6. परमेश्वरले इसहाकलाइ जुटाइ दियो

6. परमेश्वरले इसहाकलाइ जुटाइ दियो — चित्र 1

अब्राहाम बुढा हुन्ज्या, उनरो चेलो इसहाक एक परिपक्क मान्स भइसक्या थ्यो। तबइकिलाइ अब्राहामले आफ्नो एक नौकरलाइ आफ्ना आफन्त भया देशमि इसहाककि निउती एक स्वानी खोजीबर ल्याउनाइ पठायो।

6. परमेश्वरले इसहाकलाइ जुटाइ दियो — चित्र 2

अब्राहामका आफन्त बसस्या देशतिरको लामो यात्रा पछा, परमेश्वरले तइ नौकरलाइ रिबेका नाउँकी एकजना केटिका वा लेया। उन अब्राहामका भाइकी नातनी थिन।

6. परमेश्वरले इसहाकलाइ जुटाइ दियो — चित्र 3

रिबेका आफ्ना परिवारलाइ छाडीबर त्इ नौकरसित इसहाकका घर जानाइ राजी भइ। उन पुग्‍न्जेइ इसहाकले उनसित ब्या अर्यो।

6. परमेश्वरले इसहाकलाइ जुटाइ दियो — चित्र 4

भौत समय पछा, अब्राहामको मृत्यु भयो। तब परमेश्वरले अब्राहामसित अर्या प्रतिज्ञाका लाग्दा तिनरा चेला इसहाकलाई आशिष् दियो। तिन मध्य परमेश्वरको एक प्रतिज्ञा थ्यो कि अब्राहामका असंख्य सन्तान हुन्या हुन। तर इसहाककी स्वानी रिबेकाको केइ सन्तान भया थेइन।

6. परमेश्वरले इसहाकलाइ जुटाइ दियो — चित्र 5

इसहाकले रिबेकाकि निउती प्रार्थना अर्यो, रे परमेश्वरले उनरा कोखमि जुम्ल्याह बच्चा दियो। तिन दुइ बच्चाले रिबेकाको गर्भ भितर हुन्ज्या एक-अर्कासित लडड लाग्या, तबइकिलाइ रिबेकाले परमेश्‍वसित यो कि हुन्नारया हो भणीबर सोद्यो।

6. परमेश्वरले इसहाकलाइ जुटाइ दियो — चित्र 6

परमेश्वरले रिबेकालाइ भण्यो, “तुइले दुई चेला जन्माउनेइ हइ। तिनरा सन्तान दुई फरक राष्ट्र हुन्या हुन। तिनन एकअर्कासित संघर्ष अद्दया हुन्। तर जेठो चेला बठेइ आउन्या राष्ट्रले कान्छो चेला बठेइ आउन्या राष्ट्रको आज्ञापालन अद्दु पणन्छ।”

6. परमेश्वरले इसहाकलाइ जुटाइ दियो — चित्र 7

जब रिबेकाका चेला जन्मिया, जेठो चेलो रातो रे रौँइ रौँ भया थ्यो, रे तिननले तइको नाउँ एसाव राख्यो। तब कान्छो चाहिँ जेठाको कुर्कुचो समाइबर निक्ल्यो, रे तिननले तइको नाउँ याकूब राख्यो।

बाइबल कथा : उत्पत्ति २४:१-२५:२६

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।