9. परमेश्वर बठेइ मोशालाइ बोलावट
योसेफ मर्या पछा, तिनरा सब आफन्त मिश्र देशइमि बस्स पस्या। तिनन रे तिनरा सन्तान लगइ भौत वर्षसम्म ताइ बसोबास अद्द लाग्या रे उनरा भौत सन्तान भया। तिननलाइ ‘इस्राएली’ भणीन्थ्यो।
सयौं वर्ष पछा इस्राएलीको संख्या भौत बडी भइसक्या थ्यो। योसेफले अर्या सब असल काम बिसरि सक्या थ्या रे मिश्री तिनन सित धन्यवादी थेइन। उनन इस्राएलीसित डराउन पस्या क्याकी उनन संख्यामि भौत बरता थ्या। तबइकिलाइ तइ समयमि मिश्रदेशमि राज्य अद्दार्या फारोले इस्राएलीलाइ मिश्रीका दास बनायो।
मिश्रीले इस्राएलीलाइ भौत भवन रे पुराइ सहर समेत बनाउन लायो। कडा परिश्रमले उनरो जीवनलाइ दयनीय बनायो, तर परमेश्वरले उननलाइ आशिष् दियो, रे उनरा सन्तान आजि बढ्डाइ गया।
इस्राएलीले भौत बच्चा जन्माउनार्या फरोले धेक्यो, तबइकिलाइ उनले आफ्ना मान्सनलाइ सब इस्राएलीका भर्खर जन्मिया चेलालाइ नील नदीमा खितीबर माद्द्या आदेश दियो।
कसइ एक इस्राएली आइमाइले एक चेलो जन्मायो। उनले आफले सक्नज्या सम्म तइ बालकलाइ लुकाइबर राख्यो।
जब तइ बालकका इजाले उइलाइ और भौत समय लुकाउन सकेइन, उइलाइ मारिना बठेइ जोगाउनाइ तिननले एक कोक्रो बनाइबर बालकलाइ तइ भितर राखिदियो रे नील नदीका किनारमि नर्कटका झाडीका बीचमि छाडिदियो। बालककी दिदीले उसलाइ कि हुन्या रइछ भणीबर हेरिरइ।
फारोकी चेलीले तइ कोक्रोलाइ धेकी रे तइ भीतर कि रइछ भणी खोलिबर हेरि। जब उनले बालकलाइ धेकि, उनले तइलाइ आफ्नोइ चेलाका रूपमि राखि। उनले एक इस्राएली आइमाइलाइ तइ बालकको हेरचाह अद्दाइ ज्याला दिइबर राख्यो तर त्यो आइमाइ बालककि आफ्नि आमा थिइ भणन्या कुरणी उनलाइ था थेइन। जब त्यो बालक आब दूध खान नपड्डया जति ठूलो भयो, उनरि आमले उइलाइ फारोकी चेलीका वाँ पठाइदियो, जइले उइको नाउँ मोशा राख्यो।
एकदिन, जब मोशा ठूला भइसक्या थ्यो, एक मिश्रीले एक इस्राएली दासलाइ चुट्टार्या धेक्यो। मोशाले आफ्नो इस्राएली मान्सलाइ बचाउन खोज्यो।
जब मोशाले आफलाइ कसैले धेक्दइन भणन्या सोच्यो, तब तइ मिश्रीलाइ मारिबर तइलाइ गाडीदियो। तर मोशाले तइ मिश्रीको हत्या अर्या कसैइले धेक्या थ्यो।
जब फारोले मोशाले अर्या हत्याका बारेमि था पायो, तब उनले मोशालाइ माद्द खोज्यो, तर मोशा मिश्रदेश बठेइ भागीबर उजाड स्थान तिर गयो। फारोका सैनिकले उनलाइ ता भेटेइन
मिश्रदेश बठेइ टाढा तइ उजाड स्थानमि मोशा एक ग्वालो बन्यो। उइले तइ ठाउँकी एकजना केटिसित ब्या अर्यो रे उइका दुई चेला भया।
मोशाले आफ्ना ससुरोको भेडाबाख्रा चराउन्थ्या। एकदिन जब मोशा आफ्ना भेडाबाख्राको हेरचाह अद्दाथ्या, उनले एउटा पोथ्रा धेक्यो जो आगाले बल्ला थ्यो, तर त्यो पोथ्रा बलीबर भस्म भएइन। तइ पोथ्रालाई और निकेरी हेद्दाइ मोशा तइका नजिकै गया। जब उन तइ बल्लार्या पोथ्राका नजिक पुग्या, परमेश्वरले भण्यो, “मोशा, तेरा जुत्ता खोल। क्याकी तु पवित्र भूमिमि कल्लीरइछइ।”
तब परमेश्वरले भण्यो, “मैले मेरा मान्सनका कष्टलाइ धेक्या छु। म तुलाइ फारोका वाँ पठाउन्या हु ताकि तुइले इस्राएलीलाइ मिश्रदेशको दासत्व बठेइ छुटाइबर ल्याउन्या हइ। म तिननलाइ कनान देश दिन्या हु, त्यो देश जो मइले अब्राहाम, इसहाक रे याकूबसित प्रतिज्ञा अर्या थ्या।”
मोशाले सोध्यो, “मान्सनले मलाई कइले पठाया हो भणी सोध्यले, म कि भणलो?” परमेश्वरले भण्यो, “म हुँ, जो म हुँ। तिननलाइ इसो भणी दियइ, ‘म हुँ भणन्याले मलाइ तमरा वा पठाया हो।‘ तिननलाइ यो लगइ भणीदिएइ, ‘म याहोवे हुँ, तमरा पूर्खा अब्राहाम, इसहाक, रे याकूबका परमेश्वर।‘ मेरो नाउँ सदा-सर्वदाकि निउती यइ हो।”
मोशा डराया थ्या रे फारोका वा जान खोज्जा थेइन, क्याकी आफ ठिकसित बोल्ल नसक्द्या उनले सोच्या थ्यो, तबइकिलाइ परमेश्वरले मोशाका भाइ हारूनलाइ उनसित सहयोगकि निउती पठायो।
बाइबल कथा : प्रस्थान १-४
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।