21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 1

परमेश्‍वरले संसार सृष्टि अर्न्ज्या लगइ उनले ख्रिस्टलाई केइ समय पछा पठाउन्या हुन भणीबर उनलाई था थ्यो। उहाँले आदम रे हव्वालाई यो अद्दया प्रतिज्ञा अर्यो। उनले भणयो कि हव्वाको वंश बठेइ एक जना सन्तान जन्मन्या छ, जइले स्यापको मुन्टो पेच्याउन्या हो। पक्का, हव्वालाई धोका दिनाइ शैतान स्यापका रूपमि धेका पणयो। ख्रीष्टले शैतानलाई पूरा हाराउन्या हुन भणन्या परमेश्वरको अर्थ थ्यो।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 2

परमेश्‍वरले अब्राहामलाई प्रतिज्ञा अर्यो कि उइ बठेइ संसारका सबइ जातिका मान्सनले आशिष पाउन्या हुन। परमेश्‍वरले केइ समय पछा ख्रिस्टलाई पठाया यो प्रतिज्ञा पूरा अद्दया हुन। ख्रिस्टले संसारको हरेक समूह बठेइ मान्सनलाई तिनरो पाप बठेइ बचाउन्या हुन।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 3

परमेश्‍वरले मोशालाई प्रतिज्ञा अर्यो कि भविष्यमि उनले मोशा जसोइ अर्खो एक जना अगमवक्ता पठाउन्या हुन। यो अगमवक्ता ख्रिस्ट हुन्या हुन। इसेरी, परमेश्वरले आजि ख्रिस्टलाई पठाउने प्रतिज्ञा गर्नुभयो।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 4

परमेश्‍वरले दाऊद राजालाई प्रतिज्ञा अर्यो कि उइको आफ्नै वंश बठेइ ख्रिस्ट हुन्या हुन। उन राजा हुन रे परमेश्‍वरका मान्सनमि सदा-सर्वदा राज्य अद्दया।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 5

परमेश्वरले अगमवक्ता यर्मियासित कुरणी अर्यो रे उनलाई भणयो कि एक दिन उनले एक नयाँ करार स्थापित अद्द्या हुन। नयाँ करार परमेश्वरले इस्राएलसित सिनै पर्वतमि अर्या पुरानो करार जसो हुन्या आथिन। यइ नयाँकरारमि मान्सनले परमेश्‍वरलाई व्यक्तिगत रूपले जाणन्या हुन। प्रत्येक व्यक्तिले उनलाई प्रेम अद्दया हो रे उनरा नियम पालन अद्द चाहन्छ। परमेश्वरले भणयो यो तिनरा हृदयमि उनरो व्यवस्था लेख्या जसोइ हुन्या हो। तिनन उनरा मान्सन हुन्या हुन, रे परमेश्‍वरले तिनरा पाप क्षमा अरी दिन्या हुन। तिननसित नयाँ करारको शुरूवात अद्द्या ख्रिस्टइ हुन।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 6

परमेश्‍वरका अगमवक्ताले इसो लगइ भणयो कि ख्रिस्ट एक अगमवक्ता, एक पूजारी रे एक राजा हुन्या हुन।अगमवक्ता त्यो मान्स हो जइले परमेश्‍वरका वचन सुणन्छ रे परमेश्‍वरका वचन मान्सनका बिचमी घोषणा अरिदिन्छ।परमेश्‍वरले पठाउन्या हु भणीबर प्रतिज्ञा अर्या ख्रिस्ट चाइ एक मान्तर सिद्ध अगमवक्ता हुन्या हुन। त्यो भणया ख्रिस्टले परमेश्‍वरका सन्देश सिद्ध रूपमि सुणन्या हुन, उनले तइलाई सिद्द रूपमि बुज्जया हुन, रे मान्सनलाई सिद्द रूपमि सिकाउन्या हुन।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 7

इस्राएली पूजारीले मान्सनका तर्फ बठेइ परमेश्वरलाई बलि चढाइरया। यीन बलि परमेश्वरले मान्सनलाई तिनरा पापको खातिर दण्डको सट्टा क्षमाकि निउती थ्यो। पूजारीले मान्सनका निउती परमेश्‍वरसित प्रार्थना लगइ अरीदिन्थ्या। जब कि ख्रिस्ट एक मान्तर प्रधान प्रधानपूजारी थ्या जइले आफइलाई एक सिद्द बलिका रूपमि परमेश्‍वरका वाँ अर्पण अर्या थ्यो। त्यो भणया उनले कभइ पाप अद्दया होइन, रे जब उनले आफइलाई बलिका रूपमी अर्पण अद्दया हुन, पापकि निउती कोइ और बलि कभइ आवश्यक पड्डया आथिन।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 8

