37. येशूले लाजरसलाई मर्या बठेइ जिउनो बनायो
एक लाजरस नाउँ भया मान्स थ्या। उनरा मरियम रे मार्था नाउकि दुई बइनी थिन। तिनन सबइ येशूका नजिकका मितुर थ्या। एक दिन कसइले लाजरस भौत बिरामी भया कुरणी येशूलाई भण्यो। जब येशूले यो खबर सुणयो, उनले भण्यो, “यो बिरामी मृत्युमि गइबर सकीन्या होइन, बरु यइले मान्सनलाई परमेश्वरको आदर अद्दाइ प्रेरित अद्दया हो।”
येशूले आफ्ना साथीनलाई प्रेम अर्न्थ्या, तर उन जाँ थ्या दुई दिनसम्म ताइ पख्या। दुई दिन पछा, येशूले आफ्ना शिष्यालाई भण्यो, “आस, आब हाम यहूदिया फर्किनाउ।” शिष्याले जवाफ दियो, “तर गुरू,” “केही बेर अगाडी मानतर ताका मान्सनले तमलाई माद्द खोज्जाथ्या!” येशूले भण्यो, "हामरो साथी लाजरस सिया छ, रे मइले उइलाई उठाउनु पणन्छ।"
येशूका शिष्याले जवाफ दियो, “प्रभु, यदि लाजरस सिया छन् भणया, निको हुन्या हुन।” पइ येशूले तिननलाई सरल तरिकाले भणीदियो, “लाजरस मर्या छ। म ता नभयामि खुशी छु, ताकी तमनले ममि विश्वास अद्द सक।”
जब येशू लाजरसका गाउमि पुग्या, लाजरस चार दिन अगाडी मरिसक्या थ्यो। येशूलाई भेट्टाइ निउती मार्था बाइर आइन् रे भण्यो, “प्रभु, यदि तम याँ भया भयले, मेरो भाई मद्दया थेइन। तर म विश्वास अद्दउ कि तमले परमेश्वरसित जी माग्या लगइ उनले तमलाई दिन्या हुन।”
येशूले जवाफ दियो, “पुनरुत्थान रे जीवन हुँ। जइले ममि विश्वास अद्दाहान, उनन मर्या लगइ बाँच्चया हुन। ममि विश्वास अद्दया सबइ कभइ मद्द्या आथिन। कि तु यो विश्वास अरन्छेइ?” मार्थाले जवाफ दियो, “हो, प्रभु! म विश्वास अद्दउ कि तम् ख्रिस्ट, परमेश्वरका पुत्र हौ।"
पइ मरियम पुगि। उन येशूका खुट्टाइनि परिन् रे भणीन, “प्रभु, यदि तम याँ भया भयले, मेरो भाइ मद्दया थेइन।” येशूले उनलाई सोध्यो, “तमनले लाजरसलाई काँ राख्या छौ?” उनले उनलाई भण्यो, “चिहानमि। आइबर हेर।” पइ येशू रोया।
त्यो चिहान एक गुफा थ्यो, जइका मुखमि ढुङ्गाले ढोक्या थ्यो। जब येशू चिहानमि पुग्या, उनले तिननलाई भण्यो, “तइ ढुङ्गालाई टाँ बठेइ हटाइ दिय।” तर मार्थाले भणी, “ऊ मर्या चार दिन भइइयो। ता बठेइ गन आउनेइ हो।”
येशूले भण्यो, “कि मैले तुलाई भणया थेइन, कि तुइले ममि विश्वास अरि भणया परमेश्वरको महिमा धेक्देइहइ?” तबइकिलाइ तिननले ढुङ्गा हटाइदियो।
पइ येशूले मल्तिर स्वर्गतिर हेर्यो रे भण्यो, “पिता, तमले मेरि कुरणी सुणयाकि निउती धन्यबाद। म जाणनउ कि तमले सदाइ मेरि कुरणी सुणन्छौ, तर म यो कुरणी याँ कलीया सब मान्का खातिर भणनाछु, ताकि तिननले विश्वास अरून् कि तमइले मलाई पठाया हो। तइपछा येशूले कलाहालीबर भण्यो, “लाजरस, बाइर आ!”
पइ लाजरस बाइर आयो! उन आजिलगइ चिहानको कपडामि बेडीया थ्या। येशूले तिननलाई भण्यो, "उइलाई तिन चिहानका लत्ता फुकाउनाइ सहयोग अर रे उइ लाई जान दिय!" यो चमत्कारका लाग्दा भौत यहूदीनले येशूमि विश्वास अर्यो।
तर यहूदीका धार्मिक अगुवाले येशूकि भौत रिस माणयो, तबइकिलाइ तिननले कसेरी येशू रे लाजरसलाई माद्दाउ भणीबर योजना बनाउनाइ एकहट्टा भया।
बाइबल कथा: यूहन्ना ११:१-४६
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।