48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 1

जब परमेश्‍वरले संसारको सृष्टि अर्यो, सबै कुरणी सिद्ध थ्यो। ता केइ पाप थेइन। आदम रे हव्वाले एक-अर्कालाई प्रेम अर्नथ्या, रे उनले परमेश्‍वरलाई प्रेम अर्नथ्या। ता केइ रोग अथवा मृत्यु थेइन। त्यो परमेश्‍वरले चाया संसार थ्यो।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 2

बगैँचामि हव्वालाई झुक्याउनाइ निउती शैतान सर्प बठेइ बोल्यो। पइ हव्वाले रे आदमले परमेश्‍वरका विरुद्धमि पाप अर्यो। उनले अर्या पापका लाग्दा, पृथ्वीमि सबइ मान्सनको मृत्यु हुन्छ।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 3

आदम र हव्वाले पाप अर्या हुनाले केइ आजि ननिको भयो। उनन परमेश्‍वरका शत्रु भया। जइका लाग्दा, तइ समय पछा हरेक मान्सले पाप अर्या छ। हरेक मान्सन जन्मनाइ परमेश्‍वरका शत्रु हुन। परमेश्‍वर रे मान्सको बीचमि शान्ति थेइन। तर परमेश्वरले शान्ति स्थापना अद्द चाहनथ्या।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 4

परमेश्‍वरले प्रतिज्ञा अर्या थ्यो कि हव्वाको एकजना सन्तानले शैतानको शिर कुच्याउन्या हो, रे शैतानले उइको कुर्कुच्चा खोप्द्या हो। त्यो भणया यो थियो कि शैतानले ख्रिस्टलाई मद्दया हो, तर परमेश्‍वरले उनलाई आजि जीउना बनाउन्या हुन। ख्रिस्टले शैतानको शक्तिलाई सदाइकि निउती खोस्सया हुन। भौत वर्ष पछा, परमेश्‍वरले येशूइ ख्रिस्ट हुन भणी प्रकट अरिदियो।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 5

परमेश्वरले नोआलाई आफ्नो परिवारलाई जलप्रलय बठेइ बचाउनाइ जहाज बनाउनाइ भण्यो। इसेरी परमेश्वरले उनमि विश्वास अद्द्या मान्सनलाई बचायो। तसेरि, सबैजना आफ्ना पापको कारण परमेश्वर बठेइ मृत्यु पाउने योग्यका छन। तर परमेश्‍वरले उनमि विश्‍वास अद्दया सबलाइ बचाउनाइ येशूलाई पठायो।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 6

सयौँ वर्षसम्म, पूजारीले मान्सनकि निउती उनरा पापका लाग्दा उनले पाउनुपड्डया दण्डको साटो परमेश्‍वरलाई निरन्तररूपमि बलि चढाइदियो। तर तिन बलिले उनरा पाप क्षमा अद्द सकेइन। पुजारीले अद्द नसक्दया कुरणी येशूले अर्यो। उनले आफैँलाई एकमान्तर बलिका रूपमि सुम्पीदियो जइले संसारका सबै मान्सनका पाप उठाइबर लइजान सक्दया हुन। हामले हामरा पापकि निउती पाउनु पड्डया र् सजाय उनले आफइमि स्वीकार अर्यो। तबइकिलाइ येशू महान प्रधान पूजारी हुन।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 7

परमेश्‍वरले अब्राहामलाई भण्यो, “म पृथ्वीका सब मान्स जातिलाइ तु बठेइ आशिषित् दिन्या हु।” येशू अब्राहामका एक सन्तान थ्या। परमेश्वरले सब मान्स जातिलाइ उन बठेइ आशिषित दिनाहान, क्याकी परमेश्वरले येशूमि विश्वास अद्दया सबलाई पाप बठेइ बचाउनाहान। जब यीन मान्सनले येशूमि विश्वास अद्दाहान, परमेश्वरले तिननलाई अब्राहामको सन्तान माणनाहान।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 8

