5. प्रतिज्ञाको सन्तान
कनानमि बसाई सर्या दस वर्ष पछा लगइ अब्राम र साराइको केइ सन्तान भया थेइन। तबइकिलाइ अब्रामकी स्वानी साराइले उनलाई भण्यो, “परमेश्वरले मेरो कोख बन्द अरी दिया छ रे आब सन्तान पाउनाइ निउति म बुढी भइसक्या छु, तबइकिलाइ मेरो दासी हागारसित ब्या अर रे तिनले मेरो निउति एक सन्तान जन्माउनेइ हुन।”
तबइकिलाइ अब्रामले हागारसित ब्या अर्यो। हागारले एक चेलो जन्मायो, रे अब्रामले तइको नाउँ इश्माएल राख्यो। तर साराइले हागारको डाह अद्द लागिन। रे इश्माएल तेर बर्षका हुन्ज्या परमेश्वर आजि अब्रामसित बोल्या।
परमेश्वरले भण्यो, “म सर्वशक्तिमान परमेश्वर हुँ। म तुसित एक करार बाँध्या हु।” पइ अब्रामले भुइँमि घोप्टो पडीबर दण्डवत अर्यो। परमेश्वरले आजि अब्रामलाई भण्यो, “तु भौत राष्ट्रका पिता हुन्या हइ। कनान देश म तु रे तेरा सन्तानलाई तिनरो सम्पतिका रुपमी दिन्या हु, रे म सदाइ भरि तिनरा परमेश्वर हुन्या हु। तुइले आफ्नो परिवारका हरेक बैकानको खतना अददु पड्डया हो।”
“तेरी स्वानी साराइले एक चेलो जन्माउने हो, त्यो चाइ प्रतिज्ञा अरिया सन्तान हुन्या हो। तुइले तइको नाउँ इसहाक राखेइ। तइसित म मेरो करार बाँध्या हु, रे तइको एक ठुलो राष्ट्र हुन्या हो। म इश्माएललाई लगइ ठुलो राष्ट्र बनाउन्या हु, तर म मेरो करार चाइ इसहाक सितइ बाँध्या हु।” तइ पछा परमेश्वरले अब्रामको नाउँ ‘अब्राहाम’ राखिदियो, जइको अर्थ हो “भौतका पिता”। परमेश्वरले साराइको लगइ नाउँ आब ‘सारा’ राखिदियो, जइको अर्थ हो “राजकुमारी”।
तइ दिन अब्राहामले आफ्ना घरानाका सबइ बैकानको खतना गरिदियो। तइको करिब एक वर्ष पछा, अब्राहाम सय वर्षका रे सारा नब्बे वर्षकी हुँन्ज्या, साराले अब्राहामको चेलो जन्मायो। परमेश्वरले भणया जसेरी उनले तइको नाउँ इसहाक राख्यो।
जब इसहाक बालकइ थ्या, परमेश्वरले अब्राहामको विश्वासको जाँच अर्यो रे भण्यो, “तेरो एकइ चेलो इसहाकलाई लइजाइबर जा रे तइलाई मेरि निउती बलि चढा।” आजि अब्राहामले परमेश्वरले भणया कुरणी माणयो। रे आफ्नो चेलालाई बलिदान दिनाइ तयार भया।
जब अब्राहाम रे इसहाक वेदी तिर जन्नाथ्या, इसहाकले सोध्यो, “बा, हामसित बलिकि निउती दरुवा त छन, तर थुमा चाइ काँ छ?” अब्राहामले जवाफ दियो, “हे मेरो चेला, परमेश्वरइले बलिकि निउती थुमा जुटाउन्या हुन।”
जब उनन बलि अद्द्या ठाउँमि पुग्या, अब्राहामले आफ्नो चेलालाई बाँध्यो रे उइलाई वेदीमि राख्यो। जब उनले आफ्नो चेलालाई बलि दिनाइ बटिया, तब परमेश्वरले भण्यो, “पख! तेरा चेलालाइ चोट जनलाइ! आब मलाइ था भया छ कि तु मेरो डर माणन्छइ, क्याकी तुइले मेरि निउति आफ्नो एक मान्तर चेलो लगइ राखीनि।“
ता नजिकै अब्राहामले एक भेडालाई झाडीमि फस्या धेक्यो। परमेश्वरले तइ भेडालाई इसहाकका सट्टामि बलिदानकि निउती ता जुटाया थ्यो। अब्राहामले खुशीसित तइ भेडालाई बलि चढायो।
पइ परमेश्वरले अब्राहामलाई भण्यो, “तुइले मेरि निउती आफ्ना सबइ चिज दिनाइ तयार भया हुनाले, रे तेरो एकइ मानतर चेलो लगइ बाँकी नराख्या हुनाले, म तुलाई आशिष् दिन्या प्रतिज्ञा अद्दउ। तेरा सन्तान अग्गासका तारा हइ बडता हुन्या हुन। तुइले मेरो आज्ञा माणया हुनाले, संसारका सबइ परिवारहरुलाइ म तेरो परिवार बठेइ आशिष दिन्या हु।
बाइबल कथा : उत्पत्ति १६-२२
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।