23. येशूको जन्म
योसेफ नाउँ भया एक जना धर्मी मन्ससित मरियमको मगनी भया थ्यो।जब मरियम गर्भवती भया उनले था पायो, उनरा गर्भमि भया बालक आफ्नो होइन भणया कुरणी उनलाई था थ्यो।योसेफ मरियमलाई शर्ममि पाड्ड चाहनइन थ्या, तबइकिलाइ उनले तिनमि दया धेकाइबर गोप्य रूपमि मरियमलाई त्याग्दया योजना बनायो।तर उनले तसो अद्दाहइ अगाडी, उनरा सपनामि एक स्वर्गदूत उनरा वाँ आया रे उनसित कुरणी अर्यो।
स्वर्गदूतले भणयो, “योसेफ, मरियमलाई आफ्नी स्वानीका रूपमि स्वीकार अद्दाइ जनडराइ।क्याकी उन भितर भया बालक पवित्र-आत्मा बठेइ आया हो।उनले एक चेलो जन्माउनेइ हुन।उनरो नाउँ येशू राखेइ (जइको अर्थ हो, ‘याहोवेले बचाउनाहान ’), क्याकी उनले मान्सनलाई तिनरा पाप बठेइ बचाउन्या हुन।”
तबइकिलाइ योसेफले मरियमसित ब्या अर्यो रे उनलाई आफ्नी स्वानीका रूपमि आफ्ना घर लैया, तर बालकको जन्म नभया सम्म योसेफले मरियमसित सहवास अरेइन।
मरियमको बच्चा जन्माउन्या समय नजिक आया बेला, योसेफ रे मरियमले बेथलेहेम सम्मको लामो यात्रा अर्या।
रोमी सरकारले इस्राएलका देशमि भया सबइ मान्सनको गणना अद्द चायाहुनाले तिनन ता जानु पणया थ्यो। तिनन सब आफ्ना पुर्खा बस्या ठाउँमि जान चाहन्थ्या। राजा दाउद बेथलेहेममा जनम्या थ्या, रे उन मरियम रे योसेफ दुएइका पुर्खा थ्या।
मरियम रे योसेफ बेथलेहेममि पुग्या, तर गोठ बाहेक ता बस्साइ निउती काइ ठाँउ थेइन।। ताइ मरियमले आफ्नो बच्चालाई जन्म दियो। मरियमले उनलाई डुँडमि राख्यो। उनले बालकको नाउँ ‘येशू’ राख्यो।
तइ रात, नजिकैका खेतमि केइ ग्वाला आफ्ना गोठको रखवाली अद्दाथ्या।अचानक, चम्किरया एक जना स्वर्गदूत तिनरा वाँ धेका पणया, रे यो धेकिबर तिनन डराया।स्वर्गदूतले भणयो, “जनडरा, क्याकी मसित तमरा निउति केइ खुशीको खबर छ। ख्रिस्ट, मालिक, बेथलेहेममि जन्मिया छन!”
“बालकलाई खोज्जजा, रे तमनले उनलाई कपडामि बेडीया रे डुँडमि सीइ राख्या भेट्या हौ।” अचानक, अग्गास स्वर्गदूतले भरियो। तिननले परमेश्वरको प्रशंसा अरीर्या थ्या। तिननले भणयो, “सबइ आदर स्वर्गमि भया परमेश्वरको होस। उनले कृपा अद्दया मान्सनलाई पृथ्वीमि शान्ति होस!”
तइ पछा स्वर्गदूत गया। ग्वालाले बालक खोज्जाइ निउती आफ्नो भेडालाई छाड्यो। तिनन छिट्टाइ येशू भया ठाउँमि पुग्या रे स्वर्गदूतले तिननलाइ भणया जसेरी उनलाइ डुँडमि सीइर्या भेट्यो। तिनन भौत उत्साहित थ्या। तइ पछा ग्वाला आफ्ना भेडा भया खेतमि फर्किया। तिननले सुणया रे धेक्या सबइ कुरणीकि निउती परमेश्वरको प्रशंसा अद्दाथ्या।
पूर्वमि टाढाका देशमि केइ मान्सन थ्या। तिननले तारा अध्ययन अर्यो रे भौत ज्ञानी थ्या। तिननले अग्गासमि एक असामान्य तारा धेक्यो। तिननले भणयो कि यइको मतलब यहूदीका एक जना नयाँ राजाको जन्म भयाछ। तबइकिलाइ उनले बच्चालाइ हेद्दाइ आफ्ना देश बठेइ यात्रा अद्दया निर्णय अर्यो। लामो यात्रा पछा, उनन बेथलेहेममि आया पइ येशू रे उनरा आमा-बुबा बस्या ठाउँ पत्ता लायो।
जब तिन ज्ञानी मान्सनले येशूलाई उनरी आमासित धेक्यो, उनले घोप्टो पडीबर उनरो आराधना अर्यो।उनले येशूलाई बहुमूल्य उपहार चढायो।तइ पछा उनन आ-आफ्ना घर फर्किया।बाइबल कथा: मत्ती १-२; लूका २
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।