राजान रे प्रमुख मान्सनको समूहमि शासन अरन्छ, रे कभइ काइ तिननले गल्ती अद्दया हुन। राजा दाऊदले इस्राएलीमि मान्तर शासन अर्यो। तर दाऊदका बंश ख्रिस्टले सब संसारमि शासन अद्दया हुन, रे उनले सदा-सर्वदाकि निउती शासन अद्दया हुन। रे, उनले सदाइ न्यायपूर्ण शासन अद्दया हुन रे ठिक निर्णय लिन्या हुन।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 9

परमेश्‍वरका अगमवक्ताले ख्रिस्टका बारेमि और भौत कुरणीको भविष्यवाणी अर्यो। उदाहरणकि निउती, मलाकी अगमवक्ताले ख्रिस्ट आउनाहइ अगाडी एकजना अगमवक्ता आउन्या हुन भणीबर भविष्यवाणी अर्यो। त्यो अगमवक्ता भौत महत्त्वपूर्ण हुन्या हुन। रे यशैया अगमवक्ताले ख्रिस्ट कन्या बठेइ जन्मन्या हुन भणीबर लेख्यो।मीका अगमवक्ताले उन बेथलेहेमका गाउँमि जन्मन्या हुन भणयो।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 10

यशैया अगमवक्ताले भणयो कि ख्रिस्ट गालील क्षेत्रमि बस्‍सया हुन। ख्रिस्टले भौत दुःखी मान्सनलाई सान्त्वना दिन्या हुन। उनले कैदमि भयालाइ लगइ छुट्कारा दिन्या हुन।ख्रिस्टले रोगी-बिरामीलाई रे सुण्न, धेक्द, बोल्ल वा हिँट्ट नसकद्दयालाइ निको पाड्डया हुन।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 11

यशैया अगमवक्ताले यो लगइ भविष्यवाणी अर्यो कि ख्रिस्टलाई घृणा अद्दया हुन रे उनलाई स्वीकार अद्द इन्कार अद्दया हुन। और अगमवक्ताले भणयो कि ख्रिस्टको एक मित्तुर उनरो विरुद्दमि हुन्या हो। जकरिया अगमवक्ताले भणयो कि ख्रिस्टलाई धोकादिया बाफत तइ मित्रले तीस चाँदीका सिक्का पाउन्या हो। रे, केइ अगमवक्ताले भणयो कि मान्सनले ख्रिस्टलाई माद्दया हुन, रे तिननले उनरो लत्ताकि निउती चिट्टा हल्ल्या हुन।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 12

अगमवक्ताले ख्रिस्ट कसेरी मरद्दया हुन भणीबर लगइ भविष्यवाणी अर्यो। यशैयाले भविष्यावाणी अर्यो कि मान्सनले ख्रिस्टलाई थुक्दया हुन, गिज्याउन्या हुन, रे चुटट्या हुन। तिननले उनलाई भालाले घोच्‍चया हुन रे भौत कष्ट रे पिडासित उन मद्दया हुन, जबकि उनले केइ लगइ कसुर अर्या थेइन।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 13

अगमवक्ताले यो लगइ भणयो कि ख्रिस्टले पाप अद्दया होइन। उन सिद्द हुन्या हुन। तर उन मद्दया हुन, क्याकी परमेश्वरले उनलाई और ममान्सनका पापकि निउती दण्ड दिन्या हुन। जब उन मर्या, तब मान्सन परमेश्वरसित शान्तिमि बस्स सक्षम भया। तबइकिलाइ परमेश्वरको योजनामि, ख्रिस्ट मद्दु पणया हो।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 14

अगमवक्ताले यो लगइ भणयो कि परमेश्‍वरइले ख्रिस्टलाई मर्या बठेइ जिउना बनाउन्या हुन। यइले धेकाउँछ कि येशूको मृत्यु रे पुनरुत्थान नयाँ करार बनाउनाइ निउती सबइ परमेश्वरको योजना थ्यो, तबइकिलाइ उनले उनरो विरुद्मि पाप अर्या मान्सनलाई बचाउन सक्दाइन।

21. परमेश्‍वरले ख्रीष्टको प्रतिज्ञा अर्यो — चित्र 15

परमेश्‍वरले ख्रिस्टका सम्बन्धमि अगमवक्तालाई भौत कुरणी प्रकट अर्यो, तर ख्रिस्ट तिनन कसइ अगमवक्ताका समयमि आयइन। यीन अन्तिमका भविष्यवाणी दिइया ४००वर्ष भणना बडता समय पछा, ठीक समयमि, परमेश्‍वरले ख्रिस्टलाई संसारमि पठायो।

बाइबल कथा: उत्पत्ति३;१२; व्यवस्था१८:१५; २शामुएल ७; भजनसंग्रह १६;२२; ३५;६९; ४१; यशैया७:१४; ९:१-७; ६१; ५३; ५०:६; ५९:१६; यर्मिया३१; दानिएल७; मीका५:२; जकरिया११:१२-१३; मलाकी४:५;

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।