20. प्रस्थान रे फिर्ता आउनु
इस्राएलको राज्य रे यहूदाको राज्य दुएइले परमेश्वरको विरुद्धमि पाप अर्यो।परमेश्वरले तिनन सित सिनै पर्वतमि बाँध्या करार तिननले भंग अर्यो।परमेश्वरले तिननलाई पश्चाताप अद्द रे आजि उनरो आराधना गरुन भणी चेतावनी दिनाइ निउती आफ्ना अगमवक्तानलाई पठायो, तर तिननले आज्ञाकारी हुन इन्कार अर्यो।
तबइकिलाइ परमेश्वरले दुएइ राज्यलाई तिनरा शत्रु बठेइ नष्ट हुन दिबर दण्ड दियो। अश्शूर अर अर्खो राज्य थ्यो जो भौत शक्तिशाली भयो। अश्शूरीन लगइ अन्य राज्य प्रति भौत क्रूर थ्या। तिनन आया रे इस्राएलको राज्यलाई नष्ट अर्यो। अश्शूरीले इस्राएल राज्यका भौत मान्सन मार्यो, उनले चायाको सबइ कुरणी खोसीबर लैया, रे राज्यका भौत भाग जलाइ दियो।
अश्शूरीले सबइ अगुवा, धनी मान्स, रे सीप भया मान्सनलाई जम्मा अर्यो रे उनलाई अश्शूर देशमि लैइजाइबर गया भौत गरीब इस्राएली मान्तर इस्राएलको राज्यमि बाँकी रया।
पइ अश्शूरीले इस्राएलको राज्यमि विदेशीलाई लेइबर राख्यो।विदेशीले भत्किएका शहरको पुनर्निर्माण अर्यो। तिननले ताँ छाडिया इस्राएलीसित अन्तर जातीय ब्या अर्यो।यिननका सन्तानलाइ ‘सामरी’ भनिन्थ्यो।
यहूदाका मान्सनले परमेश्वरमि विश्वास नअर्या रे उनरो आज्ञाकारी नभया हुनाले कसेरी उनले इस्राएलको राज्यलाई दण्ड दियो भणी धेक्यो।पइलगइ तिननले आजि कनानी देवता रे मूर्ति पूज्यो।परमेश्वरले तिननलाई चेतावनी दिनाइ अगमवक्ता पठायो, तर तिननले सुणन इन्कार अर्यो।
अश्शुरीले इस्राएल राज्य नष्टअर्याको १००वर्षपछा, परमेश्वरले बेबिलोनका राजा, नबूकदनेसरलाई यहूदाको राज्यमि आक्रमण अद्दाइ पठायो। बेबिलोन एक शक्तिशाली राष्ट्र थ्यो। यहूदाका राजाले नबूकदनेसरको दास हुनाइ रे हरेक वर्ष उनलाई भौत पैसा तिद्द सहमत भया।
तर केइ वर्षपछा, यहूदाका राजाले बेबिलोनको विरुद्धमि विद्रोहअर्यो।तबइकिलाइ, बेबिलोनी आजि आया रे यहूदाको राज्यलाई आक्रमण अर्यो।तिननले यरुशलेमको शहर कब्जा अर्यो, मन्दिर भत्काइ दियो, पइ शहर रे मन्दिरमि भया सबइ सम्पत्ति लइय्या।
विद्रोह अर्या हुनाले यहूदाका राजालाई दण्ड दिनकि निउती नबूकदनेसरका सिपाहीले उनरा चेलालाई उनराइ साम्ने मारिदियो रे उनलाई अन्धा बनाइ दियो।तइपछा, तिननले राजालाई बेबिलोनको झ्यालखानाइमि मरउ भणीबर लइय्या।
नबूकदनेसर रे उनरा फौजले बाली लाउनाइ निउती गरीब भन्दा गरीबलाई बाहेक यहूदाको राज्यका प्रायःसब मान्सनलाई बेबिलोनमि लइय्या।समयको यइ अवधि जाँ परमेश्वरका मान्सन प्रतिज्ञाको मुलुक छाड्ड बाध्य भया, इसैलाई प्रस्थान भणीया हो।
परमेश्वरले मान्सनलाई तिनरा पापका कारण प्रस्थानमि टाढा लइजाइबर दण्ड दिया लगइ उनले तिननलाई अथवा आफ्ना प्रतिज्ञालाई भुल्या थेइन।परमेश्वरले निरन्तर रूपमि आफ्ना मान्सनको रेखदेख अर्यो रे आफ्ना अगमवक्ता बठेइ तिननसित बोल्या। उनले प्रतिज्ञा अर्यो कि सत्तरी वर्ष पछा तिनन आजि प्रतिज्ञाको मुलुकमि फर्कन्या हुन।
करिब सत्तरी वर्ष पछा फारसका राजा, कोरेसले बेबिलोनलाई हरायो। तबइकिलाइ बेबिलोनियन साम्राज्यको सट्टामि, फारसी साम्राज्यले अइल भौत राष्ट्रमि शासन अर्या थ्यो। आब इस्राएलीलाई यहूदी भणीन्थ्यो रे तिनन मध्ये भौत जसोले आफ्नो पुराइ जीवन बेबिलोनमि बिताया थ्यो।केइ बुढा यहूदीलाई मान्तर यहूदाको मुलुक याद थ्यो।
फारसी भौत शक्तिशाली थ्यो, तरतिनन आफले कब्जा अर्या मान्सनसित कृपालु थ्या। केइ समय पछा कोरेस फारसका राजा भया, उनले जो कोइ यहूदी यहूदा फर्किबर जान चाहानाहान भणया फारस साम्राज्य छाडीबर यहूदा फर्कन सक्दया आदेश जारी अरीदियो।उनले तिननलाई मन्दिरको पुनर्निर्माण अद्दाइ रुपिँया-पैसा लगइ दियो! तबइकिलाइ ७० वर्षको प्रस्थान पछा, यहूदीको एक नानो समूह यहूदाको यरूशलेम सहरमि फर्कियो।
जब मान्सनये रुशलेममि पुग्या, तिननले मन्दिर रे शहरको वाल्तिर पल्तिरका पर्खालको पुननिर्माण अर्यो। फारसीले आजि लगइ तिननमि शासन अद्दा थ्या, तर एक बेर आजि यहूदी प्रतिज्ञा अरिया भूमिमि बसिरइ थ्या रे मन्दिरमि आराधना अद्दा थ्या।
बाइबल कथा: २राजा१७; २४-२५; २इतिहास३६; एज्रा१-१०; नेहम्याह १-१३
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।