42. येशू स्वर्ग फर्किया

42. येशू स्वर्ग फर्किया — चित्र 1

येशू मर्या बठेइ जिउना भया दिनमि, उनरा दुईजना शिष्या नजिकैका गाउँतिर जान्नाथ्या। उनन हिटनज्या, उनले येशूलाई कि भया थ्यो भणन्या विषयमि कुरणी अर्यो। उनले आशा अर्या थ्या कि उन ख्रिस्ट हुन, तर उन मारिया। आब स्वानिनले भण्यो कि उन आजि जीउना छन। उनलाई क्यामि विश्‍वास अददु हो त्यो था थेइन।

42. येशू स्वर्ग फर्किया — चित्र 2

येशू उनरा वा पुग्‍या रे उन सीतइ हिट्ट लाग्या, तर उनले येशू लाई चिनेइन। उनले तिननलाई क्या का बारेमि कुरणी अद्दा छौ भणी सोध्यो। उनले येशूलाई बिगतका केइ दिनमि येशूको सम्बन्धमि भया सबै कुरणी भण्यो। उनले सोच्या थ्यो कि उनन एक परदेशीसित कुरणी अद्दा छन, जइलाई यरुशलेममि कि भया थ्यो त्यो था थेइन।

42. येशू स्वर्ग फर्किया — चित्र 3

तइ पछा येशूले उनलाई परमेश्‍वरको वचनले ख्रिस्टका बारेमि कि भणया छ भणी व्याख्या अरिदियो। भौत पइल्ली, अगमवक्ताले भणया थ्यो कि दुष्ट मान्सनले ख्रिस्टलाई दुःख दिन्या हुन रे माद्दया हुन। तर अगमवक्ताले यो लगइ भण्यो कि उन तेसरा दिनमि आजि बौरी उठ्ठया हुन।

42. येशू स्वर्ग फर्किया — चित्र 4

दुई जना मान्सन बस्स चाया सहरमि पुग्नज्या रात परिसकेइ थि। तिननले येशूलाई उननसित बस्‍सया निउतो दियो, तबइकिलाइ उन तिननसित एक घरमि गया। उनन साँझको खाना खानाइ बस्या। येशूले एक रोटा समायो, परमेश्‍वरलाई तइकि निउति धन्यवाद दियो, रे तइ तोड्यो। अचानक, तिनले उन येशू रइछन भणी चिन्यो। तर तसइ बेला, उन तिनरा नजर बठेइ हराया।

42. येशू स्वर्ग फर्किया — चित्र 5

तिन दुई मान्सनले एक-अर्कालाई भण्यो, “उन त येशू रइछन! तबइकिलाइ उनले हामलाई परमेश्वरको वचनको व्याख्या अर्न्ज्या हाम भौत उत्साहित भया!” उत्न्जेइ तिनन गया रे यरूशलेम फर्किया। जब तिनन पुग्या, तिननले शिष्यालाई भण्यो, “येशू जीउना छन! हामले उनलाई धेक्या! ”

42. येशू स्वर्ग फर्किया — चित्र 6

जब शिष्या कुरणी अद्दा थ्या, अचानक येशू तइ कोठामि उनरा वा धेका पर्या। रे उनले भण्यो, “तमनलाई शान्ति!” शिष्याले उनलाई भूत सोच्यो, तर येशूले भण्यो, “तमन क्याइ डराउँन्छौ? तमनलाई क्याइ लाग्दैन कि म साँच्चै येशू हुँ? मेरो हात रे खुट्टा हेर। भूतको मेरो जसो शरीर हुँनइन। आफ भूत होइन भणी धेकाउनाइ केइ खान्या कुरणी माग्यो। तिननले उनलाई माछाको टुक्रा दियो, रे उनले तइ खायो।

42. येशू स्वर्ग फर्किया — चित्र 7

येशूले भण्यो, “मेरा बारेमि परमेश्‍वरको वचनमि लेखिया सबै कुरणी पूरा हुन्या छ, मैले तमनलाई भणया थ्या कि यो हुनुइ पणन्छ।” पइ उनले तिनरा समझ खोलिदियो ताकि तिननले परमेश्‍वरको वचन बुझ्‍न सकून। उनले भण्यो, “भौत पइल्ली भविष्यवक्ताले लेख्या थ्यो कि म ख्रिस्टले कष्ट भोग्‍दा छु, म मद्दया हु, रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुन्या हु।”

42. येशू स्वर्ग फर्किया — चित्र 8

“भविष्यवक्ताले लगइ लेख्या थ्यो कि मेरा शिष्याले परमेश्वरको सन्देश घोषणा अद्दया हुन। तिननले सबइलाई पश्चात्ताप अद्दाइ भणन्या हुन। यदि तिननले पश्चात्ताप अर्यो भणया, परमेश्वरले तिनरा पाप क्षमा अद्दया हुन। मेरा शिष्याले यो सन्देश यरुशलेम बठेइ शुरू अद्द्या हुन। तइपछा सारा मान्स जातिका वा जान्या हुन। तमन मइले भणया रे अर्या, रे म सित भया सब कुरणीका साक्षी हौ।”

42. येशू स्वर्ग फर्किया — चित्र 9

चालीस दिनसम्म, येशू उनरा शिष्याका वा भौत बेर धेका पर्या। एक बेर, उहाँ ५०० जना भणना बरता मान्सनका वा समेत एकै बेर धेका पर्या! उनले आफ्ना शिष्यालाई भौत प्रकारले आफ जीउना छन भन्णन्या प्रमाणित अर्यो, रे उनले तिननलाई परमेश्‍वरको राज्यका बारेमि सिकायो।

42. येशू स्वर्ग फर्किया — चित्र 10

येशूले उनरा चेलालाई भण्यो, “परमेश्वरले स्वर्ग रे पृथ्वीमि भया सबइमि शासन अद्दया अधिकार मलाई दिया छ। तबइकिलाइ म तमलाई अइल भणना छु जा, रे सबै जातिका मान्सनलाई पिता, पुत्र रे पवित्र आत्माका नाउँमि बप्तिस्मा दिबर शिष्या बना। उनलाई मैले तमनलाई आज्ञा अर्या सबै कुरणी पालन अद्द सिका। याद राख, म सदाइ तमनसित हुन्या हु।”

42. येशू स्वर्ग फर्किया — चित्र 11

चालीस दिन पछा येशू मर्या बठेइ जिउना भया, उनले आफ्ना शिष्यालाई भण्यो, “मेरा पिताले तमनलाई शक्ति नदिन ज्या सम्म यरूशलेमइमि बस। उनले तमनमि पवित्र आत्मा पठाइबर यो अद्दया हुन।” पइ येशू स्वर्गमि गया, रे बादलले उनलाई तिनरा नजर बठेइ ढाक्यो। येशू सबै कुरणीमि राज्य अद्दाइ परमेश्‍वरको दाहिने हाततिर बस्‍या छन।

बाइबल कथा: मत्ती २८:१६-२०; मर्कूस १६:१२-२०; लूका २४:१३-५३; यूहन्‍ना २०:१९-२३; प्रेरित १:१-११

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।