31. येशू पानीमि हिट्या

31. येशू पानीमि हिट्या — चित्र 1

भीडलाई खवाया पछा येशूले शिष्यालाइ डुङ्गामि चढीबर समुन्द्रका पल्ला किनारतिर जानाउ भण्यो। तबइकिलाइ शिष्या गया, रे येशूले भीडलाई तिनरा घरमि पठायो। तइ पछा उन प्रार्थना अद्दाइ निउती डाँडातिर उकल्या। येशू ता एक्लाइ थ्या, रे रात अबेला सम्म प्रार्थना अरिराख्यो।

31. येशू पानीमि हिट्या — चित्र 2

तइ बेला शिष्या आफ्ना डुङ्गा खियाउन्ना थ्या, तर शक्तिशाली आँधी उनरा उल्टा तिर चलिरइथ्यो। राति अबेला सम्ममि लगइ उनन समुन्द्रका बीच भागसम्म मान्तर पुग्या थ्या।

31. येशू पानीमि हिट्या — चित्र 3

येशूले प्रार्थना अरी सक्या पछा उन शिष्याका वाँ गया। उन समुन्द्रका पानीमि हिट्टाइ उनन भया डुङ्गातिर गया।

31. येशू पानीमि हिट्या — चित्र 4

जब शिष्याले येशूलाई धेक्यो। उनन भौत डराया क्याकी तिननले कसइ भूत धेक्या भणी सोच्चाथ्या। उनन डराया छन् भणी येशूलाई था थ्यो, तबइकिलाइ उनले तिननलाई बोलायो रे भण्यो, “जनडरा। म हुँ!”

31. येशू पानीमि हिट्या — चित्र 5

तब पत्रुसले येशूलाई भण्यो, “गुरूज्यू, यदि तमइ हो भणया, मलाई तमरा वा पानीमि आउन्या आज्ञा दिय।” येशूले पत्रुसलाई भण्यो, “आइ!”

31. येशू पानीमि हिट्या — चित्र 6

तबइकिलाइ पत्रुस डुङ्गा बठेइ बाहिर निक्ल्यो रे पानीमि येशू तिर हिट्ट लाग्यो। तर केइ बेर हिँट्या पछा, उइले आफ्ना आँखा येशू बठेइ हटाइबर छालतिर हेद्द रे आँधीलाई महसुस अद्द लाग्यो।

31. येशू पानीमि हिट्या — चित्र 7

तब पत्रुस डरायो रे डुब्‍द लाग्यो। उ इसो भणनोइ कला हाल्ल लाग्यो, “गुरूज्यू, मलाई बचा!” उत्न्जेइ येशूले अगाडि आइबर उइलाई समायो। तइपछा उनले पत्रुसलाई भण्यो, “तुसित इति थोक्काइ विश्वास छ! क्याइ तुलाइ सुरक्षित राख्नदाइ ममि भरोसा अरीनि?”

31. येशू पानीमि हिट्या — चित्र 8

तब पत्रुस रे येशू डुङ्गामा चड्या, रे आँधी उत्न्जेइ रोकियो। पानी शान्त भयो। चेला चकित भया रे येशुका अगाडी घोप्टो पणयो। उनले इसो भणनाइ येशूको आराधना अर्यो, “साँच्चि, तम परमेश्‍वरका पुत्र हौ।”

बाइबल कथा: मत्ती १४:२२-३३; मर्कूस ६:४५-५२; यूहन्‍ना ६:१६-२१

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।