4. अब्राहामसित परमेश्‍वरको करार

4. अब्राहामसित परमेश्‍वरको करार — चित्र 1

जलप्रलयको भौत वर्ष पछा, संसारमी मानसनको संख्या आजी बड्डोइ गयो, पइलगइ तिननले एक आपसमि रे परमेश्वरको विरुद्धमि पाप अर्यो। रे तिनन सबइ एकइ भाषा बोल्नथ्या, तर तिनन परमेश्‍वरले आज्ञा अर्या अनसार पृथ्वीमी भरिनुको सट्टा तिनन एक ठाउँ जम्मा भइबर एक सहर बनाउन लाग्या।

4. अब्राहामसित परमेश्‍वरको करार — चित्र 2

तिनन भौत घमण्डी भया, रे तिननले कसेरी जीवन जिउनु पणन्छ भणन्या परमेश्वरको आज्ञा माणन चाएइन। तिननले स्वर्ग सम्म पुग्‍दाइ निउती उच्चो धरहरा लगइ बनाउन लाग्या। यदि तिनन आजीलगइ एकइ भइबर दुष्ट काम अददाइ गया भणया तिनन आजी बडता पाप अद्दया हुन भणी परमेश्‍वरले धेक्यो।

4. अब्राहामसित परमेश्‍वरको करार — चित्र 3

तबइकीलाइ परमेश्‍वरले तिनरा भाषालाई और धेरै भाषामी बदलिदियो,रे मानसनलाई सारा संसारभरि तितर-बितर पारिदियो। तिननले बनाउन सुरु अर्या सहरको नाउँ “बाबेल” थ्यो, जसको अर्थ “अलमल्लमी पड्डू”थ्यो।

4. अब्राहामसित परमेश्‍वरको करार — चित्र 4

सयौँ वर्ष पछा, परमेश्‍वर अब्राम नाउँ अर्या एकजना मानससित बोल्या। परमेश्‍वरले उनलाई भण्यो, “तेरो देश रे परिवारलाइ छाडीबर मैले तुलाइ धेखाउन लाग्या ठाउँमी जा। म तुलाइ आशिष दिन्या हु रे तु बठेइ एक ठूलो जाति खडा अद्दया हु। म तेरो नाउँ महान बनाउन्या हु। तुलाइ आशिष्‌ दिन्यालाइ म आशिष्‌ दिन्या हु, रे तुलाइ सराप दिन्यालाइ म सराप दिन्या हु।तु बठेइ पृथ्‍वीका सब परिवारले आशिष पाउन्या हुन।”

4. अब्राहामसित परमेश्‍वरको करार — चित्र 5

पइ अब्रामले परमेश्‍वरको आज्ञा माणयो। उनले आफ्नी स्वानी साराइ, आफ्ना सारा नौकर रे आफ्नो सबइ चीज लइजाइबर परमेश्‍वरले धेकाया देश कनान तिर लाग्या।

4. अब्राहामसित परमेश्‍वरको करार — चित्र 6

जब अब्राम कनान देशमी पुग्या, परमेश्‍वरले भण्यो, “आफ्नो चारैतिर हेर। म तुलाइ यो सबै ठाउँ दिन्या हु, रे तेरा सन्तान सदाइ एइको हकवाला हुन्या हुन।” पइ अब्राम तइ देशमी बस्‍स लाग्या।

4. अब्राहामसित परमेश्‍वरको करार — चित्र 7

एक दिन अब्रामले सर्वोच्च परमेश्‍वरका पूजाहारी, मल्कीसेदेकलाई भेटयो। मल्कीसेदेकले अब्रामलाई आशिष् दिबर भण्यो, “अग्गास रे पृथ्वीका मालिक, सर्वोच्चका परमेश्‍वरले तुलाइ आशिष् दिऊन्।” पइअब्रामले मल्कीसेदेकलाइ युद्द बठेइ जितिबर आया सारा सम्पत्तिको दशौं हिस्सा दियो।

4. अब्राहामसित परमेश्‍वरको करार — चित्र 8

भौत वर्ष भया तर अब्राम रे साराइको केइ सन्तान भयाको थेइन। परमेश्‍वर अब्रामसित बोल्या रे आजी प्रतिज्ञा अर्यो कि उइको एक चेलो हुन्या हो रे उइका सन्तान अग्गासका तारा सरह हुन्या हुन। अब्रामले परमेश्‍वरको प्रतिज्ञामी विश्‍वास अर्यो। परमेश्‍वरले अब्रामलाई धर्मी ठहरायो,क्याकि अब्रामले परमेश्‍वरको प्रतिज्ञामी विश्‍वास अर्यो।

4. अब्राहामसित परमेश्‍वरको करार — चित्र 9

पइ परमेश्‍वरले अब्रामसित एक करार बाँध्‍यो। करारचाहिँ दुई पक्षबीचको सम्झौता हो। तर याँ, अब्राम गइलि निनमि भया बेला परमेश्‍वरले अब्रामसित प्रतिज्ञा अर्यो, तर उइले परमेश्वरको आवाज सुणनाथ्यो परमेश्‍वरले भण्यो, “तेरो आफ्नइ शरीर बठेइ म तुलाइ एक चेलो दिन्या हु। कनान देश म तेरा सन्तानलाइ दिनउ।” तर अब्रामसित आजी लगइ चेलो थेइन।

बाइबलकथा : उत्पत्ति ११-१५

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।