परमेश्‍वरले अब्राहामलाई उनरा चेला, इसहाकलाई, एक बलि स्वरूप चढाउनाइ भण्यो। तर परमेश्‍वरले बलिकि निउती उनरा चेला इसहाकका सट्टामि एक थुमा प्रदान अर्यो। हाम सबजना हामरा पापको खातिर मर्न योग्यका छौ! तर परमेश्वरले येशूलाई हाम्रो ठाउँमा मर्नको लागि बलिदानको रूपमा दिनुभयो। त्यसैले हामी येशूलाई परमेश्वरको थुमा भन्छौं।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 9

जब परमेश्‍वरले मिश्रदेशमि अन्तिम विपत्ती पठायो, उनले हरेक इस्राएली परिवारलाई एक खोट नभया थुमालाई माद्दाइ भयो। रे तइको रगत उनरा घरको ढोकाको चौकोसका दुइतिरका खामा रे मल्तिरका भागमि लाउनाइ भण्यो। जब परमेश्‍वरले त्यो रगत धेक्यो, उनले तिनरा घरलाई छाडीबर गया रे उनरा जेठा चेलालाई मारेइन। यइ घटनालाई परमेश्वरले निस्तार चाड भण्यो।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 10

येशू हामरा निउती निस्तारको थुमा जसाइ हुन। उनले कभइ पाप अरेइन, तबइकिलाइ उनमि केइ गल्ती थेइन। उन निस्तारचाडको समयमि मारिया थ्या। जब कसैले येशूमि विश्‍वास अरन्छ, येशूको रगतले तइ मान्सको पापको मोल तिरिदिन्छ। यो इसो हो कि परमेश्वरले तइ मान्सलाई पार अर्यो, क्याकी उनले उइ लाई दण्ड दिनाइन।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 11

परमेश्‍वरले इस्राएलीसित एक करार बाँध्यो, क्याकी तिनन तिनरा मानसन थ्या जसलाई उनले आफ्‍नो हुनाइ चुन्या थ्यो। तर आब परमेश्‍वरले एक नयाँ करार बनाया छ, जो सबैकि निउति उपलब्ध छ। कोइलगइ मान्सले येशूमि विश्‍वास अरीबर नयाँ करार स्वीकार अरन्छ भणया,तिनन परमेश्‍वरका सन्तान बन्‍न सक्दाहान।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 12

मोशा एक अगमवक्ता थ्या जइले परमेश्‍वरको वचनको घोषणा ठूलो शक्तिसित अर्यो। तर येशू चाहिँ सब हइ महान अगमवक्ता हुन। उन परमेश्‍वर हुन, तबइकिलाइ उनले अर्या रे भणया सबइ थोक परमेश्‍वरको काम रे वचन थ्या। तबइकिलाइ पवित्र शास्त्रले येशूलाई परमेश्‍वरको वचन भणन्छ।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 13

परमेश्‍वरले दाऊद राजालाई प्रतिज्ञा अर्या थ्यो कि उनरा सन्तान मध्ये एकजनाले राजाका रूपमि सदाइकि निउती परमेश्‍वरका मान्समि राज्य अद्दया हुन। येशू परमेश्‍वरका पुत्र रे ख्रिस्ट हुन, तबइकिलाइ उनइ दाऊदका सन्तान हुन जइले सदा-सर्वदा राज्य अद्द सक्दाहान।

48. येशू प्रतिज्ञा अरिया ख्रिस्ट हुन — चित्र 14

दाऊद इस्राएलका राजा थ्या, तर येशू चाहिँ सारा संसारका राजा हुन! उन आजि आउन्या हुन रे सदाइकि निउती न्याय रे शान्तिसित आफ्नो राज्य शासन अद्दया हुन।

बाइबल कथा: उत्पत्ती १-३, ६, १४, २२; प्रस्थान १२, २०; २ शमूएल ७; हिब्रु ३:१-६, ४:१४-५:१०, ७:१-८:१३, ९:११-१०:१८; प्रकाश २१

रीडर में पढ़ें

खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।