15. प्रतिज्ञाको देश

15. प्रतिज्ञाको देश — चित्र 1

छाड्डीबेर, इस्राएलीको प्रतिज्ञाको देश कनान भितर प्रवेश अद्द्या समय आया थ्यो। ता यरीहो भणन्या सहर थ्यो, जो चारै तिर बठेइ बलिया पर्खालले संरक्षित थ्यो। यहोशूले दुई जना जासूसलाई तइ शहरमि पठायो। तइ शहरमि राहाब नाउँ गरेकी एकजना व्यभिचारी स्वानी बस्नथी, जइले तिन जासूसलाई लुक्दाइ रे पछा तिननलाई भाग्‍दाइ सहायता अरिन। उनले परमेश्‍वरमि विश्‍वास अर्या हुनाले यीन सबइ काम अर्यो। जासूसले यरीहो शहरलाई ध्वस्त पर्न्ज्या राहाब रे उइका परिवारलाई चाइ सुरक्षित राख्‍द्या बाचा अर्यो।

15. प्रतिज्ञाको देश — चित्र 2

इस्राएली प्रतिज्ञाको देश भितर पस्‍स अगाडी यर्दन नदी पार अददु पडडया थ्यो। परमेश्‍वरले यहोशूलाई भणयो, “पइला पूजारीलाई जान दिय।” जब पूजारीले यर्दन नदीमि खुट्टा राख्यो, बग्दार्या पानी बग्‍द रोकियो रे इस्राएली नदीका पल्ला किनार सुख्खा जमिनतिर जान सक्या।

15. प्रतिज्ञाको देश — चित्र 3

यर्दन नदी पार अरीसक्या पछा, यरीहो शहर शक्तिशाली भया लगइ परमेश्‍वरले यहोशूलाई आक्रमण अद्द तैयार हौ भणीदियो। परमेश्‍वरले मानसनलाई भणयो कि सिपाही रे पूजारीले छ दिनसम्म लगातार यरीहोको शहरलाई घेरा हालीबर तइका वरिपरि घुम्दु पणन्छ। तबइकिलाइ सिपाही रे पूजारीले तसोइ अर्यो।

15. प्रतिज्ञाको देश — चित्र 4

परमेश्वरले यो लगइ भणयो कि सातौँ दिनमि इस्राएलीले सात बेर शहरका वरिपरि घुम्दु। तब पूजारीले आफ्ना तुरही फुक्नु रे सबइ मान्सन ठुला स्वरले कला हालुन ततबइकिलाइ तिननले तसोइ अर्यो।

15. प्रतिज्ञाको देश — चित्र 5

पइ यरीहोका चारै तिरका पर्खाल ढल्या! इस्राएलीले परमेश्‍वरले भणया जसेरी शहरमि भया सब थोक नास अर्यो। तिननले केवल राहाब रे उइका परिवारलाई मानतर छाडिदियो, उनन पछा जाइबर इस्राएलीका हिस्सा बन्या। जब कनानमि बस्या और मानसनले इस्राएली बठेइ यरीहो शहर ध्वस्त भया था पायो, इस्राएलीले आब तिनरो शहरलाई लगइ आक्रमण अद्द्या हुन भणीबर तिनन डराया।

15. प्रतिज्ञाको देश — चित्र 6

परमेश्‍वरले इस्राएलीलाई कनान देशमा बसोबास अद्दार्या कसइ लगइ समूहका मानसनसित केइ लगइ सन्धि नअद्द्या आज्ञा दिया थ्यो। तर कनान देशका एक गिबोनी नाउँ जातका मानसनले यहोशूसित छल अर्यो रे आफ कनान देश भणना टाढा ठाउँ बठेइ आया हुन् भणीबर ठग्यो। तिननले यहोशूसित सन्धि अद्दाइ प्रस्ताव राख्यो। यहोशू रे इस्राएलीका अगुवानले यसबारेमि तिननले कि अद्दु पणन्छ भणीबर परमेश्‍वरलाई सोधेइन। तर तिननले गिबोनीसित सन्धि अर्यो।

15. प्रतिज्ञाको देश — चित्र 7

तीन दिन पछि इस्राएलीले गिबोनी कनान देशका रइछन भणन्या था पायो। तिनन आफ तिन गिबोनी बठेइ छलिया था पाइबर तिनन भौत क्रोधित भया। तर इस्राएलीले तिननसित राख्या सन्धि कायमै राख्यो, क्याकी त्यो चाइ परमेश्‍वरका अगाडी अरिया प्रतिज्ञा थ्यो। केइ समय पछा, कनान देशमा भया और जाति अम्मोनीका राजाले गिबोनीले इस्राएलीसित सन्धि अर्या सुणयो, तबइकिलाइ तिननले आफ्ना सैनिकलाई एकहटटा अरीबर एक ठुलो फौज बनायो रे गिबोनलाइ आक्रमण अर्यो। गिबोनीले यहोशूलाई सहायताकि निउती सन्देश पठायो।

15. प्रतिज्ञाको देश — चित्र 8

तबइकिलाइ यहोशूले इस्राएलका सैनिकलाई जम्मा अरायो। तिनन गिबोनीका वाँ पुग्‍दाइ निउती पुरा रात हिँट्या। झिसमिसे उजालामि तिननले अचानक अम्मोनी फौजलाइ आक्रमण अर्यो।

15. प्रतिज्ञाको देश — चित्र 9

तइ दिन परमेश्‍वरले इस्राएलीका निउती लडिदियो। उनले अम्मोनीलाई अन्योलमि पारिदियो रे ठूलाठूला अठ्ठा वर्षाइदियो, जइ बठेइ भौत अम्मोनी मर्या।

15. प्रतिज्ञाको देश — चित्र 10

परमेश्‍वरले सूर्यलाई अग्गासमि एकइ ठाउँमि स्थिर अरिबर राखिदियो, ताकि इस्राएलीसित अम्मोनीलाई हाराउनाइ भौत समय रउ। तइ दिन, इस्राएलका निउती परमेश्‍वरले ठुलो जित दियो।

15. प्रतिज्ञाको देश — चित्र 11

परमेश्‍वरले तिन फौजलाई हाराया पछा कनान देशका और भौत समुह इस्राएललाई आक्रमण गर्न एकहटटा भया। यहोशू रे इस्राएलीले तिननमि आक्रमण अर्यो रे तिननलाई ध्वस्त अर्यो।

15. प्रतिज्ञाको देश — चित्र 12

यो लडाइ पछा, परमेश्‍वरले इस्राएलका प्रत्येक कुललाई प्रतिज्ञा अरिया देशमि अलग अलग ठाउँ दियो। तब परमेश्‍वरले सारा इस्राएलका सीमानामि शान्ति दियो।

15. प्रतिज्ञाको देश — चित्र 13

जब यहोशू बुढा भया, उनले इस्राएलका सारा मानसनलाइ एकइठाउँमि जम्मा अरायो। पइ उनले तिन मानसनलाई सिनै पर्वतमि इस्राएलीसित परमेश्‍वरले राख्‍या करार पालना अददु पड्डया याद दिलायो। मानसनले परमेश्‍वरसित विश्‍वासयोग्य हुन्या रे उनरा व्यवस्था पालन अद्द्या प्रतिज्ञा अर्यो।

बाइबल कथा: यहोशू १-२४

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।