38. येशूलाई धोका दियो
हरेक वर्ष, यहूदीले निस्तार चाड मनाउन्या अर्नथ्या। यो एक उत्सव थ्यो, जो कैयौँ शताब्दी अगाडी कसेरी परमेश्वरले उनरा पुर्खालाई मिश्रदेशको दासत्व बठेइ बचाया थ्यो भणन्या समज्नामि मनाइन्थ्यो। येशूले पइलो बेर खुला रूपमि प्रचार रे शिक्षा दिन लाग्या करिब तीन वर्ष पछा, उनले आफ्ना शिष्यालाई उननसित येरूशलेममि निस्तार चाड मनाउन चाया कुरणी भण्यो, रे यो लगइ भण्यो कि उन ता मारिन्या हुन।
येशूका शिष्या मध्ये एक शिष्य यहूदा थ्यो। यहूदा शिष्याका पैसाको थैलीको जिम्मेवाल थ्यो, तर उइले अक्सर झोला बठेइ पैसा चोरन्थ्यो। येशू रे शिष्या येरूशलेममि पुग्या पछा, यहूदा यहूदी अगुवाका वा गयो। ता उइले पैसा लिबर येशूलाई धोका दिन्या प्रस्ताव राख्यो। यहूदी अगुवानले येशू ख्रिस्ट हुन भणी अस्वीकार अर्नथ्या रे उनलाई मद्दया षडयन्त्र बनाउन्नाछन भणन्या कुरणी उनलाई था थ्यो।
प्रधान पूजाहारीको नेतृत्वमि, यहूदी अगुवानले येशूलाई विश्वासघात अद्दाइ निउती यहूदालाई तीस चाँदीका सिक्का दियो। अगमवक्तानले भविष्यवाणी अर्या जसेरि यो कुरणी हुन गयो। यहूदाले यइ कुरणीमि मनजुर भयो, पैसा लियो, रे ता बठेइ गयो। पइ येशूलाई पक्डाइ सहयोग अद्दाइ निउती मौका खोज्ज लाग्या।
येरूशलेममि, येशूले आफ्ना शिष्यासित निस्तार चाड मनायो। निस्तार चाडको भोजका बेला, येशूले केइ रोटा समायो रे तइ तोड्यो। उनले भण्यो, “यो समा रे खा। यो मेरो शरीर हो, जो म तमरि निउती दिन्या हु। यो मेरो समजनामि अद्दया अर।” यइ सकिसिमले, येशूले भण्यो कि उन तिनरा निउती मद्दया हुन, उनले तिनरि निउती आफ्नो शरीर बलिदान दिन्या हुन।
पई येशूले दाखरसको कटउरा समायो रे भण्यो, “यो पिअ। यो नयाँ करारको मेरो रगत हो, जो म बगाउन्या हु, ताकि परमेश्वरले तमरा पाप क्षमा अरुन। तमनले हरेक बेर यो पिउन्ज्या मेरो सम्जनामि अद्दया अर।”
तइ पछा येशूले शिष्यालाई भण्यो, “तमन मध्ये एकजनाले मलाई धोका दिन्या हौ।” शिष्या छक्क पर्या, रे कइले तइ प्रकारको काम अद्द्या हो भणी सोध्यो। येशूले भण्यो, “जइलाई म रोटीको यइ टुक्रा दिनउ, तेइ विश्वासघाती हो।” पइ येशूले तइ रोटाको टुक्रा यहूदालाई दियो।
यहूदाले रोटी समाया पछा, शैतान उइ भितर पस्यो। यहूदा ता बठेइ निकलिबर येशूलाई पक्डाउनाइ सहयोग अद्दाइ निउती यहूदी अगुवाका वा गयो। त्यो रातको समय थ्यो।
भोजन पछा, येशू रे उनरा चेला हिँट्टाइ जैतून डाँडामि गया। येशूले भण्यो, “तमन सबइले आज रात मलाई त्यागया हौ। जसो लेखिया छ, ‘म ग्वालालाइ प्रहार अद्द्या हु रे सब भेडा तितर-वितर हुन्या हुन।’”
पत्रुसले जवाफ दियो, “और सबइले तमलाई त्याग्या लगइ, म त्यागद्या आथिन!” तब येशूले पत्रुसलाई भण्यो, “शैतानले तमन सबलाइ प्राप्त अद्द चाहन्छ, तर मइले तेरी निउती प्रार्थना अर्या छु, पत्रुस, तेरो विश्वास असफल जनहोउ। पइलगइ, आज रात, भाले बास्साहइ अगाडी, तुइले मलाई तीन बेर चिन्नइन भणीबर इन्कार अद्दया हइ।"
पइ पत्रुसले येशूलाई भण्यो, “म मद्दु पड्या लगइ, म कभइ तमलाइ इन्कार अद्दया आथिन!” और सबइ शिष्याले लगइ तसोइ भण्यो।
पइ येशू उनरा शिष्यासित गेतसमनी भणीन्या ठाउँमि गया। येशूले उनरा शिष्यालाई परीक्षामि जनपरून भणी प्रार्थना अद्दाइ भण्यो। पइ येशू आफइ प्रार्थना अद्दाइ गया।
येशूले तीन बेर प्रार्थना अर्यो, “हे पिता, सम्भव छ भणया, कृपया मलाई यस कष्टको कटउरा पिउनु जनपरउ। तर मान्सनका पाप-क्षमाकि निउति ता और कोइ बाटो आथिन भणया, तमरो इच्छा पूरा होस्।” येशू भौत विचलित थ्या रे उनरो पसिना रगतका थोपा जसाइ थ्या। परमेश्वरले उनलाइ शक्ति दिनाइ स्वर्गदूतलाई पठाइदियो।
हरेक प्रार्थनाको समयमि, येशू उनरा शिष्याका वा फर्किबर आया, तर उनन सीरइथ्या। जब उन तेसरा बेर फर्किया, येशूले भण्यो, “उठ! मलाई धोखा दिने मान्स या छ।“
यहूदी अगुवा, सैनिक रे ठूलो भीडसित यहूदा आयो। तिननले ले तरवार रे लट्ठी लेया थ्या। यहूदा येशूका वा आइबर भण्यो, “प्रणाम, गुरूज्यू,” रे उनलाई भाति खायो। यो यहूदी अगुवानलाई उनले कइलाई पक्डडु पड्डया हो भणीबर पक्का अद्दाइ निउती संकेत थ्यो। पइ येशूले भण्यो, “यहूदा, कि भातिले तु मलाई धोका दिन्छइ?”
जब सेनाले येशूलाई पक्डयो, पत्रुसले तरवार निकाल्यो रे प्रधान-पूजाहारीको एकजना नोकरको कान काटिदियो। तर येशूले भण्यो, “तरवार उथइ राख! म मेरो रक्षा अद्दाइ स्वर्गदूतका सेनाका पितालाइ माग्द सक्दउ, तर मइले मेरो बाको आज्ञा माणन्नु पणन्छ।“ येशूले मान्सको कान निको बनायो। तइ पछा सबइ शिष्या भाग्या।
बाइबल कथा: मत्ती २६:१४-५६; मर्कूस १४:१०-५०; लूका २२:१-५३; यूहन्ना १८:१-११
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।