40. येशू क्रुसमि टाँगिया

40. येशू क्रुसमि टाँगिया — चित्र 1

सिपाहीले येशूको गिल्ला अर्या पछा, तिननले उनलाई क्रूसमि टाँग्दाइ लइईया। तिननले उनलाई तइ क्रूस बोक्द लायो, जइमि उनलाई टाँगिन्या थ्यो।

40. येशू क्रुसमि टाँगिया — चित्र 2

तिन सिपाहीले येशूलाई “खप्परे” भणीन्या ठाउँमि लेया रे उनरा हातरे खुट्टालाई क्रूसमि राखीबर तइमि किला ठोकिदियो।तर येशूले भण्यो, “पिता, यिननलाई क्षमा अरिदिय, क्याकी यिनन कि अद्दाछन, त्यो जाणनाइन।” तिननले उनरा मुन्टाका मल्तिर क्रूसमि एक चिन्ह लगइ राख्यो। यइमि “यहूदीका राजा” लेख्याथ्यो, यो पिलातसले लेख भणया थ्यो।

40. येशू क्रुसमि टाँगिया — चित्र 3

तब सिपाहीले येशूको लत्ताको निउती चिठ्ठा हाल्यो।तिननले इसो अर्न्ज्या त्यो अगमवाणी पूरा भयो, जइले भणयाथ्यो, “तिननले मेरा लत्ता आफइमि बाँड्यो, रे मेरा लत्ताकि निउती चिठ्ठा हाल्यो।”

40. येशू क्रुसमि टाँगिया — चित्र 4

ता दुई डाँकु लगइ थ्या जइलाई सिपाहीले एकइ समयमि क्रूसमि टाँइया थ्यो, उनलाई येशूको दुएइ किनार तिर टाङया थ्यो। तिन मध्ये एक जनाले येशूलाई गिल्ला अर्‍यो, तर अर्खोले भण्यो, “परमेश्‍वरले तुलाई दण्ड दिन्या हुन भणी कि तुलाई डर लाग्दइन? हाम भौत ननिका काम अद्दया दोषी छौं, तर यीन मान्स त निर्दोष छन। पइ उइले येशूलाई भण्यो, “कृपया मलाई समजीया जब तम् आफ्नो राज्यमि राजा बन्नछौ।" येशूले जवाफ दियो, “आजइ, तु मसित स्वर्गमि हुन्या हइ।”

40. येशू क्रुसमि टाँगिया — चित्र 5

यहूदी अगुवा रे भीडमि भया और मान्सनले येशूलाई गिल्ला अर्यो।तिननले उनलाई भण्यो, “यदि तम परमेश्‍वरका पुत्र हौ भणया, क्रूस बठेइ तलतिर ओलिबर आस रे आफइलाई बचा! तब हामले तममि विश्वास अद्दया हौ।“

40. येशू क्रुसमि टाँगिया — चित्र 6

पइ समस्त इलाका भरि अन्धकार छायो, तर त्यो मध्यदिनको बेला थ्यो। छाकला अनारो भयो रे तीन घण्टा सम्म रइरयो।

40. येशू क्रुसमि टाँगिया — चित्र 7

तइ पछा येशू ठुला स्वरले कला हाल्यो, “आब सकियो! बा, म मेरो आत्मा तमरा हातमि सुम्पनाछु।" तइ पछा उनले शिर निउनाइबर आत्मा त्यागयो। उन मर्या पछा भूकम्प आयो। मन्दिरमि, मान्सनलाई परमेश्वरको उपस्थिति बठेइ अलग अद्दया ठूलो पर्दा मल्तिर बठेइ तलतिर सम्म दुई भागमि चिरियो।

40. येशू क्रुसमि टाँगिया — चित्र 8

उनरा मृत्यु बठेइ, येशूले मान्सनका निउति परमेश्‍वरका वा आउन्या बाटो खोलि दियो।जब येशूलाई पहरा दिया तइ सिपाहीले यीन सब कुरणी भया धेक्यो, तब उइले भण्यो, “पक्का लगइ, यीन मान्स निर्दोषथ्या।उन परमेश्‍वरका पुत्रथ्या।”

40. येशू क्रुसमि टाँगिया — चित्र 9

पइ दुई जना यहुदी अगुवान योसेफ रे निकोदेमसलाइ पिलातससित येशूको शरीर माग्यो। तिननले येशूइ ख्रिस्ट हुन भणी विश्वास अर्यो। तिननले उनरो शरीरलाई कपडामि बेड्यो रे तइलाई चट्टानमि खोपीबर बनाया चिहान भितर राख्यो।तइ पछा तिननले चिहानको मुख ढोकदाइ तइका अगाडि एक ठूलो ढुङ्गा घुर्काइबर राखिदियो।

बाइबल कथा: मत्ती २७:२७-६१; मर्कूस १५:१६-४७; लूका २३:२६-५६; यूहन्‍ना १९:१७-४२

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।