26. येशूले आफ्नो सेवकाइ शुरू अर्यो
शैतानका परीक्षालाइ इन्कार अर्या पछा, येशू गालीलको प्रान्तमि फर्किया। याँ उन बस्नथ्या। पवित्रआत्माले उनलाइ भौत शक्ति दिन्नाथ्या, येशू एक ठाउँ बठेइ अर्खा ठाउँ गया रे मान्सनलाइ सिखायो।सबइ जनाले उनरा बारेमि असल कुरणी बोल्नथ्या।
येशूनासरतका गाउँमि गया। यइ गाउँमि उनले आफ्नो बाल्यकाल बिताया थ्यो।विश्रामको दिनमि, उन आराधना अरिन्या ठाउँमि गया।अगुवानले पढ्डाइकि निउती उनरा हातमि यशैया अगमवक्ताले लेख्या पत्र दियो। पइ येशूले पत्र खोल्यो रे तइको एक भाग मान्सनका निउति पढि दियो।
येशूले पढ्यो, “परमेश्वरले मलाई पवित्र आत्मा दियो ताकि गरीबलाई म सुसमाचार सुणाउन सकु।उनले मलाई कैदीलाई छुट्कारा दिनाइ, अन्धालाई दृष्टि दिनाइ, रे थिचोमिचोमि भयालाई छुट्कारा दिनाइ उनले मलाई पठाया छ। यो त्यो समय हो जब प्रभु हामीसित दयालु हुन्या हुन रे हामलाई सहायता अद्दया हुन। "
पइ येशू बस्या।सबैले उनलाइ ध्यानले हेरि रइथ्या।तिननलाई था थ्यो कि उनले भर्खरै पढ्या खण्डले ख्रिस्टका बारेमि भणया थ्यो।येशूले भण्यो, “पवित्रशास्त्रको यइ वचन अइल पूरा भया छ।” सबइ मान्सन चकितथ्या। “कि यिन योसेफका चेलो होइन ब?” तिननले भण्यो।
पइ येशूले भण्यो, “यो सत्य हो कि एक भविष्यवक्ता हुर्केको शहरमि ताँ का मान्सनले उइलाई कभइ स्वीकार अद्दाइन। एलिया भविष्यवक्ताका समयमि, इस्राएलमि भौत विधवा थिन। तर जब साढे तीन वर्ष सम्म पानी पणेइन, परमेश्वरले एलियालाई इस्राएलमि भया विधवालाई सहायता अद्दाइ पठायइन। बरू उनले एलियालाइ और देशका विधवाका वाँ पठायो।“
येशू यिन कुरणी भन्नाइ गया, “रे एलिशा अगमवक्ताका समयमि, छालाको रोग भया भौत मान्सन इस्राएलमि थ्या।तर एलिशाले तिनन कसैइलाई निको अरेइन।उनले केवल इस्राएलका सत्तुरको सेनापति,नामानको छालाको रोग निको अर्यो।” तर येशूलाई सुणीर्या मान्सन यहूदी थ्या।तबइकिलाइ जब तिननले उनलाइ इसो भणया सुणयो, तिनन उनसित रिसले चुर भया।
नासरतका मान्सनले येशूलाई पकोड्यो रे उनलाई आराधनाको स्थान बठेइ घसाडीबर बाहिर निकाल्यो। रे डाँडाका डिलमि लइजाइबर उनलाई ता बठेइ खितीबर माद्दाइ खोज्यो।तर येशू भीडका बीच बठेइ भइबर निकल्या रे नासरत गाउँ छाड्यो।
तइ पछा येशू गालीलका प्रान्तमि गया, रे ठूलो भीड उनरा वाँ आया।तिननले भौत मान्सन लेया, जो रोगी अथवा अशक्त थ्या। तिननमि हइ कोइ जोधेक्द, हिँट्ट, अथवा बोल्न सक्दाइनथ्या, रे येशूले तिननलाई निको पार्यो।
साथै, धेरै भूतात्मा लाग्या मान्सनलाई येशूका वाँ लेया। येशूका आज्ञामि तिन भूतात्मा मान्सन बठेइ निकलिबर आया। तिनन अक्सर इसो भणीबर कला हालनथ्या, “ तम तपरमेश्वरका पुत्र हौ!” मान्सनकि भीड छक्क पडी, रे तिननले परमेश्वरको प्रशंसा अर्यो।
तइ पछा येशूले आफ्ना चेलान मध्ये बार जना मान्सनलाई छान्यो जइलाई प्रेरित भणीयो।तिन प्रेरित येशू सितइ हिटनथ्या रे उन बठेइ सिक्नथ्या।
बाइबल कथाःमत्ती ४:१२-२५; मर्कूस१-३ लूका ४
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।