43. मण्डलीको शुरूवात
येशू स्वर्गमि फर्किया पछा, शिष्या येशूले आज्ञा अर्या अनसार यरूशलेमइमि बसिरया।ता भया विश्वासी प्रार्थना अद्दाइ लगातार रूपमि जम्मा भया।
हरेक वर्ष, निस्तार चाडको ५०दिन पछा, यहूदीनले महत्वपूर्ण दिन, पेन्तिकोस मनाउन्या अर्नथ्या।पेन्तिकोस तइ समयथ्यो, जब यहूदीनले कटनीको उत्सव मनाउन्या अर्नथ्या।यहूदीन सारा संसार बठेइ यरूशलेममि संगै पेन्तिकोसको दिन मनाउनाइ आउँन्थ्या।तइ वर्ष, पेन्तिकोसको दिन चाइ येशूको स्वर्गारहण भया करिब१ हफ्ता पछा आयो।
जब विश्वासीन सबइ संगै थ्या, अचानक उनन बसि राख्या घर एक शक्तिशाली बतास जसो आवाजले भरियो।तइ पछा आगोका ज्वाला जसो धेकिन्या चिज सबइ विश्वासीको मुन्टामि धेकिया।उनन सबइ पवित्र आत्माले भरियाथ्या रे उनन अन्य भाषामि परमेश्वरको प्रशंसा अद्द लाग्या। तिननले यी भाषा जाणनथेइन, तर यीन भाषा पवित्र आत्माले तिननलाई बोल्न सक्षम बनायो।
जब यरूशलेममि भया मान्सनले त्यो हल्ला सुणयो, तिनन कि हुन्ना छ भणीबर हेद्दाइ आया। तिननले विश्वासीनलाई परमेश्वरले अर्या महान काम घोषणा अर्या सुणया। तिनन छक्क पणया क्याकी तिनन विभिन्न देशका भया लगइ रे विभिन्न भाषा बोल्लया भयालगइ तिननले बुझ्न सक्न्थ्या। शिष्या इजरायल बठेइ आया थ्या रे अरामी, हिब्रू वा ग्रीक बोल्न्थ्या, तर मान्सनले प्रत्येकले आफ्नो मातृ भाषामि परमेश्वरले कि अर्यो भणीबर सुणीरइ थ्या।
केइ मान्सनले शिष्यालाई मद्यले मात्तिया छन भण्यो।तर पत्रुस कल्लीया रे तिननलाई भण्यो, “मेरी कुरणी सुण! यीन मान्सन मातिया होइन! बरु, अगमवक्ता योएलले भणया कुरणी तमनले धेक्दाउ परमेश्वरले भण्यो, 'अन्तिम दिनमि, म मेरो आत्मा खणन्याउन्या हु।' “
“इस्राएलका मान्सन हो, येशू एक मान्स थ्या जइले उन को हुन भणीबर धेकाउनाइ निउती परमेश्वरको शक्ति बठेइ आश्चर्यकर्म अर्या थ्यो। यो तमनले था पाया छौ, क्याकी तमनले धेक्या छौ। तर तमनले उनलाई क्रूसमि टाँग्या!”
“येशू मर्या लगइ, परमेश्वरले उनलाई मर्या बठेइ जिउना बनायो।यइले तइ भविष्यवाणी पूरा अर्यो, जइले भणया थ्यो, ‘ तमले आफ्नो पवित्र जनलाई चिहानमि कुइन दिन्या होनु।’ हाम तसइ कुरणीका साक्षी हौँ, कि परमेश्वरले येशूलाई आजि जीउना बनायो।”
“परमेश्वर पिताले आब येशूलाई उनरो दाइन हाततिर बसाइबर उनलाई सम्मान अर्या छ। रे येशूले प्रतिज्ञा अर्या जसेरी पवित्र आत्मा पठाया छ।तमनले अइल धेक्दार्या रे सुणनार्या कुरणी पवित्र आत्माइले अद्दार्या हुन।”
“ तमनले येशूलाई क्रूसमि टाँग्यो।तर यो कुरा पक्का अरीबर जाण कि परमेश्वरले येशूलाई सबइ कुरणीका प्रभु रे ख्रिस्ट दुएइ बनायो!”
पत्रुसकि कुरणी सुणीर्या मान्सनलाई उनले भणया कुरणीले गइलो प्रभाव पणयो।तबइकिलाइ उनले पत्रुस रे शिष्यालाई सोद्यो, “भाइन हो, हामले किअददु पणन्छ?”
पत्रुसले उनलाई जवाफ दियो, “तमन सबइलाई तमरा पाप क्षमा अद्दाइ निउती परमेश्वर चाहिन्छ। तबइकिलाइ पश्चाताप अर रे तमन हरेक येशू ख्रीष्टको नाउँमि बप्तिस्मा लिय पइ परमेश्वरले तमनलाई पवित्र आत्माको वरदान लगइ दिन्या हुन।”
करिब ३,००० मान्सनले पत्रुसले भणया कुरणीमि विश्वास अर्यो रे येशूका शिष्या भया। तिननले बप्तिस्मा लियो रे यरूशलेमको मण्डलीका हिस्सा भया।
तिन शिष्याले निरन्तर रूपमि प्रेरितका शिक्षा सुणन्थ्या। तिनन अक्सर एकसाथ समय बिताउन्थ्या रे एक साथ खान्थ्या, रे एक-अर्खासित प्रार्थना अर्नथ्या।उनले एकसाथ परमेश्वरको प्रशंसा अर्यो रे उनले आफसित भया सबइ थोक एक-अर्खासित बाँड्न्या अर्नथ्या।तइ शहरमि हरेकले उनरा बारेमि असल सोच्न्थ्या।हरेक दिन, और धेरै मान्सन विश्वासी भया।
बाइबल कथा: प्रेरित १:१२-१४; २
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।