17. दाऊदसँग परमेश्वरको करार
शाऊल इस्राएलका पहिलो राजा थिए। मानिसहरूले चाहेजस्तै उहाँ अग्लो र सुन्दर थिए। शाऊलले इस्राएलमा शासन गरेको सुरुका केही वर्षहरूका लागि असल राजा थिए। तर त्यसपछि उहाँ एक दुष्ट मानिस बने र परमेश्वरको आज्ञा पालन गरेनन, त्यसैले परमेश्वरले अर्को मानिसलाई रोज्नुभयो जो एक दिन उनको ठाउँमा राजा हुनेछन।
परमेश्वरले दाऊद नाउँका एक जवान इस्राएलीलाई छान्नुभयो र तिनलाई एक दिन शाऊलपछि राजा बन्न तयार गर्न थाल्नुभयो। दाऊद बेथलेहेम गाउका गोठाला थिए। दाऊदले आफ्नो बुबाका भेडाहरूलाई हेरचाह गर्ने बेला विभिन्न समयमा सिंह र भालु दुवैलाई मारेका थिए। दाऊद नम्र र धर्मी मानिस थिए। तिनले परमेश्वरमा भरोसा र उहाको आज्ञापालन गर्थे।
जब दाऊद अझै जवान थिए, तिनले गोलियाथ नामका एक वीरसँग लडे। गोलियथ एक योद्धा थिए। ऊ धेरै बलियो थियो र लगभग तीन मिटर अग्लो थियो! तर परमेश्वरले दाऊदलाई गोल्यतलाई मार्न र इस्राएललाई बचाउन मद्दत गर्नुभयो। त्यसपछि, दाऊदले इस्राएलका धेरै शत्रुहरूमाथि विजय हासिल गरे। दाऊद एक ठुलो योद्धा बने र उनले धेरै युद्धहरूमा इस्राएलको सेनाको नेतृत्व गरे। मानिसहरुले ले उनको धेरै प्रशंसा गरे।
मानिसहरूले दाऊदलाई यति धेरै माया गर्थे कि राजा शाऊलले तिनलाई डाह गरे। र शाऊलले तिनलाई मार्न चाहन्थे, त्यसैले दाऊद उनी र तिनका सिपाहीहरूबाट लुक्न उजाडस्थानमा भागे। एक दिन जब शाऊल र तिनका सिपाहीहरूले तिनलाई खोजिरहेका बेला शाऊल एउटा गुफामा गए। यो त्यही गुफा थियो जहाँ दाऊद लुकेका थिए, तर शाऊलले तिनलाई देखेनन्। दाऊद शाऊलको पछिल्तिर गएर तिनको लुगाको एक टुक्रा काटिदिए। पछि, शाऊलले गुफाबाट निस्किसकेपछि, दाऊदले उसलाई समातेको कपडा हेर्नको लागि कराए। यसरी, दाऊदले राजा बन्नको लागि तिनलाई मार्न इन्कार गरेको कुरा शाऊललाई थाह थियो।
केही समयपछि , शाऊलको युद्धमा मृत्यु भयो र दाऊद इस्राएलका राजा भए। उनि एक असल राजा थिए र मानिसहरूले उहाँलाई माया गर्थे। परमेश्वरले दाऊदलाई आशिष् दिनुभयो र उनलाई सफल बनाउनुभयो। दाऊदले धेरै लडाइहरू लडे, र परमेश्वरले तिनलाई इस्राएलका शत्रुहरूलाई पराजित गर्न मद्दत गर्नुभयो। दाऊदले यरूशलेम सहरलाई जितेर आफ्नो राजधानी बनायो, जहाँ उनी बसे र शासन गरे। दाऊद ४० वर्षसम्म राजा थिए। यस समयमा इजरायल देश शक्तिशाली र धनी भयो।
दाऊद एउटा मन्दिर बनाउन चाहन्थे जहाँ सबै इस्राएलीहरूले परमेश्वरको आराधना गर्न र उहाँलाई बलिदान चढाउन सकून्। करिब ४०० वर्षदेखि मानिसहरूले मोशाले बनाएको भेट हुने पालमा परमेश्वरको आराधना र बलिदान चढाउँदै आएका थिए।
तर नातान नाउँका एक जना अगमवक्ता थिए। परमेश्वरले दाऊदलाई यो भन्न पठाउनुभयो: "तिमीले धेरै युद्धहरूमा लडेका छौ, त्यसैले मेरो लागि यो मन्दिर बनाउनुहुन्न। तिम्रो छोराले निर्माण गर्नेछ। तर अझै, म तिमीलाई धेरै आशिष् दिनेछु। तेरा सन्तानहरूमध्ये एउटाले मेरो प्रजामाथि सदासर्वदा शासन गर्नेछ।” सधैंभरि शासन गर्न सक्ने दाऊदका एक मात्र सन्तान ख्रिस्ट थिए। ख्रिस्ट परमेश्वरको चुनिएका व्यक्ति हुनुहुन्थ्यो जसले संसारका मानिसहरूलाई तिनीहरूको पापबाट बचाउनुहुनेछ।
