27. असल सामरीको कथा
एक दिन, यहूदी व्यवस्थाका एक निपुण मान्स येशूका वाँ आया। येशूले गलत तरिकाले सिकाया थ्यो भणीबर उइले सबइलाई धेकाउन चाहन्थ्यो। तबइकिलाइ उइले भण्यो, “गरुज्यू, अनन्त जीवनको हकदार हुनाइ म कि अरु?” येशूले जवाफ दियो, “परमेश्वरको व्यवस्थामि कि लेखिया छ?”
तइ मान्सले जवाफ दियो, “तुइले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा शक्तिले रे आफ्नो सारा समझले प्रेम अर। रे आफ्नो पडउसीलाई आफइलाई जसोइ प्रेम अर।” येशूले जवाफ दियो, “तुइले ठिक भणी! यदि तुइले इसो अरी भणया, तुइले अनन्त जीवन पाउन्या हइ।”
तर तइ व्यवस्थाको निपुण मान्सले मान्सनलाइ आफ्नो जीउन्या तरिका ठिक छ भणीबर धेकाउन चाहन्थ्यो। तबइकिलाइ उइले येशुलाइ सोध्यो, “तसो भया मेरो पडउसी को हो?”
येशूले तइ मान्सलाई एक कथा भणीबर जवाफ दियो, “एक जना यहूदी मान्स यरूशलेमको बाटो भइबर यरिहो तिर जान्नाथ्यो।”
“तर केइ लुटेराले उनलाई धेक्यो रे आक्रमण अर्यो।तिननले उइसित भया सबइ थोक लईया रे उइलाई अधमरो हुन्या अरीबर चुट्यो।तइ पछा तिननले तइ मान्सलाई छाडीबर ताँ बठेइ गया।
“तइका केइ बेर पछा, एक जना यहूदी पूजारी लगइ संयोगवश तसइ बाटा भइबर जाँन्नाथ्यो।जब तइ धार्मिक अगुवाले तइ लुटिया रे घायल पारिया मान्सलाई धेक्यो, उन बाटाका पल्ला किनार तिर गया रे तइ मान्सलाइ बेवास्त्ता अर्यो, रे आफ्नो बाटो लाग्या।”
“तइका के इ बेर पछा, एक जना लेवी लगइ तसइ बाटा भइबर आयो। (लेवी यहूदीका एक कुल थ्यो, जइले मन्दिरमि पूजारीलाई सहायता अर्नथ्या। ) तइ लेवीले लगइ बाटाका पल्ला किनार बठेइ गयो रे तइ लुटिया रे घायल परिया मान्सको वास्ता अरेइन।”
“तसइ बाटा भइबर जानेइ अर्खो मान्स एक जना सामरी थ्यो। (सामरी रे यहूदी अर्खालाई घृणा अर्नथ्या।) तइ सामरीले तइ मान्सलाई बाटामि धेक्यो। उसले था भयो कि उ एक यहूदी हो, पइलगइ उन प्रति भौत दयालु भया। तबइकिलाइ उन तइ मान्सका वाँ गया रे उनरा घामि पट्टी लाइदियो।”
“पई तइ सामरीले तइ यहूदीलाई आफ्ना गधामि चढायो। उइलाई बाटाका किनारमि एक पौवामि लइया। ताँ का तइ सामरीले उइको स्याहार अर्यो।”
“अर्खो दिन, तइ सामरीले आफ्नो यात्रालाई निरन्तरता दिनु पड्डया थ्यो।उइले तइ पौवाको मालिकलाई केइ पैसा दिबर भण्यो, ‘उइको ख्याल अरेइ, रे यदि तुलाई यइहइ बढी खर्च लागेले, म फर्किबर आउन्जया, त्यो खर्च तिरि दिन्या हु।’”
तइ पछा येशूले व्यवस्थाका तइ निपुण मान्सलाई सोध्यो, “तुलाइ कि लाग्न्छ? तिन मध्ये को तइ लुटिया रे घायल पारिया मानसको छिमेकी को हो?” उइले जवाफ दियो, “त्यइ, जो उन प्रति दयालु थ्यो।” येशूले तिनलाई भण्यो, तु लगइ जा रे तसोइ अर।”
बाइबल कथाःलूका१०:२५-३७
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।