14. उजाडस्थानमि भौँतारिया

14. उजाडस्थानमि भौँतारिया — चित्र 1

परमेश्‍वरले इस्राएलीलाइ सब नियमको बारेमि बतायो जो तिननसित उनरो करारको कारणले तिनीले पालन अद्दु पणन्छ। तइ पछा उनले तिननलाई सीनै पर्वत बठेइ डोर्‍यायो। उन तिननलाई प्रतिज्ञा अरिया देशमि लैजानाइ चाहान्थ्या। यइ देशलाई कनान लगइ भणीन्थ्यो। परमेश्‍वर बादलको खामोमि तिनरा अगाडि गया, रे तिनन उनरा पछा लाग्या।

14. उजाडस्थानमि भौँतारिया — चित्र 2

परमेश्‍वरले अब्राहाम, इसहाक रे याकूबसित तइ देश तिनरा सन्तानलाई दिन्या हु भणीबर प्रतिज्ञा अर्या थ्यो, तर तइ समयमि ता भौत समुदायका मानसन बसीरइथ्या।तिननलाई कनानी भणीन्थ्यो।कनानीले परमेश्‍वरलाई आराधना अद्दाइन थ्या न त उनरो आज्ञा माणन्थ्या।तिननले झूटा देवतालाई पूज्नथ्या रे भौत दुष्ट काम अद्दया अर्नथ्या।

14. उजाडस्थानमि भौँतारिया — चित्र 3

परमेश्‍वरले इस्राएलीलाई भणयो, “तमन प्रतिज्ञा अरिया देशमि गया पछा, तमनले ता का सब कनानीलाई हटाउनु पणन्छ। तिननसित कसइ प्रकारको सम्झौता अथवा ब्या जनअर्या। तिनरा मूर्तिलाई पूरा रूपले ध्वस्त पारिदियो।यदि तमनले मेरो आज्ञा पालना अर्यानु भणया तमनले मेरा सट्टामि तिनरा मूर्ति पूज्‍ज्या हौ।”

14. उजाडस्थानमि भौँतारिया — चित्र 4

जब इस्राएली कनानको सीमानामि पुग्या, मोशाले इस्राएलका प्रत्येक कूल बठेइ एक-एक जना अरिबर बाह्रजना मानसन छान्यो।उनले तिन मानसनलाई तइ देशको खबर बुझ्‍जाइ जासूसका रूपमि पठायो।कनानी बलिया छन अथवा कमजोर छन भणन्या विषयमि पत्ता लाउनाइ निउती लगइ तिननलाई पठाइया थ्यो।

14. उजाडस्थानमि भौँतारिया — चित्र 5

ती बाह्रजना मानसन चालीस दिन सम्म कनानमि घुमिरया रे तइ पछा तिनन फर्किबर आया।तिननले मानसनलाई भणयो, “ताको जमिन त भौत मलिलो रे अन्न-बाली प्रशस्त छ!” तर दस जना जासुसले भणयो, “शहर ठूला-ठूला छन रे मान्सन भौत बलिया छन्! यदि हामीले तिननलाइ आक्रमण अर्यो भणया तिननले हामलाई हराउन्या हुन रे हामलाई माद्दया हुन!”

14. उजाडस्थानमि भौँतारिया — चित्र 6

तब तुरुन्तै अर्का दुई जासूस, कालेब रे यहोशूले भणया इसो भणयो, “यो सहि हो कि कनानका मानसन ठुला रे बलिया छन, तर पक्का लगइ हामले तिननलाई हाराउन सक्दाउ! परमेश्वर हामरा निउती लड्डया हुन!”

14. उजाडस्थानमि भौँतारिया — चित्र 7

तर मानसनले कालेब रे यहोशूकि कुरणी सुणेइन।तिनन मोशा रे हारूनसित रिसाया रे भणयो, “तमनले क्याइ हामलाई इसो भयानक ठाउँमि लेया? हाम मिश्र देशइमि बस्या भया हुनेइथ्यो। यदि हाम तइ देशमि गया भणया, हाम लडाईंमि मद्दया हौ, रे कनानीले हामरि स्वानी रे बालबच्चालाई दास बनाउन्या हुन।” मिश्रदेशमि फर्काइबर लैजानाइ निउती इस्राएलीले एक जना नयाँ अगुवा नियुक्त अद्द चायो।

14. उजाडस्थानमि भौँतारिया — चित्र 8

जब मान्सनले इसो भणयो, परमेश्‍वर भौत रिसाया। उन भेटहुन्या पालमि आया रे भणयो, “मेरा विरुद्धमि विद्रोह अर्या हुनाले तमन सबइ जना यइ उजाड ठाउमि भौँतारिबर हिँटटया हौ। २०बर्ष भणना मलतिरका सबइ यइ मद्द्या हुन् रे प्रतिज्ञाको देश भितर छिद्द पाउन्या छैन। यहोशू रे कालेब मान्तर छिद्द पाउन्या हुन।”

