28. धनी जवान शासक
एकदिन, एकजना धनी जवान शासक येशूका वा आयो रे सोध्यो, “असल गुरू, अनन्त जीवन पाउनाइ निउती मैले कि अददु पणन्छ?” येशूले उइलाई भण्यो, “क्याइ तु मलाई ‘असल’ भणन्छइ? एकजना मानतर असल छन, रे उन भणया परमेश्वर हुन। तर यदि तु अनन्त जीवन चाहन्छइ भणया, परमेश्वरका आज्ञा पालन अर।”
“तिनमि हइ को को चाहिँ मैले पालन अददु पणन्छ?” उइले सोध्यो। येशूले भण्यो, “हत्या नअददु। व्यभिचार नअददु। नचोदुद्र्नू। झूटो नबोल्लु। आफ्नो आमा-बुबाको आदर अददु, र आफ्नो छिमेकीलाई तुइले आफइलाई जसेरी प्रेम अददु।”
तर तइ जवान मान्सले भण्यो, “मैले यीन सबै आज्ञा म नानो केटो छन्ज्या बठेइ अद्दोइ आया छु। मैले आजि कि अददु पणन्छ ताकि म सदाइकि निउती जिऊन सकूँ?” येशूले तइ मान्सलाई हेर्यो रे प्रेमले भरिया।
येशूले जवाफ दियो, “यदि तु सिद्ध हुन चाहन्छइ भणया जा रे तु सित भया सब थोक बेच रे तइ बठेइ आया पैसा गरीबलाई दे, रे स्वर्गमि तेरो धन हुन्या हो। तइ पछा आ रे मेरा पछा लाग।”
जब तइ जवान मान्सले येशूले भणया कुरणी सुणयो, उ भौत दुःखित भयो, क्याकी उ भौत धनी थ्यो पइ आफ सित भया सब थोक दिन राजी थेइन। उ ता बठेइ फर्किबर गयो।
पइ येशूले उनरा चेलालाई भण्यो, “धनी मान्सनलाई परमेश्वरका राज्यमि पस्स भौत असजि छ! हो, धनी मान्सलाइ परमेश्वरको राज्यमि प्रवेश अद्दा हइ ऊँटलाई सुयाको नाक बठेइ छिद्द सजि छ।”
जब चेलाले येशूले भणया कुरणी सुणयो, उनन छक्क पडया।तिननले भण्यो, “तसो भया परमेश्वरले कइलाइ बचाउन सक्दाहान पइ?”
येशूले तिन चेलाकि तिर हेर्यो रे भण्यो, “मान्सनले आफइलाई बचाउन असम्भव छ। तर परमेश्वरकि निम्ति सब कुरणी सम्भव छन।”
पत्रुसले येशूलाई भण्यो, “हाम शिष्याले सब कुरणी छाडीबर तमलाई पछ्या छौँ। हामरि निउती इनाम कि हुन्या हो?”
येशूले जवाफ दियो, “जइले मेरो नाउँको खातिर आफ्ना घर, दाइ भाइ, दिदीबहिनी, बा, आमा, चेला चेली, अथवा धन-सम्पत्ति छाड्या छन्, उनन सबैले सय गुणा बढी पाउन्या हुन रे उनले अनन्त जीवन लगइ पाउन्या हुन। तर भौत जना जो पहिला छन् उनन पछिल्ला हुन्या हुन, रे पछिल्ला हुन्या चाहिँ पहिला हुन्या हुन।”
बाइबल कथा: मत्ती १९:१६-३०; मर्कूस १०:१७-३१; लूका १८:१८-३०
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।