47. पावल रे सिलास फिलिप्पीमि
जब शाऊलले रोमी साम्राज्यभरि यात्रा अर्यो, उनले आफनो रोमी नाउँ “पावल” को प्रयोग अद्द लाग्या। एकदिन, पावल रे उनरा मितत्तुर सिलास फिलिप्पीका शहरमि येशूका बारेमि सु-समाचार सुणाउनाइ गया। उनन शहरका बाइर नदीको छेउमा गया जाँ मान्सन प्रार्थना अद्दाइ जम्मा भएका थिए। ता उनले लिडिया नाउँ भयकी एकजना स्वानीलाई भेटयो जो एक व्यापारी थ्या। उनले परमेश्वरलाई प्रेम अर्थिन रे उनरो आराधना अर्थिन।
येशूका बारेमी सन्देशलाई विश्वास अद्दाइ परमेश्वरले लिडियाको हृदय खोलिदियो। पावल रे सिलासले उनलाई रे उनरो परिवारलाई बप्तिस्मा दियो। उनले पावल रे सिलासलाई आफ्ना घर बस्साइ निम्तो दियो, तबइकिलाइ तिनन ताँ बस्या।
पावल रे सिलास यहुदीले प्रार्थना अद्दया ठाउँमि मान्सनसित अक्सर भेट्टया अर्नथ्या। हरेक दिन जब उनन ता हिट्टया अर्नथ्या, भूतात्मा लागेकी एक नौकर्नी केटीले उनलाई पछ्याउन्या अर्न्थि। तइ भूतात्माको माध्यम बठेइ उनले मान्सनको जोखना हेद्दया अर्न्थि, यिसेरि जोखना हेरिबर उनले आफ्ना मालिककि निउति भौत कमाइ अरिदिन्थीन।
तइ नौकर्नी केटीले इसो भणनि कला हाल्ल पसी, “यीन मान्सन सर्वोच्च परमेश्वरका सेवक हुन। यिननले तमनलाई मुक्तिको बाटाको बताइरहेका छन्!” तिनले यो इति धेरै बेर अरिन कि पावल रिसाए।
त्यछाड्डीबार एक दिन जब नौकर्नी केटी कला हाल्ल पसी, पावल उइकितिर फर्किबर उइ भितर भया दुष्टात्मालाई भण्यो, “येशूका नाउँमि, तइ बठेइ बाइर आ।” तसइ बेला तइ दुष्टात्माले उइलाई छाडीबर गयो।
तइ नौकर्नी केटीका मालिक भौत क्रोधित भया! तिननले था पायो कि, दुष्टात्मा बिना तइ कुमारी केटीले मान्सनलाई भविष्य बताउन सक्दइन। यइको मतलब यो हो कि मान्सनले आब उइको मालिकलाई उनरो भविष्य बताउनाइ निउती दीनइन।
तबइकिलाइ तइ नौकर्नी केटीका मालिकले पावल रे सिलासलाई रोमी अधिकारीका वा लइजाइबर गया, जइले उनलाई हाणयो रे जेलमी हालिदियो।
उनले पावल रे सिलासलाई झ्यालखानको तइ भागमि राख्यो जाँ सब भणना भौत चौकीदार थ्या। रे उनरा खुट्टामि ठिँगुरो लगइ ठोकिदियो। तर आधरातका समयमि, उनन परमेश्वरको प्रशंसाका गीत गाउन्ना थ्या।
एक्कासी, ता एक ठूलो भूईँचालो गयो! झ्यालखानाका सब ढोका खोलियो, रे सबइ कैदीका साङ्ला लगइ खुल्या।
तब जेलका हाकिम निन बठेइ बिउजिया। पइ उनले जेलका ढोका खुल्या धेक्यो। सबइ कैदी भाग्या हुन भणीबर उनले सोच्यो। रोमी अधिकारीले उनलाई जान दियो भणीबर उइलाई मद्द्या हुन भणन्या डर थ्यो, तबइकिलाइ उन आत्महत्या अद्दाइ तयार भया! तर पावलले उइलाई धेक्यो रे कला हाल्यो, “रोक! आफैलाई चोट जनदीय। हाम सबइ या छौं।”
उन डरले काम्बर पावल रे सिलासका अगाडी आया रे सोध्यो, “उद्धार पाउनलाई मैले कि अददु पणन्छ?” पावलले जवाफ दियो, “येशू प्रभुमि विश्वास अर, रे तम रे तमरा परिवारले उद्धार पाउन्या हो।” पइ तिन हाकिमले पावल रे सिलासलाई आफ्नो घरभितर लइइया रे उनरा घा धोइदियो। पावलले उनरा घरमि भया सबैलाई येशूको बारेमि सु-समाचार सुणायो।
तिन हाकिम रे उनरा सब परिवारले येशूमि विश्वास अर्यो, तबइकिलाइ पावल रे सिलासले बप्तिस्मा दियो। पइ तिन हाकिमले पावल रे सिलासलाई भोजन दियो, रे उनन सबैले एकसाथ आनन्द मनायो।
तइका अर्खा दिन शहरका अगुवानले पावल रे सिलासलाई जेल बठेइ छाडिदियो रे उनलाई फिलिप्पी बठेइ निकल भण्यो। पावल रे सिलासले लिडिया रे और केइ मित्तुरलाई भेटयो रे तइ पछा शहर छाडीबर गया। येशूका बारेमि सु-समाचार फैलिँनोइ गयो, रे मण्डली बढ्ढोइ गयो।
पावल रे और विश्वासीनका अगुवान भौत शहरमि येशूको बारेमि सु-समाचार प्रचार अद्दाइ रे शिक्षा दिनाइ यात्रा अर्यो। उनले मण्डलीमि भया विश्वासीनलाई उत्साह दिनाइ रे सिकाउनाइ भौत चिठ्ठी लगइ लेख्यो। यीन मध्ये केइ चिठी आज बाइबलका किताबमि सामेल भया छन।
बाइबल कथा: प्रेरित १६:११-४०
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।