34. येशूले और कथा सिकायो
परमेश्वरको राज्यका विषयमि येशूले और भौत कथा भण्यो। उदाहरणकि निउती, उनले भण्यो, “परमेश्वरको राज्य एक रायोको बि जसोइ हो, जो कसइले आफ्नो खेतमि लायो। तमनलाई थाइ छ, कि रायोको बि, बि मध्ये सब हइ नानो हुन्छ।”
“तर जब रायोको बि बढ्छ, तब त्यो बारीका बोटमि सब हइ ठूलो हुन्छ, इति ठूलो कि चराले लगइ आइबर तइका हाँगामि आराम अद्दाहान।”
येशूले अर्खो कथा भण्यो, “परमेश्वरको राज्य खमिर जसो हो जो एक स्वानीले रोटी बनाउन्या ढुल्लाको डल्लासित मिसायो, र त्यो खमीरले ढुल्लाको सबइ डल्लालाई खमिरी बनाइदियो।”
“परमेश्वरको राज्य एक गाढधन जसो लगइ हो, जो कसइ मान्सले जमिन भितर लुकाइबर राख्या थ्यो। कोइ अर्को एक जना मान्सले तइ गाढधन पायो रे तइलाइ लिन खोज्यो। तबइकिलाइ उइले आजि त्यो धनलाइ गाड्यो। पइ उ खुसीले इति प्रफुल्ल भयो कि उइले गइबर आफसित भया सबइ चिज बेच्यो, ताकि उइले तइ बठेइ आया पैसाले त्यो खेत किन्न सकउ।”
“परमेश्वरको राज्य सिद्ध मोती जसो लगइ हो, जो भौत मूल्यवान हुन्छ। जब कोइ एक मोती व्यापारीले तइलाई पायो, उइले आफूसित भया सबइ थोक बेच्यो, ताकि उसले तइ बठेइ आया पैसाले तइ मोती किन्न सकउ।”
ता केइ मान्सन थ्या जइले सोच्या थ्यो कि परमेश्वरले तिननलाई स्वीकार अद्दाहान क्याकी तिननले असल काम अद्दाथ्या। तिन मान्सनले असल काम नअद्दया औरलाई तुच्छ माणन्थ्या। तबइकिलाइ येशूले तिननलाई यो कथा सुणायो: “दुई जना मान्सन मन्दिरमि प्रार्थना अद्दाइ गया। तिन मध्ये एक कर उठाउन्या मान्स थ्यो, रे अर्कोचाहिँ एक जना धार्मिक अगुवा थ्यो।”
“तइ धार्मिक अगुवाले इसो भणनोइ प्रार्थना अर्यो, ‘धन्यवाद, परमेश्वर, म और मान्सन जसो पापी आथिन। जसो : लुटेरा, अन्यायी मान्सन, व्यभिचारी, अथवा त्यो कर उठाउन्या मान्स।’”
“म हरेक हप्ता दुई बेर उपवास बस्सउ रे मैले पाया सबइ पैसा रे सबइ थोकको दशौँ हिस्सा तमलाई दिनउ।”
“तर तइ कर उठाउन्या मान्स चाहिँ धार्मिक अगुवा हइ टाढै बस्यो। उइले स्वर्गतिर आफ्नो आँखा लगइ उठाएन। बरू, उइले मुड्कीले आफ्नो छाती पिट्यो रे प्रार्थना अर्यो, ‘परमेश्वर, कृपया ममि दया धेका क्याकी म एक पापी हुँ।’”
तइ पछा येशूले भण्यो, “म तमनलाई भणनउ, परमेश्वरले तइ कर उठाउन्या मान्सको प्रार्थना सुणयो, रे उइलाई धर्मी ठहरायो। घमण्ड अद्दाइ सबइलाई परमेश्वरले अपमान अद्दया हुन, तर आफलाई नम्र बनाउन्यालाइ उनले आदर अद्दया हुन।”
बाइबल कथा: मत्ती १३:३१-४६; मर्कूस ४:२६-३४ ३०-३२; लूका १३:१८-२१; १८:९-१४
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।