24. यूहन्नाले येशूलाई बप्तिस्मा दियो
जकरिया रे एलिशिबाका चेलो यूहन्ना हुर्कियो रे एक अगमवक्ता भया। उन उजाड स्थानमि बस्नथ्या, वन मह रे सलह खान्थ्या, रे ऊँटको रौँ बठेइ बन्या लत्ता लगाउँन्थ्या।
भौत मान्सन उजाड स्थानमि यूहन्नाको बचन सुणनाइ आया। उनले तिननलाई इसो भणीबर प्रचार अर्यो, “पश्चाताप अर, क्याकी परमेश्वरको राज्य नजिकै छ!"
जब मान्सनले यूहन्नाको सन्देश सुणयो, तिनन मध्ये भौतले आफ्ना पाप बठेइ पश्चाताप अर्यो, पइ यूहन्नाले तिननलाइ बप्तिस्मा दियो। भौत धार्मिक अगुवा लगइ यूहन्नालाइ हेद्दाइ आया, तर तिननले पश्चाताप अरेइन अथवा आफ्ना पाप स्वीकार अरेइन।
यूहन्नाले तिन धार्मिक अगुवानलाई भणयो, “ए विखालु स्याप! पश्चात्ताप अर रे आफ्नो व्यवहार परिवर्तन अर। असल फल नफलाउन्या हरेक रूखलाई परमेश्वरले काट्टया हुन, रे उनले तिननलाई आगामि फालिदिन्या हुन।” यूहन्नाले अगमवक्ताले भणया कुरणी पूरा अर्यो, "हेर, म छट्टाइ मेरो दूतलाई तमरा अगाडि पठाउन्या हु, जइले तमरो बाटो तयार अद्दया हुन।"
केइ धार्मिक अगुवानले यूहन्नालाई उन ख्रिस्ट हुन् की भणी सोधयो। यूहन्नाले जवाफ दियो, “म ख्रिस्ट होइन, तर म पछा उन आउँन्ना छन। उन इति महान छन कि उनरा जुत्ताको ताना समेत खोलल्या म योग्यको आथिन।”
अर्खो दिन, येशू यूहन्ना बठेइ बप्तिस्मा लिनाइ निउति आया। जब यूहन्नाले उनलाई धेक्यो, उनले भणयो, “हेर! ताँ परमेश्वरको थुमा हुन जइले संसारको पाप हटाउन्या हुन।"
यूहन्नाले येशूलाई भणयो, “ तमलाई बप्तिस्मा दिन योग्यको म आथिन। बरू तमले मलाई बप्तिस्मा दिनु पणन्छ।” तर येशूले जवाफ दियो, “तुइले मलाई बप्तिस्मा दिनु पणन्छ, क्याकी यो अददु सहि छ।” तबइकिलाइ यूहन्नाले उनलाई बप्तिस्मा दियो, जबकि येशूले कभइ पाप अर्या थेइन।
बप्तिस्मा भया पछा जब येशू पानी बठेइ बाइर आया, परमेश्वरको आत्मा ढुकुरका रूपमि धेकिया रे तलतिर आएर उनमि बस्यो। उतन्जेइ, स्वर्ग बठेइ परमेश्वरको आवाज इसो भणीबर आयो, “यिन मेरा प्रिय पुत्र हुन, म यिनलाई प्रेम अद्दउ रे यिन सित म भौत खुशी छु।”
परमेश्वरले यूहन्नालाई भणया थ्यो, “पवित्र आत्मा ओलिबर आउन्या हुन रे तुइले बप्तिस्मा दिया कसइमि बस्सया हुन। त्यो मान्स चाइ परमेश्वरको पुत्र हुन।” केवल एक मानतर परमेश्वर छन। तर जब यूहन्नाले येशूलाई बप्तिस्मा दियो, उनले पिता परमेश्वर बोल्या सुणयो, परमेश्वरका पुत्र धेक्यो, जो येशू हुन, रे उनले पवित्र आत्मालाई धेक्यो।
बाइबल कथाः मत्ती ३; मर्कूस १; लूका ३; यूहन्ना १:१५-३७
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।