46. पावल विश्‍वासी भया

46. पावल विश्‍वासी भया — चित्र 1

शाऊल नाउँ भया एक जना मान्सथ्या जइले येशूमि विश्वास अद्दाइन थ्या। जब तिन जवान थ्या, उनले स्तिफनसलाई मद्दया मान्सनको लत्ताको रक्षा अर्यो। पछा उनले विश्वासीनलाई सतायो। उन यरूशलेमका घर-घर जान्थया रे बैकान रे स्वानीन दुएइलाइ पकडिबर जेलमि हालि दिन्थ्या। त्यसपछि प्रधान पूजारीले शाऊललाई दमस्कसको शहरमि गइबर ख्रीष्टियानलाई पकडीबर उनलाई यरूशलेममि फर्काइबर ल्याउन्या स्वीकृति दियो।

46. पावल विश्‍वासी भया — चित्र 2

तबइकिलाइ शाऊल दमस्कस जान लाग्या। उन सहरमि पुग्नु हइ ठीक अगाडी, अग्गासमि एक उज्यालो ज्योति उनरा चारैतिर चम्कियो, रे उन भुईँमि लोट्या। शाऊलले कसइले इसो भणनार्या सुणयो, “शाऊल! शाऊल! मलाई क्याइ सताउना छ इ?” शाऊलले सोद्यो, “प्रभु, तम को हौ?” येशूले उइलाई जवाफ दियो, “म येशू हुँ। तुइले मलाई सताउन्ना छइ!”

46. पावल विश्‍वासी भया — चित्र 3

जब शाऊल उठ्या, उनले केइ धेक्द सकेइन।उनरा मित्तुरले उनलाई दमस्कस सम्म लैया।शाऊलले तीन दिन सम्मन केइ खायो नतपियो।

46. पावल विश्‍वासी भया — चित्र 4

दमस्कसमि हननिया नाउँ भया एक जना शिष्य थ्या।परमेश्‍वरले उनलाई भण्यो, “तइ घरमि जा जाँ शाऊल बसिरइ छन।तेरा हात उइमि राख,ताकि उइले आजि धेक्द सकउ।” तर हननियाले भण्यो, “प्रभु, यइ मान्सले विश्‍वासीलाई कसेरी सताया छ भणी मैले सुणया छु।” परमेश्‍वरले उइलाई जवाफ दियो, “जा! यहूदीन रे अन्य समूहका मासनलाई मेरो नाउँ घोषणा अद्दाइ मइले उनलाई चुन्या छु। मेरो नाउँको खातिर उइले भौत दुःख भोग्‍दया हो।”

46. पावल विश्‍वासी भया — चित्र 5

तबइकिलाइ हननिया शाऊलका वाँ गया, उनरा हात उइमि राख्यो, रे भण्यो, “येशू, जो तिन आउन्नार्या बाटामि धेका पणया, उनले मलाई तेरा वा पठाया छ ताकि तु आजि धेक्द सकइ, रे पवित्र आत्माले भरियो।” शाऊल उत्न्जेइ आजि धेक्द स्क्द्या भयो, रे हननियाले उइलाई बप्तिस्मा दियो।पइ शाऊलले केइ खान्या कुरणी खायो रे आजि बलियो भया।

46. पावल विश्‍वासी भया — चित्र 6

तइका केइ बेर पछा, शाऊलले दमस्कसमि भया यहूदीनलाई इसो भणीबर प्रचार अद्द लाग्या, “येशूइ परमेश्‍वरका पुत्र हुन!” यहूदी छक्क पणया क्याकी शाऊलले विश्वासीनलाई माद्द खोज्या थ्या, रे आब तिनले येशूमि विश्वास अर्यो! शाऊलले यहूदीसित बहस अर्यो। येशूइ ख्रिस्ट हुन भणी उनले धेकायो।

46. पावल विश्‍वासी भया — चित्र 7

भौत दिनपछा, यहूदीनले शाऊललाई माद्द्या योजना बनायो।उइलाई माद्दाइ निउती उनले शहरका ढोकामि लुकीबर ब्स्साइ मान्सन पठायो।तर शाऊलले तइ योजनाका बारेमि सुणयो, रे उनरा मित्तुरले उनलाई भाग्‍दाइ सहयोग अर्यो।एक रात तिननले उइलाई डालामि हालीबर शहरको पर्खाल बठेइ तलतिर ओलाइ दियो।शाऊल दमस्कस बठेइ भाग्या पछा, उनले येशूका बारेमि प्रचारअद्दया काम लगातार अरी राख्यो।

46. पावल विश्‍वासी भया — चित्र 8

शाऊल प्रेरितसित भेट्टाइ यरूशलेममि गया, तरउनन तिन सित डराया थ्या।पइ बरनाबास नाउ भया एक जना विश्‍वासीले शाऊललाई प्रेरितका वा लईया। कसेरी शाऊलले साहाससित दमस्कसमि प्रचार अर्या थ्यो भणीबर बरनाबासले उनलाई बताइदियो। तइपछा प्रेरितले शाऊललाई स्वीकार अर्यो।

46. पावल विश्‍वासी भया — चित्र 9

यरूशलेममि भया सतावाट बठेइ भाग्या केइ विश्‍वासी टाढा एन्टिओखियाको शहरमि गया रे येशूको बारेमि प्रचारअर्यो।एन्टिओखियाका प्रायः मान्सन यहूदी थेइन, तर पइला बेर तिननमि लगइ भौत जना विश्‍वासी भया।बरनाबास रे शाऊल ताँ यीन नयाँ विश्‍वासीलाई येशूका बारेमि आजि बडता शिक्षा दिनाइ रे मण्डलीलाई बलियो बनाउनाइ गया।येशूमि विश्‍वास अद्दयालाई पहिलो बेर “ख्रीष्टियान” भणीया ठाउँ एन्टियोखिया थ्यो।

46. पावल विश्‍वासी भया — चित्र 10

एक दिन, जब एन्टियोखियामि भया ख्रीष्टियान उपवासरे प्रार्थना अद्दाथ्या। तब पवित्र आत्माले उनलाई भण्यो, “मेरा निउती बरनाबास रे शाऊललाई तइ कामकि निउती अलग अर, जइ कामकि निउति मइले तिननलाई बोलाया छु।” तबइकिलाइ एन्टियोखियाको मण्डलीले बरनाबास रे शाऊलका निउती प्रार्थना अर्यो रे उनरा हात तिननमि राख्यो।पइ उनले तिननलाई येशूका बारेमि और भौत ठाउँमि सु-समाचार प्रचार अद्दाइ पठायो।बरनाबास रे शाऊलले विभिन्‍न मान्सनका समुहलाई शिक्षा दियो, रे भौत मान्सनले येशूमि विश्‍वास अर्यो।

बाइबल कथा: प्रेरित ८: १-३; ९:१-३१; ११:१९-२६; १३-१४

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।