45. स्तिफनस रे फिलिप
शुरूका मण्डलीका अगुवान मध्ये स्तिफनस नाउँ भया एकजना मान्स थ्या। सबइले उनलाई सम्मान अर्न्थ्या। पवित्र आत्माले उनलाई भौत शक्ति रे बुद्धि दियो। स्तिफनसले भौत चमत्कार अर्यो। भौत मान्सनले उनलाई विश्वास अर्यो जब उनले तिननलाई येशूमि भरोसा अद्द सिकायो।
एकदिन, जब स्तिफनसले येशूको विषयमि शिक्षा दिन्नाथ्या, येशूमि विश्वास नअद्द्या केइ यहूदी स्तिफनससित विवाद अद्द लाग्या। तिनन भौत क्रोधित भया, तबइकिलाइ तिनन धार्मिक अगुवाका वा गया रे स्तिफनसको सम्बन्धमि झूटी कुरणी भण्यो। तिननले भण्यो, “उइले मोशा रे परमेश्वरका बारेमि दुष्ट कुरणी भणया हामले सुणया!” तबइकिलाइ धार्मिक अगुवानले स्तिफनसलाई पकोडीबर प्रधान पूजाहारी रे यहूदीका और अगुवानका वा लेया। भौत झूटा साक्षी आया रे स्तिफनसका बारेमि झूटि बोल्या।
प्रधान पूजारीले स्तिफनसलाई सोध्यो, “कि यी मान्सनले तेरा बारेमि सत्य बोल्ला छन्?” स्तिफनसले प्रधान पूजाहारीलाई जवाफ दिनाइ भौत कुरणी भणन लाग्या। स्तिफनसले भण्यो कि परमेश्वरले अब्राहाम बठेइ येशूको समयसम्म परमेश्वरले इजरायलका मान्सनकि निउती भौत अचम्मका काम अर्या छ। तर मान्सन सदाइ परमेश्वरको अनाज्ञाकारी भया। स्तिफनसले भण्यो, “तमन हठी रे परमेश्वरको विरुद्धमि विद्रोही छौ। तमन सदाइ पवित्र आत्मालाई इन्कार अर्न्छौ, जसेरि हामरा पुर्खाले सदाइ परमेश्वरलाई इन्कार अर्यो रे उनरा भविष्यवक्तालाई मार्यो। तर तमनले त तिननले अर्या भणना खराब काम अर्या! तमनले ख्रिस्टलाई मार्या!”
जब तिन धार्मिक अगुवाले यो कुरणी सुणयो, तिनन इति क्रोधित भय कि तिननले आफ्ना कान बन्द अर्यो रे उच्चा स्वरले कला हाल्यो। तिननले स्तिफनसलाई शहर बाइर घसाररिबर लईया रे उनलाई माद्दाइ ढुङ्गाले हाणयो।
जब स्तिफनस मद्दाइ वटीयो, उइले कला हालीबर भण्यो, “येशू, मेरो आत्मालाई ग्रहण अर।” पइ उइले आफ्ना घुँडा टेक्यो रे आजि ठुला स्वरमि इसो भणीबर कला हाल्यो, “प्रभु, यइ पापको दोष यिननमि जनलागउ।” तइपछा उ मर्यो।
तइ दिन बठेइ यरूशलेममि भौत मान्सनले येशूका शिष्यालाई सताउन लाग्या, तबइकिलाइ विश्वासी और ठाउँमि भागीबर गया। तर तति भया लगइ तिननले आफ गया सबइ ठाउँमि येशूको प्रचार अर्यो।
फिलिप नाउँ भया येशूमि विश्वास अद्दया एकजना थ्या। उन सतावटका बेलामि यरूशलेम बठेइ भागीबर जान्या विश्वासीन मध्येका एक थ्या। उन सामरिया क्षेत्रमि गया जाँ उनले येशूका बारेमि प्रचार अर्यो। ता का भौत मान्सनले विश्वास अर्यो रे मुक्ति पायो। एक दिन, परमेश्वरका एक दूतले फिलिपलाई मरूभूमिका एक सडकमि जानाइ भण्यो। जब उन तइ बाटामि हिट्टा थ्या, फिलिपले आफ्नो रथमि सवार एक जना मान्सलाई धेक्यो।तिन इथियोपियाका एकजना महत्वपूर्ण सरकारी अधिकारी थ्या। पवित्र आत्माले फिलिपलाई गइबर तइ मान्ससित कुरणी अद्दाइ भण्यो।
तबइकिलाइ फिलिप रथमि गया। उनले तइ इथियोपियाका मान्सले यशैया अगमवक्ताले लेख्या पत्र बठेइ पड्डार्या सुणयो। तइ मान्सले पढ्यो, “मारिनलाइ लइइया थुमा जसाइ उन डोर्याइबर लइयइया, रे जसेरि थुमा मौन हुन्छ, तसेरी उनले एक शब्द लगइ बोलेइन। तिननले उनलाई नस्वाउन्या व्यवहार अर्यो रे उनलाई आदर अरेइन। तिननले उनरो जीवन उन बठेइ खोस्यो।”
फिलिपले तइ इथियोपियाका मान्सलाई सोध्यो, “तमले पढढार्या कुरणी कि तम बुज्नछौ?” तइ इथियोपियाका मान्सले जवाफ दियो, “नइ। कसैले मेरि निउती व्याख्या नअर्या सम्म म कसेरी बुज्ज सक्दउ ब? कृपया आस रे मेरा छेऊमि बस। कि यशैयाले आफ्नाइ बारेमि लेख्या थ्यो अथवा और कसइका बारेमि?”
फिलिप रथमि चढीबर बस्या। फिलिपले तइ इथियोपियाका मान्सलाई यशैयाले येशूका बारेमि लेख्या थ्यो भणी व्याख्या अरिदियो। फिलिपले परमेश्वरको वचनका और भौत भागको बारेमि लगइ भण्यो। इसेरि, उनले तइ मान्सलाई येशूका बारेमि सुसमाचार सुणायो।
जब फिलिप रे तइ इथियोपियाका मान्स यात्रा अद्दाथ्या, उनन केइ पानी भया ठाउँमि पुग्या। तइ इथियोपियाका मान्सले भण्यो, “हेर! याँ थोकाइ पानी छ! कि म बप्तिस्मा लिन सक्दउ?" पइ उनले चालकलाई रथ रोक्दाइ भण्यो।
तबइकिलाइ उनन तलतिर पानी भया ठाउँमि गया, पइ फिलिपले तइ इथियोपियाका मान्सलाई बप्तिस्मा दियो। उनन पानी बठेइ बाइर आया पछा, अचानक पवित्र आत्माले फिलिपलाई अर्खा ठाउमि लैइइया। ता उनले मान्सनलाई येशूका बारेमि भणनाइ गया।
त्यो इथियोपियाका मान्स आफ्ना घरतिर जानाइ आफ्नो यात्रालाई निरन्तरता दियो। उइले येशूलाई चिन्यामि उ भौत खुशी थ्यो।
बाइबल कथा: प्रेरित ६-८
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।