8. परमेश्वरले योसेफ रे उनरा परिवारलाइ बचायो
भौत वर्ष पछा, जब याकूब बुदा भया थ्या, उनले आफ्नो मन पड्डया चेलो योसेफलाइ भेडाबाख्रा चराउन गया आफ्ना दाइनलाइ हेद्दाइ पठायो।
योसेफका दाइनले उनलाइ घृणा अर्नथ्या, क्याकी तिनरा बाले योसेफलाइ सब भन्दा बरता माया अर्न्थ्या, क्याकी योसेफले आफ उनरा शासक भया सपना धेक्या थ्यो। जब योसेफ उनरा दाइका वा आया, तिननले उइको अपहरण अर्यो रे केइ दास व्यापारी सित बेचिदियो।
योसेफका दाइले घर फर्कना हइ अगाडी योसेफका लत्ता चिरी दियो रे तइलाइ बाख्राका रगतमि दुबाइ दियो। पइ तिननले तइ लबेदा आफ्ना बालाइ धेकायो ताकी योसेफलाइ कसइ जंगली जनावरले मर्या रइछ भणी तिनले सोचुन। यो धेकीबर याकूब भौत दुःखी भया।
तिन दास व्यापारीले योसेफलाइ मिश्रदेशमि लैया। मिश्र देश नील नदिका किनारमि पणन्थ्यो, यो भौत ठुलो रे शक्तिशाली देश थ्यो। तिन व्यापारीले योसेफलाइ एक जना धनी सरकारी कर्मचारीका हातमि बेचिदियो। योसेफले आफ्नो मालिकको निक्केरि हेरचाह अर्यो, रे परमेश्वरले उइलाइ आशिष दियो।
योसेफका मालिककी स्वानीले योसेफसित सिन चाहिन, तर परमेश्वरको विरुद्ध इसेरी पाप अद्द उनले इन्कार अर्यो। यइका लाग्दा उन रिसाइन रे योसेफको विरुद्धमि झुटो आरोप लाइन, जइको कारण योसेफलाइ समाइयो रे झ्यालखानामि हालियो। झ्यालखानामि हुन्ज्या लगइ योसेफले परमेश्वरमि विश्वासयोग्य रहयो, रे परमेश्वरले योसेफलाइ आशिष दियो।
दुइ वर्ष पछा, निर्दोष भयालगइ योसेफ आजी झेलखानाइमि थ्या। एक रात मिश्रीका राजा जइलाई तिननले फारो भणन्थ्या, उनले दुइ सपना धेक्यो रे तइले उनलाइ भौत सतायो। उनरा कसइ सल्लाहकारले लगइ तइ सपनाको रहस्य बताउन सकेइन।
परमेश्वरले योसेफलाइ सपनाको अर्थ बताउन स्क्द्या वरदान दिया थ्यो, तबइकिलाइ फारोले योसेफलाइ झेल बठेइ बोलाउन लायो। योसेफले फारोको सपनाको अर्थ बताइदियो रे भण्यो, “परमेश्वरले आबको सात वर्षसम्म भौत अन्न दिन्या हुन रे तइ पछाका सात वर्ष अनिकाल हुन्या हो।”
योसेफसित फारो इति खुशी भया कि उनले योसेफलाइ सारा मिश्र देशभरिका दोसरो शक्तिशाली मान्स नियुक्त अर्यो।
योसेफले मान्सनलाइ भौत फसलको सात वर्षमि भौत अन्न जम्मा अद्द लायो। पइ सात वर्ष अनिकालको समयमि योसेफले तिन अन्न बेच्यो ताकि मान्सनकि निउती चाइन्या जति खान्या कुरणी पुगउ।
अनिकाल मिश्र देशमामि मान्तर नभइबर कनान देशमि लगइ भया थ्यो जाँ याकूब रे उनरा परिवार बसन्थ्या।
तबइकिलाइ याकूबले आफ्ना जेठा चेलानलाइ मिश्र देशमि खानेकुरा किन्नाइ पठायो। दाइन खाने कुरणी किन्नाइ योसेफका अगाडी कलिया लगइ तिननले योसेफलाइ चिनेइन, तर योसेफले तिननलाइ चिनिहाल्यो।
पइ आफ्ना दाइन परिवर्तन भया छन कि छैनन् भणीबर जाँच अर्या पछा योसेफले तिननलाइ भण्यो, “म तमरो भाइ योसेफ हुँ! जनडरा! तमले मलाइ दासका रूपमि बेचिबर मेरो ननिको अद्द खोज्या, तर परमेश्वरले त्यो ननिको लाइ असलमि बदल्यो अर्यो! आस रे मिश्र देशमा बस ताकि तमनलाइ रे तमरा परिवारलाइ मैले जुटाउन सकु।”
जब योसेफका दाइन घर फर्क्या योसेफ आजिलगइ जिउनोइ भया खबर आफ्ना बा याकूबलाइ सुणायो, उन भौत खुशी भया।
याकूब बुढा भया लगइ आफ्ना सारा परिवारलाइ लइजाइबर उन मिश्रदेशमि गया रे तिनन सब ताइ बस्स लाग्या। मद्दा हइ अगाडी याकूबले आफ्ना सब चेलालाइ आशिष दियो।
परमेश्वरले अब्राहामलाइ प्रतिज्ञा अर्या करार अब्राहाम बठेइ इसहाकमि, पइ याकूबमि, रे याकूबका बाह्र चेला रे उनरा परिवारमि भइ रह्यो। तिन बाह्र चेलाका सन्तान बठेइ इस्राएलका बाह्र कुल भया।
बाइबल कथा : उत्पत्ति ३७-५०
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।