44. पत्रुस रे यूहन्नाले भिखारीलाई निको बनायो
एक दिन, पत्रुसरे यूहन्ना मन्दिर जान्ना थ्या। एक जना लङ्गडो मान्स ढोकामि बसीबर भिख माग्दा थ्यो।
पत्रुसले तइ लङ्गडो मान्स तिर हेरिबर भण्यो, “तुलाई दिनाइ मसित पैसा त आथिन।तर मसित जी छ, म तुलाई दिन्या हु।येशूका नाउँमि, उठ रे हिँट!”
उतनजेइ, परमेश्वरले तइ लङ्गडो मान्सलाई निको बनायो। पइ ऊ हिट्टोइ उफ्फडोइ परमेश्वरको प्रशंसा अद्द लाग्यो।मन्दिरको चोकमि भया मान्सनले यो धेकीबर अचम्म माणयो।
थोक्काइ बेरमी मान्सनको भीड तइ निको भया मान्सलाई हेद्दाइ आयो।पत्रुसले तिननलाई भण्यो, “यो मान्स निको भयो भणीबर अचम्म नमान। हामले उनलाई हामरो आफ्नोइ शक्तिले अथवा हामले परमेश्वरलाइ आदर अर्या हुनाले निको बनाया होइन। बरु उन येशु हुन, जइले यिनलाइ आफ्नो शक्तिले निको बनाया हो, क्याकी हाम येशुमि विश्वास अद्दाउ।”
“तमनइ हौ जइले रोमी राज्यपाललाई येशूलाई मार भणया। सबैलाई जीवन दिन्यालाई तमनले मार्या। तर परमेश्वरले उनलाई मृत्यु बठेइ जीउनो बनायो।तमनलाई आफ कि अद्दा छु भणीबर था नभया लगइ, जब तमन इसो अद्दाथ्या, भविष्यवक्ताले भणया कुरणी साँचो भयो। तिननले भण्यो कि ख्रिस्टले कष्ट भोग्द्या हुन रे मद्दया हुन। परमेश्वरले यइलाई इसेरी हुनदियो। तबइकिलाइ आब, पश्चाताप अर रे परमेश्वरतिर फर्क ताकि उनले तमरा पाप धोइ दीउन।”
जब मन्दिरका अगुवाले पत्रुस रे यूहन्नाले भणया कुरणी सुणयो, तिनन भौत विचलित भया। तबइकिलाइ तिननले उनलाई पकोडयो रे जेलमि हालि दियो।तर भौत मान्सनले पत्रुसको सन्देशलाई विश्वास अर्यो। रे येशूमि विश्वास अद्द्या मान्सनको संख्या बढीबर करिब ५,००० भयो।
अर्को दिन, यहूदी अगुवानले पत्रुस रे यूहन्नालाई प्रधानपूजारी रे और धार्मिक अगुवानको सामने लेया। तिननले लङ्गडा भया मान्सलाई लगइ लेया।उनले पत्रुस रे यूहन्नालाई सोध्यो, “कइ शक्ति बठेइ तमनले यइ लङ्गडो मान्सलाई निको पाणया?”
पत्रुसले जवाफ दियो, “तमरा साम्ने कल्लीया यइ मान्स येशू ख्रिस्टको शक्ति बठेइ निको पाणीयो।तमनले येशूलाई क्रूसमि टाँग्या, तर परमेश्वरले उनलाई आजि जीउना बनायो! तमनले उनलाई अस्वीकार गर्यो, तर येशूको शक्ति बाहेक मुक्ति पाउन्या अर्खो केइ उपाय आथिन!”
पत्रुस रे यूहन्नाले तसेरी साहससित बोल्या धेकीबर तिन अगुवान छक्क पणया। क्याकी तिननले धेक्या थ्यो कि उनन साधारण रे अशिक्षित मान्सन थ्या।तर पछा यीन मान्सन येशूसित रन्थ्या भणीबर तिननलाई याद भयो। तबइकिलाइ तिननले तिननलाई भण्यो, “यदि तमनले यइ मान्स येशूका बारेमि मान्सनलाई और केइ सन्देश दिया भणया हाम तमनलाई भौत दण्ड दिन्या हौ।” इसा भौत कुरणी भणी सक्या पछा तिननले पत्रुस रे यूहन्नालाई जान दियो।
बाइबल कथा: प्रेरित ३-४:२२
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।