13. इस्राएलसित परमेश्वरको करार
परमेश्वरले इस्राएलीलाई लाल समुद्रमि अगुवाइ अर्या पछा, उनले तिननलाई उजाड ठाउँ बठेइ भइबर सिनै पर्वतमि डोर्यायो। यो तेइ पर्वत थ्यो जाँ मोशाले बल्लार्या झाडी धेक्या थ्यो। मानसनले आफ्ना पाल पर्वतको फेदमि टाँङयो।
परमेश्वरले मोशा रे इस्राएलका सब मानसनलाई भण्यो, “तमनले सदाइ मेरो आज्ञा पालन अद्दु रे मैले तमनसित अर्या करार पालन अर। यदि तमनले इसो अर्या भणया, तमनले मेरा सम्पति ईनामको रुपमि पाउन्या हौ, पूजारिनको राज्य रे एक पवित्र जाति हुन्या हौ।”
तीन दिन सम्म मानसनले आफलाई परमेश्वरको नजिक आउनाइ निउती तयार अर्यो। तब परमेश्वर सिनै पर्वतका टाकुरामि आया। जब उन आया, ताँ गर्जन, चट्याङ, धुँवा रे चर्को तुरहीको आवाज आउन्नाथ्यो। पइ मोशा मान्तर पर्वतमि उकल्या।
पइ परमेश्वरले मान्सनसित एक करार बाँध्यो। उनले भण्यो, “म याहोवे हुँ, तमरा परमेश्वर। मइ हु जइले तमनलाई मिश्रदेशको दासत्व बठेइ बचायो। तमनले और कसइ देवता जनपूज्या।”
“मूर्ति जनबनाया रे तिननलाई जनपूज्या, क्याकी म, याहोवे, मान्तर तमरा परमेश्वर हुँ। मेरो नाउँ अपमानजनक रूपमि प्रयोग जन अरेइ। विश्रामका दिन पवित्र राख्द जन भूल्या। त्यो चाहिँ, तमरा सब काम ६ दिनसम्म अर, तर सातौँ दिनचाहिँ तमरा निउती आराम अद्द्या रे मलाई सम्झन्या दिन हो।”
“आफ्ना आमा-बुबाको आदर अददु। हत्या नअददु। व्यभिचार नअददु। चोरी नअददु। झुटि नबोल्लु। आफ्नो पडउसीको स्वानी, उइका घर, अथवा उसका केइ कुरणीको इच्छा नअददु।”
मान्सन सब परमेश्वरले तिननलाइ दियाको नियम पालन अद्दाइ सहमत भया। तिनन एक मान्तर परमेश्वरको हुन रे उनरो मान्तर आराधना अद्दाइ सहमत भया
परमेश्वरले इस्राएलीलाई एक ठूलो भेट हुने पाल बनाउनाइ लगइ भण्यो। उनले तिननलाई यो पाल कसेरी बनाउन्या रे यइमि कि कसा चीज राख्दया भणीबर भण्यो। उनले पाललाई दुई कोठामि विभाजन अद्दाइ ठूलो पर्दा बनाउनाइ भण्यो। परमेश्वर पर्दा पछाडिको कोठामि आउन्थ्या रे ताँ बसन्थ्यो। केवल प्रधान पुजारीलाई तइ कोठामि जान्या अनुमति दिइया थ्यो जा परमेश्वर थ्या।
मान्सनले भेट हुन्या पालका अगाडि एक वेदी लगइ बनाउनु पणन्छ। परमेश्वरको व्यवस्था नमाणन्या जो कसइले लगइ तइ वेदीमि पशु ल्याउनु पणन्छ। तब पूजारीले तइ पशुलाइ मार्न्थ्या रे परमेश्वरलाइ बलिका रुपमि वेदीमि राखीबर जलाइदिन्थ्या। परमेश्वरले भण्यो कि पशुका रगतले तइ व्यक्तिको पाप ढाकिन्छ। इसेरी, परमेश्वरले तइ पाप आब बठेइ धेक्द्या थेइन। परमेश्वरका नजरमि त्यो मान्स शुद्ध हुन्थ्यो। परमेश्वरले मोशाका भाइ हारून रे उनका सन्तानलाई आफ्नो पूजाहारी हुनाइ नियुक्त अर्यो।
परमेश्वरले यी दस आज्ञा दुईव ढुङ्गाका पाटीमि लेखीबर मोशालाई दियो। परमेश्वरले मान्सनलाई पालन अद्दाइ निउती और भौत व्यवस्था रे नियम लगइ दियो। तिननले यी नियम पालन अरेले परमेश्वरले मान्सनलाई आशिष् दिन्या रे तिनरो सुरक्षा अद्द्या प्रतिज्ञा अर्यो। तर उनले आज्ञा नमाणया खण्डमि दण्ड दिन्या भण्यो।
भौत दिनसम्म, मोशा सिनै पर्वतका टाकुरामि बस्या। उनले परमेश्वरसित बात-चित अद्दा थ्या। तर मानसन उन फर्क्न्या प्रतीक्षा अद्दा अद्दा थग्या। तबइकिलाइ तिननले हारूनका वा सुन लेया रे तिनरि निउती एक मूर्ति बनाउन बिन्ती अर्यो ताकि तिननले परमेश्वरका सट्टा मूर्ति पूजा अद्द सकुन। इसेरी तिननले परमेश्वरको विरुद्धमि भयानक पाप अर्यो।
हारूनले बाछाको आकारमि सुनको एक मूर्ति बनायो। मान्सनले मूर्तिको पूजा अद्दाइ रे बलि चढाउन पस्या! तिनरो पापका लाग्दा परमेश्वर तिननसित भौत क्रोधित भया। परमेश्वरले मोशालाई भण्यो कि उन तिननलाई नष्ट अद्द चाहानाहान। तर मोशाले तिननलाइ जन मारउ भणी परमेश्वरलाई बिन्ति अर्यो। परमेश्वरले उनरो प्रार्थना सुणयो र तिननलाई नष्ट अर्यो।
जब मोशा सीनै पर्वत बठेइ ओल्या, उनले ती दुई ढुङ्गाका पाटी बोक्या थ्यो जइमि परमेश्वरले दस आज्ञा लेख्या थ्य्यो। जब मोशाले मूर्ति धेक्यो, उन इति रिसाकि उनले पाटी चकनाचूर अर्यो।
पइ मोशाले मूर्ति जलायो र तइलाइ चुटिबर धुलो बनायो। उनले तइ धुलोलाई खोलामि हाल्यो रे मानसनलाई त्यो पानी पिउन लायो। परमेश्वरले मानसनमि विपत्ति लेइदियो रे उननमि हइ भौत जना मर्या।
मोशाले दस आज्ञाकि निउती नयाँ ढुङ्गाका पाटी बनायो। तइ पछा मोशा आजि पर्वतमि चढया रे परमेश्वरले मान्सनलाई क्षमा अरिदिनु भणी प्रार्थना अर्यो। परमेश्वरले मोशाको बिन्ती सुणयो रे उनलाई क्षमा दियो। मोशा नयाँ पाटी दस आज्ञा लेइबर पर्वत बठेइ ओल्या। पइ परमेश्वरले इस्राएलीलाई सिनै पर्वत बठेइ प्रतिज्ञा अरिया देशतिर डोर्यायो।
बाइबल कथाः प्रस्थान १९-३४
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।