा भूमिमि पानीको पर्खालका विच बठेइ हिटिबर गया।
पइ मिश्रीले इस्राएलीलाई जन्नार्या धेक्यो।
तबइकीलाइ तिनन समुद्रको बाटो भइबर इस्राएलीलाइ खेद्यो रे तिनरा पछा लाग्या, तर परमेश्वरले मिश्रीलाई अलमलमि पारिदियो रे उनरा रथका घुरुडा फुस्काइदियो, र उननलाइ त्यो चलाउनाइ असजि भयो। तिननले कला हालिबर भण्यो, “भाग! परमेश्वर इस्राएलीकि निउती लड्डा छन।
सबइ इस्राएली समुद्रको पल्ला किनार पुग्या पछा, परमेश्वरले आजि मोशालाई आफ्नो हात पानि तिर तनकाउनाइ भण्यो। जब उनले तसो अर्यो, आजि समुद्र जसाको तसोइ भयो। रे सारा मिश्री फौज डुब्या।
जब इस्राएलीले सबै मिश्रीको मृत्यु भया धेक्यो, तिननले परमेश्वरमि आराम अर्यो। रे मोशा एक अगमवक्ता रइछन भणीबर लगइ विश्वास अर्यो।
इस्राएलीले भौत आनन्द लगइ मनायो क्याकी परमेश्वरले तिननलाई मृत्यु रे दासत्व बठेइ बचाया थ्यो। अब तिनन परमेश्वरको आराधना अद्दाइ रे उनरो आज्ञा पालन अद्दाइ स्वतन्त्र थ्या। इस्राएलीले आफ्नो स्वन्त्रता मनाउनाइ रे परमेश्वरको प्रशंसा अद्दाइ भौत गीत गायो, क्याकी उनले तिननलाइ मिश्री सैनिक बठेइ बचायो थ्यो।
इस्राएलीलाई परमेश्वरले मिश्रीको विरुद्ध विजय दियो रे तिननलाई दासत्व बठेइ बचाया सम्झनाकि निउति हरेक बर्ष निस्तार चाड मनाउनाइ आज्ञा दियो। तिननले त्यो पर्व एक मोटो थुमा मारिबर पोलेर तइलाई खमिर नहाल्या रोटासित खाइबर मनाउनु पड्डया थ्यो।
बाइबल कथाः प्रस्थान १२:३३-१५:२१
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।