14. उजाडस्थानमि भौँतारिया — चित्र 9

जब मानसनले परमेश्वरले इसो भणया सुणयो, आफले पाप अर्यामि तिनन दुःखीभया। तबइकीलाई तिननले कनानका मानसनलाई आक्रमण अद्दया निर्णय अर्यो। मोशाले तिननलाई ता नजान्या चेतावनी दियो क्याकी परमेश्‍वर तिनसित जान्या थेइन, तर तिननले उनरा कुरणी सुणेइन।

14. उजाडस्थानमि भौँतारिया — चित्र 10

तइ लडाईंमि परमेश्‍वर इस्राएलीसित गयइन, तबइकिलाइ कनानीहरुले तिननलाइ हराया रे तिनन मध्ये भौत जनालाइ मार्यो।तइपछा इस्राएली कनान बठेइ फर्किया। रे चालिस वर्ष सम्म उजाड ठाउँमि भौँतारिरया।

14. उजाडस्थानमि भौँतारिया — चित्र 11

चालिस वर्ष सम्म उजाडठाउँमि भैँतारिन्ज्या परमेश्‍वरइले इस्राएलीलाई जुटाइ दियो।उनले तिननलाई स्वर्ग बठेइ रोटी दियो, तइ रोटीलाई “मन्‍न” भणीन्थ्यो।उनले तिनन बस्या पालमि खानाकि निउति मासु लगइ होउ भणन्या हिसाबले बट्टाईका झुण्ड लगइ पठाइदियो।तिन सबइ समयमि परमेश्‍वरले तिनरा लत्ता रे जुत्ता चिरिना बठेइ जोगाइ दियो।

14. उजाडस्थानमि भौँतारिया — चित्र 12

तिनीहरूलाई पिउनको लागि पानी उपलब्ध गराउनको लागि, परमेश्‍वरले चमत्कार अरीबर तिननलाई चट्टान बठेइ निकाल्यो।इति हुना हुनाइ लगइ, इस्राएलीले परमेश्‍वर रे मोशाका विरुद्धमि गुनासो रे गनगन अर्या। पइलगइ परमेश्वर आजि लगइ विश्‍वासयोग्य थ्या। उनले अब्राहाम, इसहाक र याकूबका सन्तानकि निउती अर्या वाचा पुरा अर्यो।

14. उजाडस्थानमि भौँतारिया — चित्र 13

अर्खो समय जब मानसन सित खानाइ निउती पानी थेइन, परमेश्‍वरले मोशालाई भणयो, “चट्टानलाई भण रे तइ बठेइ पानी आउन्या हो।” तर मोशाले चट्टानसित बोलेइन। बरु, उनले दुईबेर लठ्ठीले चट्टानमि हाणयो।यसरी उनले परमेश्‍वरको अनादर अर्यो।चट्टान बठेइ सबइकि निउति पिन्या पानी त आयो तर परमेश्‍वर मोशासित रिसाया रे भणयो, “क्याकी तुइले इसो अरी, तु प्रतिज्ञाका देश भितर पस्‍स पाउन्या हइनि।”

14. उजाडस्थानमि भौँतारिया — चित्र 14

उजाडठाउँमि चालिस वर्ष सम्म भौँतारिया पछा, परमेश्‍वरका विरुद्धमि विद्रोह अद्द्या सबइ इस्राएली मरि सक्याथ्या।तइ पछा परमेश्‍वरले आजि मानसनलाई प्रतिज्ञा अरिया देशका किनारमि लइया।मोशा आब भौत बूढा भइसक्या थ्या, तबइकिलाइ परमेश्‍वरले यहोशूलाई तिन मन्सनको नेतृत्व अद्दाइ छान्‍यो।परमेश्‍वरले मोशालाई यो लगइ प्रतिज्ञा अर्यो कि एक दिन उनले मोशा जसोइ अर्को एक जना अगमवक्ता पठाउन्या हुन।

14. उजाडस्थानमि भौँतारिया — चित्र 15

पइ परमेश्‍वरले मोशालाई पहाडका टुप्पामि जानाइ भणयो, ताकि उनले प्रतिज्ञा अरिया देश हेद्द सकून्।मोशाले प्रतिज्ञा अरिया देश धेक्द पायो तरपरमेश्‍वरले मेशालाई प्रवेश अद्द दिएइन।तइ पछा मोशाको मृत्यु भयो, रे तीस दिन सम्म इस्राएलीले उनरि निउती शोक मनायो।यहोशू तिनरा नयाँ अगुवा भया।यहोशू एक असल अगुवा थ्या क्याकी उन परमेश्‍वरमि भर पणन्थ्या रे परमेश्वरको आज्ञा माणन्थ्या।

बाइबल कथा: प्रस्थान १६-१७, गन्ती १० -१४;२०;२७, व्यवस्था ३४

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।