नातानको सन्देश सुनेपछि दाऊदले परमेश्वरलाई धन्यवाद दिए र उहाँको प्रशंसा गरे। परमेश्वरले उहाँलाई सम्मान गर्नुभएको थियो र उहाँलाई धेरै आशीर्वाद दिनुभएको थियो। निस्सन्देह, परमेश्वरले यी कुराहरू कहिले गर्नुहुनेछ भनेर दाऊदलाई थाहा थिएन। हामी अहिले जान्दछौं कि इस्राएलीहरूले ख्रिस्ट आउनु भन्दा पहिले, लगभग 1,000 वर्ष लामो समय पर्खनु पर्ने थियो।
दाऊदले धेरै वर्षसम्म आफ्ना मानिसहरूलाई न्यायपूर्वक शासन गरे। उसले विश्वासपूर्वक परमेश्वरको आज्ञा पालन गर्थे, र परमेश्वरले उसलाई आशिष् दिनुभयो। त्यैपनि पछिल्ला वर्षहरूमा, उहाँले परमेश्वरको विरुद्धमा ठूलो पाप गरे।
एक दिन, दाऊदले आफ्नो दरबारबाट बाहिर हेरे र एउटी सुन्दर स्त्रीलाई नुहाउँदै गरेको देखे। तिनले तिनलाई चिनेनन्, तर तिनको नाउँ बेतशेबा हो भनी थाहा पाए।
अन्तै हेर्नुको सट्टा, दाऊदले तिनलाई उहाँकहाँ ल्याउन कसैलाई पठाए। उनीसँग सुते र उनलाई घर फर्काइदिए। केही समयपछि, बतशेबाले दाऊदलाई आफू गर्भवती भएको सन्देश पठाए।
बतशेबाका पति उरियाह नाउँ गरेका मानिस थिए। तिनी दाऊदका उत्कृष्ट सिपाहीहरूमध्ये एक थिए। त्यतिबेला उनी युद्धमा लडिरहेका थिए। दाऊदले उरियाहलाई युद्धबाट फिर्ता बोलाए र तिनलाई आफ्नी पत्नीसँग जान भने। तर बाँकी सिपाहीहरू युद्धमा हुँदा उरियाहले घर जान अस्वीकार गरे। त्यसैले दाऊदले उरियाहलाई युद्धमा फिर्ता पठाए र सेनापतिलाई शत्रु सबैभन्दा बलियो भएको ठाउँमा उसलाई राख्न भने ताकि उ मारियोस। र उरियाह युद्धमा मरे।
युद्धमा उरियाहको मृत्यु भएपछि, दाऊदले बतशेबासँग विवाह गरे। पछि, उनले दाऊदको छोरालाई जन्म दिइन्। दाऊदले गरेको कामबाट परमेश्वर धेरै रिसाउनु भयो, त्यसैले उहाँले अगमवक्ता नातानलाई दाऊदलाई उसको पाप कति नराम्रो थियो भनी बताउन पठाउनुभयो। दाऊदले आफ्नो पापको पश्चात्ताप गरे र परमेश्वरले उनलाई क्षमा गर्नुभयो। आफ्नो बाँकी जीवनको लागि, दाऊदले कठिन समयमा पनि परमेश्वरलाई पछ्याए र आज्ञा पालन गरे।
तर दाऊदको छोरो मरे। यसरी परमेश्वरले दाऊदलाई दण्ड दिनुभयो। साथै, दाऊदको मृत्यु नभएसम्म तिनको आफ्नै परिवारका केही सदस्यहरूले तिनको विरुद्धमा विद्रोह गरे र आफ्नो ताकत पनि गुमाए। तर परमेश्वर विश्वास योग्य हुनुहुन्थ्यो र दाऊदले उहाँको अनाज्ञाकारी भए तापनि उहाँले दाऊदलाई गर्नुभएको प्रतिज्ञा पुरा गर्नुभएको थियो। पछि दाऊद र बतशेबाको अर्को छोरो भयो र तिनको नाम सुलेमान राखे।
बाइबलको कथा: १ शमूएल १०; १५-१९; २४; ३१; २ शमूएल ५; ७; ११-१२
खुले लाइसेंस (CC BY-SA 4.0) के अंतर्गत उपयोग करने, बदलने और साझा करने के लिए निःशुल्क।